मुख्य समाचार

पुरानो गाउँको परिकल्पना

हामी इतिहास पढ्छौं किताबका पानाहरुमा। पढेर कति कुरा विश्वास गर्छौं भने कतिपय कुरामा शंका व्यक्त गर्छौँ- यस्तो सम्भव होला र ? यस्तो पनि थियो होला र ? लेखिएको इतिहास सत्य 'हो' र 'होइन' को बहसमा उत्रिन्छौँ । सके इतिहासकारको धज्जी उडाउँछौँ। फलतः इतिहासका किताब काल्पनिकता मिसिएको आख्यान जस्तै ठान्न थाल्दछौँ। तर, आजको यथार्थ भोलि इतिहास बन्छ र आउने पुस्ता पनि आजको बारेमा यस्तै द्विविधामा पर्न सक्छ भनेर इतिहास बदल्ने वा सच्याउने कुरा सोच्न अलिक भ्याउँदैनौँ। खै किन हो ! हामीले… पुरा पढौ

परिस्थितिको बाध्यताअनुरुप दशैं मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं, ९ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैंका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दुरी कायम र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु नै उचित उपाय भएको स्मरण गराएका छन । “दशैं लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनःर्मिलनको… पुरा पढौ

सफलताका लागि पुरस्कारमा होइन, लक्ष्यमा ध्यान आवश्यक

बदलिँदो समयसँगै मानिसहरुको ध्यान धेरैतिर भड्किरहेको छ । छिटो प्रतिफल प्राप्त गर्न मानिस लालायित हुन थालेका छन् । तातै खाँउ जलि मरुँ भन्ने भनाई जस्तै मानिसहरु अल्पकालीन प्रतिफलको लागि दीर्घकालीन लक्ष्य भुलिरहेका छन् । ब्यस्त समाजमा अल्पकालीन प्रतिफल प्राप्त गर्न मानिसहरु तछाडमछाड गरिरहेका छन्। क्रिकेटमा टि–ट्वान्टि क्रिेकेटले मानिसहरुको ध्यान आकर्षित गरिरहेको जमाना छ भने खेलाडीहरुले पनि विभिन्न प्रिमियर लिगबाट करोडौं करोडौं पैसा कमाईरहेका छन् । तर, असली खेलाडीको मूल्याङ्कन भने ५ दिनको टेष्ट खेलाडीबाट नै हुन्छ । कुनै पनि खेलाडीलाई… पुरा पढौ

सिनो हाइड्रो सगरमाथा पावरद्वारा २२ प्रतिशत लाभांश वितरण

काठमाडौं, ९ कात्तिक । सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले २२ प्रतिशत नगद लाभांस वितरण गरेको छ । कम्पनीले १६ करोड नगद वितरण गरेको हो । सिनो हाइड्रो चीन र चितवनको कोइ समूहको सगरमाथा पावर कम्पनीको संयुक्त लगानी रहेको आयोजना हो । कम्पनीले चार बर्षदेखि नियमित बिद्युत उत्पादन गर्दै आएको छ । ५ अर्ब कुल पुँजी रहेको आयोजनामा नेपाली कम्पनीको १० प्रतिशत लगानी रहेकाे छ । कम्पनीले लमजुङमा ५० मेगावाट बिद्युत उत्पादन गरेको छ । कम्पनीका अनुसार ३ अर्ब २३ करोडको… पुरा पढौ

कमजोर अर्थतन्त्रमा नीतिगत सुधारकाे आवश्यकता:अर्थमन्त्री

काठमाडौं, ९ कात्तिक । अर्थमन्त्री विष्णु पौडेलले अहिलेको कमजोर अर्थतन्त्रमा सुधार ल्याउन नीतिगत सुधारको आश्यकता भएको बताएका छन । कोरोना भाइरसको कारण कमजोर भएको अर्थतन्त्रलाई पहिलेकै अवस्थामा लैजान आवश्यक भएकोले नीतिगत रुपमा अगाडी बढ्न लागेको बताएका हुन । पूँजीगत खर्चको कमजोर अवस्थामा सुधार गर्नका लागि नीतिगत सुधारको आवश्यक्ता रहेकोले कतिपय कानूनलाई सुधार गर्न आवस्यक भएको बताए । पूँजीगत खर्चलाई बढाउने आफ्नो योजना भएको बताउँदै अर्थमन्त्री पौडेलले कोरोनाको कारण उत्पन्न भएका चुनौतीहरुको सामना गरेरै आयोजनाहरुलाई निरन्तरता दिने र खर्चलाई बढाउने रणनीतिमा… पुरा पढौ

