मुख्य समाचार

बेइजिङ अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल थिम कन्ट्री

काठमाडौं, ११ कात्तिक । चीनको राजधानी बेइजिङमा आजदेखि शुरु १० दिने अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष अतिथि राष्ट्र थिम कन्ट्रीका रुपमा प्रस्तुत गरिएको छ । नेपालको प्रतिनिधित्व गरेको साइनो नेपाल मिडिया सोसाइटीले विश्व प्राकृतिक सम्पदा सूचीमा सूचीकृत नेपालका चितवन तथा सगरमाथा राष्ट्रिय निकुञ्जका ५० तस्वीर समावेश गरेको छ । चीनको संस्कृति तथा पर्यटन मन्त्रालय र बेइजिङ महानगरपालिका जनसरकारले संयुक्तरुपमा आयोजना गरेको बिआरआई विश्व प्राकृतिक सम्पदा अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा थिम कन्ट्रीका रुपमा नेपाललाई मात्रै छुट्टै स्थान दिई विशेष प्रदर्शनी कक्ष व्यवस्था… पुरा पढौ

बुटवलमा २ कोरोना संक्रमितको मृत्यु

बुटवल, ११ कात्तिक । कोरोना भाइरस संक्रमणका कारण बुटवलमा थप २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला छन् । रुपन्देहीको तिलोत्तमा–११ की ५० वर्षीया महिलाको गएराति कोरोना अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको हो । उनमा कात्तिक १० मै कोरोना पुष्टि भएको थियो । यस्तै, बुटवल उपमहानगरपालिका–१३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । गत कात्तिक ७ मा कोरोना पुष्टिपछि कोरोना अस्पताल बुटवलमा भर्ना भएका उनको बिहान ६ बजे मृत्यु… पुरा पढौ

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

तनहुँ, ११ कात्तिक । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र विसं २०७२ को भूकम्पले घर क्षति भएका घरधुरीलाई स्थायी घर बनाउन उनीहरु बसोबास गरेकै ठाउँको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने तयारी छ । सङ्घीय सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार त्यस्ता भूकम्प पीडितलाई स्थायी आवास बनाउन जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन लागिएको हो । तनहुँमा जग्गाधनी प्रमाणपुर्जा नभएका भूकम्प पीडितको सङ्ख्या धेरै भए पनि पहिलो चरणमा २७ घरधुरीलाई लालपुर्जा उपलब्ध… पुरा पढौ

कोरोना महामारीका कारण लगाएनन् कैदीबन्दीले टीका

कास्की, ११ कात्तिक । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन् । विगतमा विजयादशमीका दिन नजिकका आफन्तले गएर टीका लगाइदिने प्रचलन रहे पनि यस वर्ष कारागारमा कैदी जीवनयापन गर्दै आएका बन्दीहरूले टीका नलगाएको कास्की कारागारका प्रमुख केशव लामिछानेले जानकारी दिए। “विगतका वर्षमा कैदीबन्दीका आफन्तले कारागारमा आएर टीका तथा जमरा लगाइदिनुहुन्यो”, उनले भने, “यस वर्ष कोरोना महामारी फैलिने जोखिमीलाई दृष्टिगत गर्दै सबैको सल्लाहमा टीका र जमरा लगाउने कार्यक्रम नगरिएको हो ।” कोरोनाको सम्भाव्य जोखिमलाई… पुरा पढौ

दशमी पछिको पहिलो दिन आज पापकुंश एकादशी

काठमाडौं, ११ कात्तिक । वडादशैंको भोलिपल्ट आज एकादशी तिथी हाे । यसलाई पापकुंश एकादशीको रुपमा मनाइन्छ । वडादशैंको टीकाको दिनमा टीका लगाउन नभ्याएकाहरुले एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्छन् । शास्त्रिय मान्यता अनुसार यो एकादशीको विशेष महत्व रहेको छ । नवरात्रि पछिको यो एकादशीलाई पाप गर्नेहरुलाई नष्ट गर्ने दिनको रुपमा लिईन्छ । भौगोलीक हिसाबले कतियय ठाउँहरू बिकट भएको कारणले टाढा टाढाबाट माईतीमा टीका लगाउन जाने चेलीहरु वा विदेशबाट घर आउनेहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउन पुग्नेगरी बनाएको योजना मुताबिक टीका… पुरा पढौ

१५७ किशोरी तथा बालिकालाई साइकल वितरण

कपिलवस्तु, ११ कात्तिक । विजयनगर गाउँपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालले १५७ किशोरी तथा बालिकालाई साइकल वितरण गरेको छ । विद्यालय जान छाडेका र विद्यालय नगएका बालिकालाई नियमित विद्यालय जान साइकल वितरण गरिएको हो । कपिलवस्तुमा सञ्चालित उडान कक्षाका किशोरीलाई विद्यालयको वार्षिक परीक्षामा समावेश गराई क्षमतानुसार विद्यालयको विभिन्न कक्षामा भर्ना गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले जानकारी दिए । उडान बालिका कक्षा शिक्षाले अन्धकारमा दिन बिताइरहेका किशोरी तथा बालिकालाई उज्ज्वल भविष्यतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिकाको निर्वाह गरेको अध्यक्ष थापाको… पुरा पढौ

१८० योजना बनाएर कोरोना प्रभावितलाई उत्पादनमा लगाइँदै

बलेवा, ११ कात्तिक । बागलुङको बरेङ गाउँपालिकाले कोभिड कहरले विदेशबाट फर्केका युवालाई काममा सहभागी गराउने गरी उपभोक्ता समितिसँग सम्झौता गरेको छ । गाउँपालिकाले पूर्वाधारतर्फ १ सय ८० योजना बनाएर काम गर्दैछ भने प्रत्येक वडा र टोलमै पुगेर योजना सम्झौता गरिएको हो । गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले कृषि, पशु र शिक्षामा प्राथमिकता दिइएको बताए । उनले पूर्वाधारका भन्दा सफ्टवयरका काममा निरन्तरता दिएको जनाउँदै यो वर्ष कोभिड प्रभावितलाई रोजगारीमा जोड्दै उत्पादन वृद्धि गर्ने योजनामा प्राथमिकता दिइएको जनाए । पालिकाले विद्यालय भवन निर्माणदेखि… पुरा पढौ

चिनियाँ राजदूत यान्छीले गाइन रेशम फिरिरि…

काठमाडौं, १० कात्तिक । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मूल श्रष्टा बुद्धि परियारको संकलनमा रहेको निकै चर्चित लोक गीत रेशम फिरिरि गाएकी छन् । उनले वडादशैंको अवसरमा आज गरेको ट्वीटमा ‘सबैमा शौभाग्य र खुशी ल्याओस् ! भन्दै कामना समेत गरेकी छन् । नेपालमा पर्यटकले पनि निकै रुचिकासाथ सुन्ने गरेको र अन्तराष्ट्रिय फोरमहरुमा समेत गाईने सुनाईने गरेको रेशम फिरिरि गीत धेरैलाई मन पर्छ । जुन गीतमा भएको वास्तविक नेपालीपन, मिठास, आग्र्यानिक लवज र क्षेत्रगत पहिचानको कारण सबैको मन आकर्षित गरेको… पुरा पढौ

प्रधानमन्त्रीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन् । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हरेक वर्ष गरिदैं आएकाे वडा दशैंको सार्वजनिक टीका लगाउने कार्यक्रम’ याे पटक राखिएकाे छैन् । पुरा पढौ

राष्ट्रपति भण्डारीले गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण

काठमाडौँ, १० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकाे राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिएका छन् । सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिएकी थिइन । पुरा पढौ