मुख्य समाचार

बागलुङमै किबी र जडीबुटीको बिरुवा उत्पादन

गलकोट, १० कात्तिक । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको जुल्फे किबी पकेट क्षेत्रमा किबीका बिरुवा उत्पादन गर्न थालिएको छ । यसअघि किबीका बिरुवा बागलुङ जिल्ला बाहिरबाट मात्रै आयात गरिन्थ्यो । ताराखोला–५ नागीका रतनबहादुर घर्तीले व्यावसायिक रुपमा नै किबी र जडिबुटीका बिरुवा उत्पादन गर्न थालेका छन । भ्रमणका क्रममा इलाममा किबी र जडिबुटीको बिरुवा उत्पादन गरिएको देखेपछि आफूले पनि बिरुवा उत्पादन थालेको उनको भनाइछ । लामो समयदेखि कृषिमा लाग्नुभएका घर्ती अब आफैँ किबीका बिरुवा बनाएर बिक्री गर्ने योजनामा हुनुहुन्छ । शुरुमा किबी… पुरा पढौ

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ, १० कात्तिक । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गरेका छन् । लमही नगरपालिका–३ फल्कापुर निवासी नारायणप्रसाद भुषालले बगरमा केरा खेती गर्नुभएको छ । राप्ती नदीले कटान गरेको लमही–२ राजपुरको करिब १२ बिघा क्षेत्रफलमा केरा खेती गरेको उनले बताए । ‘पहिले बस्ती थियो, तर राप्ती नदीले कटान गर्न थालेपछि बस्ती अन्तै सर्यो, यो स्थान बगरमा परिणत भयो’, उनले भने, ‘बगरमा परिणत भएपछि यो स्थानमा अहिले मैले व्याजसायिक केरा खेती गर्न थालेको छु ।’ वार्षिक रु तीन… पुरा पढौ

सामाजिक दूरी कायम गरी दशैं मनाउन राष्ट्रपतिको आग्रह

काठमाडाैं, १० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले बडादशैं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड–१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैं मनाउन आग्रह गरेकी हुन । “आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको… पुरा पढौ

आज दशैंको मुख्य दिन विजयादशमीःटीकाकाे उत्तम साइत १०ः१९ बजे

काठमाडौं, १० कात्तिक । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः१९ बजे… पुरा पढौ

चाडपर्व सामाजिक प्रबन्धका आधार हुन:प्रधानमन्त्री ओली

काठमाडाैं, १० कात्तिक । धानमन्त्री केपी शर्मा ओलीले चाडपर्व सामाजिक प्रबन्धका आधार भएकाे बताएका छन्। पालीहरुको ठूलो चाड बडादशैंका अवसरमा आज सन्देश दिदैं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् । चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताउँदै यिनलाई अपनाउँदै अगाडि बढाउनु आवश्यक रहेकामा जोड दिए । चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्ष, औचित्य र आवश्यकताको वास्तै नगर्ने पक्ष राम्राे नभएकाे बताए ।… पुरा पढौ

परिवारमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह

काठमाडौं १० कात्तिक । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गरेका छन् । दशैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले सम्भव भएसम्म आफू बसोबास गरिरहेका स्थानमा नै चाडपर्व मनाउन आग्रह गरेका हुन । विगतमा जस्तो यस पटक पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलनका लागि सहजता नभएको उल्लेख गर्दै उनले यस वर्षका चाडपर्व कोभिड–१९ लाई परास्त गर्ने सङ्कल्पका लागि आपसी छलफल गर्ने अवसर बन्ने विश्वास आफूले लिएको… पुरा पढौ

नेपाल स्वर्ग होःकतारी राजदूत युसुफ

कपिलवस्तु, ९ कात्तिक । नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग भएकाे बताएका छन । नेपालका नागरिक विश्वकै राम्रा र प्राकृतिक वातावरण हराभरा सुन्दर भएको उनले बताए । नेपालीको अवस्था बुझ्न आएका राजदूत हेलले नेपाल अति नै सुन्दर रहेको बताए । राजदूत युसुफ कपिलवस्तुका नागरिक कतारमा बढी नै सङ्ख्यामा भएकाले उनीहरुको परिवार र बाललिबालिकाको अवस्था बुझ्न आएका हुन् । रोजगारीकाे सिलसिलामा कतारमा रहेका लगनशील नेपालीको रहनसहन, बोली, भाषा, दैनिकी, जीविकोपार्जनको अवस्था बुझ्न आएको राजदूत हेलले जानकारी… पुरा पढौ

कोरोनाका कारण नबिल बैंकका पूर्व अध्यक्ष पौडेलको निधन

काठमाडौं, ९ कात्तिक। नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोना संक्रमणका कारण निधन भएको छ। ह्याम्स हस्पिटलमा उपचारको क्रममा पौडेलको निधन भएको हो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पौडेलको निधन भएको पुष्टि गरे । उनी नबिल बैंकमा लामो समयदेखि सञ्चालक थिए । पौडेलको पदावधि सकिएपछि हालै मात्र नबिलबाट बाहिरिएका थिए । पुरा पढौ

खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयकाे निर्देशन

काठमाडौं, ९ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत हुने स्मरण गराउँदै मन्त्रालयले सबै सरकारी, सामुदायिक, निजी, गैरसरकारी अस्पताल र मेडिकल कलेजलाई खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको निःशुल्क उपचार गर्न निर्देशन दिएको हो । कतिपय अस्पतालले कोभिड–१९ का बिरामीलाई भर्ना गर्दाको रकम माग गरेको, रकम जम्मा गर्न नसक्नेलाई उपचार सेवाबाट वञ्चित गरेको… पुरा पढौ

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने:पोख्रेल

काठमाडौं, ९ कात्तिक । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने भएकाेले ढुक्क रहन आग्रह गरेका छन्र् । गैरआवासीय नेपाली संघ बेलायतद्वारा ‘सम्पत्तिको सुरक्षा–नागरिकताको निरन्तरता र समानतामा आधारित गोर्खाज आन्दोलन’ विषयमा आयोजित वेबिनारलाई सम्बोधन गर्दै सभापति पोख्रेलले गैरआवासीय नेपालीले नेपाली नागरिकसरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउने कुरा संविधानले नै सुनिश्चित गरेको र त्यसमा कुनै भेदभाव नहुने बताए । बेलायती सेनाबाट सेवा… पुरा पढौ