मुख्य समाचार

विद्यार्थीले पायक पर्ने केन्द्रबाटै त्रिविको परीक्षा दिन पाउने

काठमाडौं, १९ कात्तिक । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक परेकाे परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको बताएकाे छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायक पर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौं धाउनुपर्ने छैन । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए । यसका लागि… पुरा पढौ

देशलाई बर्बादीतिर जान दिन्न र राजीनामा पनि गर्दिन: प्रधानमन्त्री ओली

काठमाडाैं, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट कुनैपनि हालतमा राजीनामा नदिने दृढता व्यक्त गरेका छन् । प्रधानमन्त्रीले राजीनामा दिने लागे भनेर हल्ला भईरहेको प्रसंग निकाल्दै ओलीले भने, राजिनामा दिनु भनेको देश बर्बादीतिर जानु हाे । देश बर्बादीतिर जान दिन मैले राजीनामा दिन्छ ? उनले प्रश्न गरे । मनमोहन सेन्टर एनेक्स भवनको आज उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अहिलेको समय प्रधानमन्त्रीको राजीनामा होईन, दिन पनि मिल्दैन, उनले प्रश्न गरे के मैले राजीनामा गर्न मिल्छ ? उनले भने, राजीनामा दिनु… पुरा पढौ

नेपालको तीनदिने भ्रमणका लागि भारतीय स्थलसेनाध्यक्ष नरवणे काठमाडौंमा

काठमाडौं, १९ कात्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज काठमाडाैं आइपुगेका छन । बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत अभिवादन गरेका सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न यहाँ आएका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिनेछ ।… पुरा पढौ

स्वदेशी लघुवित्तको छलाङ : ब्याज आम्दानी चार गुणाले बढ्यो

काठमाडौं, १९ कात्तिक । स्वदेशी लघुवित्त वित्तीय संस्थाले वित्तीय अवस्थामा राम्रो सुधार गरेको छ । संस्थाका धेरै सूचकहरु राम्रा देखिएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस संस्थाले ३ करोड ३३ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा यस संस्थाले १ करोड ९१ लाख ८० हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड ३३ लाख ७५ हजार रुपैयाँ बढेर ९ करोड ९४ लाख ६२… पुरा पढौ

आरएमडिसी लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं, १९ कात्तिक । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले ६ करोड ५ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ। तर यो मूनाफा अघिल्लो वर्षको तुलनामा घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको नाफा १ करोड २९ लाख २४ हजार रुपैयाँ घटेको छ। गत आवको असोज मसान्तसम्ममा ७ करोड ३५ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले चालु आवको सोही अवधिमा ६ करोड ५ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ। लघुवित्तको… पुरा पढौ

पूर्व सभामुख महरापत्नीको निधन

काठमाडौं, १९ कात्तिक । पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ६ः२५ बजे उनको निधन भएको परिवारजनले जनाएको छ । उनी माइस्थेनिया रोगबाट १० वर्षदेखि पीडित थिइन् । पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक १४ मा हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिकमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया समेत देखिएको थियो । उपचारका क्रममा नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।… पुरा पढौ

३७ वर्षपछि पुन:हेलम्बुलाई स्याउको गाउँ बनाइँदै

सिन्धुपाल्चोक, १९ कात्तिक । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि स्याउका रूख नै काटिएको थियो । अहिले हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन स्थानीय युवाहरू जुटेका छन् । स्याउ फल्न शुरू गरेको पहिलो वर्षमै ३०० किलोभन्दा बढी स्याउ बजारमा बेचिसकेको स्थानीय रेन्जेन ह्योल्मोले बताए । हेलम्बु क्षेत्रमा वर्षा भइरहने र… पुरा पढौ

साढे पाँच वर्षमा ७८ हजारमध्ये ६०० घरमात्र प्रबलीकरण

काठमाडाैं, १९ कात्तिक । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भई प्रबलीकरण लाभग्राही सूचीमा परेका अधिकांश पीडितले पुनःनिर्माणमा जान चाहेका छन् । अधिकांश ढुङ्गा माटोले बनेका घरधनी प्रबलीकरणबाट पुनःनिर्माण लाभग्राही सूचीमा जान चाहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले जानकारी दिए । भूकम्पपछिको सर्वेक्षण तथा पुनः छुट सर्वेक्षणसमेतबाट ७८ हजार ३३ लाभग्राही प्रबलीकरण सूचीमा समावेश भएका थिए । जसमध्ये हालसम्म ६०० घरमात्र बनेको एकाइको तथ्याङ्क छ । हाल ५९ घर प्रबलीकरण भइरहेका छन्… पुरा पढौ

भारतीय स्थलसेनाध्यक्ष नरवणे आज नेपाल आउँदै

काठमाडौं, १९ कात्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि बुधबार आउँदैछन । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न आउन लागेका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरावणेलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ । सोही अवसरमा राष्ट्रपतिसँग उनले शिष्टाचार भेट गर्ने भएका छन । नेपालका… पुरा पढौ

नवीकरणीय ऊर्जा कार्यक्रमहरु सरकारको उच्च प्राथमिकतामा

काठमाडौं, १९ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुनले सबैका लागि आधुनिक ऊर्जाको पहुंच पुर्याउन नेपाल सरकारले नवीकरणीय ऊर्जासम्बन्धी कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । वैकल्पिक ऊर्जा विकास समितिको अध्यक्ष समेत रहेका मन्त्री पुनले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २४ औं वार्षिकोत्सवको अवसरमा सन्देश दिदैं केन्द्रले आफ्नो क्षमतालाई स्तरोन्नति गर्दै घरायसी प्रविधिबाट संस्थागत तथा सामुदायिक स्तरका प्रविधिहरु प्रवद्र्धनमा जोड दिंदै आएको उल्लेख गरे । मन्त्री पुनले ऊर्जा सम्मिश्रण, ठूला क्षमताका नवीकरणीय ऊर्जा प्रविधिहरु, मिनीग्रिड जस्ता क्षेत्रहरुमा केन्द्रले हासिल गरेको… पुरा पढौ