मुख्य समाचार

१३.५८ अंकले बढ्यो नेप्से परिसूचक, ९७ करोडमा सिमित भयो कारोबार

काठमाडौं, ३ कात्तिक । साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार ओरालो लागेकाे नेप्से परिसूचक सोमबार भने १३ दशमलव ५८ अंकले बढेर १ हजार ५ सय ७० दशमलव ३८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६२ अंकले बढेको छ । नेप्सेमा कारोबार हुने व्यापार बाहेकका सबै उपसमूहहरुमा हरियाली छाएका छन् । व्यापार भने झिनो अंकले ओरालो लागेर राताम्मे देखिएको छ । नेप्से परिसूचक दोहोरो… पुरा पढौ

काेराेनाकाे कारण लाेक सेवा आयोगकाे परीक्षा स्थगित

काठमाडाैं, ३ असाेज । लोक सेवा आयोगले कारोना भाइरसको संक्रमण जोखिमको कारण निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फकाे २०७७ कार्तिक १६ गते देखि सञ्चालन हुने भनिएका सम्पूर्ण लिखित परिक्षा स्थगित गरेको छ । आयोगले आज गरेकाे निर्णय अनुसार अर्को सूचना प्रकाशन नभएसम्मका लागि हाललाई लिखित परिक्षा स्थगित गरिएको सूचनामा जनाईएको छ । परिक्षामा सम्मिलित हुने उम्मेदवारहरुमा श्रृजना भएको भय, आयोगका कर्मचारीहरु संक्रमित भई परीक्षासंग सम्वन्धीत मुख्य शाखाहरु समेत बन्द गर्नु परेको आयोगले बताएकाे छ । यस्तै, कर्मचारीहरु आईसोलेसनमा… पुरा पढौ

संकटकाल, कर्फ्यू लाग्ने भन्ने सूचना गलत र भ्रामक:गृह मन्त्रालय

काठमाडौं, ३ असोज । गृह मन्त्रालयले मोबाइल, सामाजिक संजाल लगायतका विद्युतीय माध्यममा संकटकाल, कर्फ्यू लाग्ने भन्ने सूचना संप्रेषित भएकोले मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको बताएको छ । सुरक्षा संवेदनशीलतासंग जोडिएका ति संप्रेषित तथ्यहिन, भ्रामक, निराधार र गलत सूचना भएको मन्त्रालयले आज जारी गरेको प्रेस बिज्ञप्तीमा जनाइएको छ । गृहमन्त्रालयले यस विषयलाई गम्भिरतापूर्वक लिएर अनुसन्धान प्रक्रिया अघि बढाईसकेको जानकारी दिएकाे छ । पुरा पढौ

वाणिज्य विभागकाे बजार अनुगमनबाट ७८ लाख राजश्व सङ्कलन

काठमाडौं, ३ कात्तिक । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको जानकारी दिएकाे छ । गत असोज १ गतेदेखि ३० गतेसम्म गरेको बजार अनुगमनमा कानून र मापदण्ड विपरित संचालित १३७ वटा पसललाई कारवाही गर्दा रु ७८ लाख ५७ हजार जरिवानास्वरूप उक्त राजश्व सङ्कलन भएको विभागले बताएकाे छ । एक महिनाको अवधिमा ८०१ फारामको अनुगमन गर्दा १३७ लाई जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले बताए । अनुगमनकाे बेलामा रू ९८ हजार ७८२… पुरा पढौ

देउवाद्वारा सङ्घीय सांसदलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन

काठमाडौं, ३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । काँग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले सांसदहरुको दशैं खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि आज बिहान निर्देशन दिएका हुन । काँग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिएको निर्देशनबमोजिम सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । प्रमुख सचेतक… पुरा पढौ