आज महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

काठमाडाैं, ९ कात्तिक । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरेर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाइन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा… पुरा पढौ

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर हुँदै

दमौली, ८ कात्तिक । नेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा भइरहेकाे छ । आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना प्रमुख अच्युत घिमिरेले दशैंको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने उनले जानकारी दिएका छन् । “दशैंका कारण काममा अवरोध छैन, काम निरन्तर भइरहेको छ,” उनले भने । सिनो हाइड्रोले ठेक्का पाएर काम भइरहेको विद्युत्गृह निर्माणका लागि हाल चिनियाँ मजदूरले काम गरिरहेका छन् । सिनो हाइड्रोले परिचालन गरेका करीब २… पुरा पढौ

खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक प्राप्त

काठमाडौं, ८ कात्तिक । यस वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईवटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका अंशुराज सेढाईले ‘अनरेबल मेन्सन अवार्ड’ प्राप्त गरेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन्। नेपालका तर्फबाट अध्यक्ष भट्टराईको नेतृत्वमा सम्मिलित टोलीमा सोसाईटीका परियोजना संयोजक तथा निर्देशक मनिषा द्वा, संस्थाका असोसियट सदस्य तथा पूर्व ओलम्पियाड प्रतियोगीहरु विजयचन्द्र लुईटेल तथा अङ्कित वेन्जु श्रेष्ठ… पुरा पढौ

नागरिकको उपचार गर्नु सरकारको अनिवार्य दायित्व होः पूर्वअध्यक्ष रेग्मी

काठमाडौं, ८ कात्तिक । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नागरिकको उपचार जिम्मा सरकारले लिनु अनिवार्य दायित्वको भएकाे बताएका छन् । काेभिड–१९ ले आक्रान्त पारेको अहिलेकाे असहज परिस्थितिमा संयमित र संवेदनशील भई आफ्नै घरपरिवारमै बसेर दशैं मनाउन सबैमा आह्वान गरेका छन् । बडादशैंकाे अवसरमा आज दिएको सन्देशमा उनले आफ्नै घरपरिवारमा बसी दशैं मनाउन तथा आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित हुन दिन आग्रह गरेका छन्। नवदुर्गा भवानीले कोरोना महामारीसँग लड्न आत्मबल र सक्षमता प्रदान गरून् भनी उनले कामना पनि गरेका छन्… पुरा पढौ

ऐतिहासिक पलाञ्चोक भगवती र चण्डेश्वरी मन्दिरमा प्रवेशद्वारबाटै दर्शन र पूजा

बनेपा, ८ कात्तिक । काभ्रेपलाञ्चोककाे पाँचखाल नगरपालिका वडा नं ९ पलाञ्चोकमा रहेको प्रसिद्ध एवं ऐतिहासिक पलाञ्चोक भगवती मन्दिरमा हरेक वर्ष राष्ट्रपतिबाट महाअष्टमीमा पूजा र दर्शन गरेकाेमा यस वर्ष भ्रमण स्थगन भएको वडाध्यक्ष किरण श्रेष्ठले बताएका छन् । सर्वसाधारण दर्शनका लागि आए पनि बाहिरबाट नै दर्शन गरी फर्कने गरेका छन् । बलिपूजा पूर्ण रुपमा निषेध गरिएको उनले जानकारी दिएका छन् । यसअघि पनि बन्दाबन्दीपछि मन्दिरमा यस वर्षको वैशाख पूर्णिमामा लाग्ने पूजा र जात्रा स्थगन गरिएको थियो । यस्तै, बनेपा नगरपालिका वडा… पुरा पढौ