हिमालयन बैंकबाट बाहिरियो ज्योति ग्रुप, २४ करोड ४५ लाखको शेयर बिक्री

काठमाडौं, ३ कात्तिक । चर्चित व्यवसायिक समूह ज्योति ग्रुपले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको संस्थापक शेयर बिक्री गरेको छ । ज्योति ग्रुपले २४ करोड ४५ लाख रुपैयाँ भन्दा धेरै रकमको संस्थापक शेयर बिक्री गरेको हो । हिमालयन बैंकबाट ज्योति ग्रुप बाहिरिए पछि उसको स्वामित्वमा रहेको शेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको छ । ज्योति ग्रुपले हिमालयन बैंकको ८ लाख १५ हजार १७२ कित्ता संस्थापक शेयर बिक्री गरेको छ। ज्योति ग्रुपले प्रतिकित्ता ३०० रुपैयाँमा सो शेयर बिक्री गरेको हो। यस अनुसार… पुरा पढौ

ब्रोकर कम्पनीविरुद्ध नेप्सेको एक्सन, ४ कम्पनीको मार्जिन कारोबार अनुमतिपत्र खारेज

काठमाडौं, ३ कात्तिक । ब्रोकर कम्पनी विरुद्ध नेपाल स्कट एक्सचेञ्ज (नेप्से) एक्सनमा उत्रिएको छ । नेप्सेले मार्जिन कारोबार सुविधा प्रदान गरिरहेका पाँच ब्रोकर कम्पनीको अनुमति पत्र खारेज भएको छ । नेप्सेले ब्रोकर नम्बर २८, श्री कृष्ण सेक्युरिटिज, ब्रोकर नम्बर ५२ सुन्धारा सेक्युरिटिज, ब्रोकर नम्बर १० प्रज्ञान सेक्युरिटिज, ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिज र ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिजको मार्जिन कारोबार सुविधा अनुमति पत्र खारेज गरेको हो । यी ब्रोकरहरुले चालू आर्थिक वर्षको लागि यो सुविधा नविकरण नगर्दा अनुमति पत्र स्वतः… पुरा पढौ

पर्सामा मात्रै १४ हजार ८५९ मेट्रिक टन मल बिक्री

पर्सा, ३ कात्तिक । सरकारी स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले १४ स्थानीय तहमा आफ्ना डिलरमार्फत आर्थिक वर्ष २०७६÷७७ मा रु ३६ करोड ९३ लाख सात हजार ८६० मूल्य बराबरको करीब १४ हजार ८५९ दशमलव ४५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ । सो कार्यालयले पर्सा जिल्लामा रहेका १४ वटा स्थानीय तहमा रासायनिक मल बिक्री वितरण गर्ने आफ्ना डिलरलाई स्थानीय तहको सिफारिसमा उक्त मल वितरण गरेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताए। स्थानिय तहका जनप्रतिनिधिले भने रासायनिक… पुरा पढौ

पुनःनिर्मित रानीपोखरीको उद्घाटन कात्तिक ५ मा

काठमाडौं, ३ कात्तिक । पुनःनिर्माण सम्पन्न भएपछि ऐतिहासिक रानीपोखरीको उद्घाटन कात्तिक ५ मा गरिने भएकाे छ । भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले कात्तिक ५ गते उद्घाटन गरिने भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले उक्त दिन बिहान प्रतापमल्लकालीन न्हुँपोखरी उद्घाटन हुने बताएका छन । तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्पले भत्काएकाे पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण गरिएकाे छ । उद्घाटन भएपछि यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीकाे बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पनि दर्शन गर्न… पुरा पढौ

ललितकलामा विश्व रेकर्ड राख्न जुटे नेपाली कलाकार

काठमाडौं, ३ कात्तिक । ललितकलाका क्षेत्रमा विश्व अभिलेख राख्ने तयारीमा नेपाली कलाकारहरू जुटेका छन् । अन्तर्राष्ट्रिय जलरङ समाज एस नेपालको अगुवाइमा विश्व अभिलेख राख्ने योजनाका साथ १०० घण्टा चार दिन चार रात र चार घण्टा लगातार ‘अनलाइन कला कार्यशाला’ आयोजना गर्न लागिएको बताइएको छ। समाजले पत्रकार सम्मेलन गरी उक्त कार्यशालाबारे जानकारी गराएको हो । यसअघि ७२ घण्टा कार्यशाला आयोजना भएको अभिलेख छ । कोभिड–१९ को सङ्क्रमण र यसले निम्त्याएको मानवीय समस्यालाई विश्व एक भएर लड्न आह्वान गर्दै यही कात्तिक २३,… पुरा पढौ