मुख्य समाचार

पाँच दिनको बिदापछि बैंक तथा वित्तिय संस्था खुले

काठमाडौं, १२ कात्तिक । दशैंमा पाँच दिन बन्द भएका बैंक तथा वित्तिय संस्थाहरु आजबाट खुलेका छन् ।कात्तिक ७ गतेदेखि ११ गतेसम्म बैंक तथा वित्तय संस्थाहरु बन्द भएका थिए । पाँच दिनको बिदापछि बैंक तथा वित्तिय क्षेत्रका कार्यालयहरु खुलेपछि सेवाग्राहीको चाप हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमको कारण बैंक तथा वित्तिय संस्थाहरुले यो पटक दशैंमा काउन्टर सेवा बन्द गरेका थिए । उसो त बैंकका कर्मचारीलाइ पनि संक्रमण भएको कारण जोखिम बढेको थियो । बैंकर्स संघका अनुसार बैंक तथा वित्तिय… पुरा पढौ

वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण

bishnu prasai
झापा, १२ कात्तिक । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाईवागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले पिसिआर परिक्षण रिपोर्ट पोजेटिभ आएको बताएका छन् । प्रसाई प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर गएका थिए । उनलाई विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको बताए । प्रसाई अहिले घरमै आइसोलेसनमा रहेका छन । उनका छोरा राजेशलाई पनि सङ्क्रमण पाेजेटिभ देखिएकाे छ । पुरा पढौ

नेपाल ट्रष्टको गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण

काठमाडौं, १२ कात्तिक । नेपाल ट्रष्टको कार्यालय अन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगको पर्खाल जीर्ण हुँदा त्यसमुनिको सडकबाट यात्रा गर्ने सवारी एवं स्थानीयवासी जोखिममा परेका छन् । निकुञ्जको करिब चार हजार रोपनी जग्गा घेरिएको आठ किमी पर्खालमध्ये धेरै भाग जीर्ण छ । उत्तरवाहिनीबाट दक्षिणढोकासम्मको पर्खालमुनि सडक छ । जहाँबाट दैनिक मोटरसाइकल, साइकल लगायत साना सवारी र स्थानीयवासी ओहोरदोहोर गर्छन् । जीर्ण पर्खाल ठाउँ ठाउँमा भत्किएको छ । भत्किएका केही स्थानमा काँडे तार लगाए पनि धेरै स्थानमा खुला छ ।… पुरा पढौ

भारतीय सेनाध्यक्ष कात्तिक १९ मा नेपाल आउँदै

काठमाडौं, १२ कात्तिक । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक १९ गते आउने भएका छन । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हन । राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशको सैनिक प्रमुृखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ । रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री… पुरा पढौ

बाख्रापालनका लागि उदाहरणीय बनेका शिक्षक

बाग्लुङ, १२ कात्तिक । जहाँ इच्छा, त्यहाँ उपाय । बागलुङ नगरपालका–८ सिगानाका एक शिक्षकले शिक्षण पेशासँगै व्यावसायिक बाख्रापालनका लागि उदाहरणीय बनेका छन् । स्थानीय भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक भद्रबहादुर कार्की शिक्षण पेशामा लागेको २३ वर्ष भयो तर उनी अहिलेसम्म अस्थायी छन् । कार्कीले व्यावसायिक खेतीका लागि सन्देश दिन एक वर्ष अघिदेखि बाख्रा फर्म सञ्चालन गरेका छन् । उनी बिहान र बेलुकाको समयमा बाख्रा चराउने र डाले घाँस काट्ने गर्छन । दिउँसो उनकी श्रीमती लक्ष्मी कार्कीले सघाउछिन् उनलाई । यसरी अतिरिक्त… पुरा पढौ

प्रम रोजगार कार्यक्रममा जुम्लाका १५ हजार सूचीकृत

जुम्ला, १२ कात्तिक । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लाका एक नगरपालिकासहित आठ स्थानीय तहमा १५ हजार २५१ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष ०७७÷०७८ का लागि जुम्लाका आठ स्थानीय तहमा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएका हुन् । सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास गर्ने स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । तोकिएका समयावधिभित्र फाराम… पुरा पढौ

झाँक्रीपानीमा पूर्वाधार बनेपछि पर्यटक आकर्षित

म्याग्दी, १२ कात्तिक । मङ्गला गाउँपालिका–३ स्थित झाँक्रीपानीलाई पर्यटकीय गन्तव्य बनाउन रु. ७० लाखभन्दा बढीको लागतमा पूर्वाधार निर्माण भएको छ । गाउँपालिका, प्रदेश सरकार र समुदायको सहकार्यमा उक्त पूर्वाधार तयार भएपछि पर्यटक आकर्षित हुन थालेका छन् । पूर्वाधार विकाससँगै सो स्थानमा २२ घरमा पाहुनालाई खानेबस्ने सुविधाका लागि घरबास (होमस्टे) सञ्चालन हुने भएको छ । घरबास सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले रु. दश लाख र गाउँपालिकाले रु. एक लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । बन्दोबस्तीका सामान खरिद र खानेपानी… पुरा पढौ

अपि पावरको कात्तिक १४ गतेदेखि हकप्रद शेयर निष्कासन हुँदै

काठमाडौं, ११ कात्तिक । अपि पावर कम्पनीले कात्तिक १४ गतेदेखि हकप्रद शेयर निष्कासन हुन लागेको छ । मंसिर ४ गतेसम्म आवेदन खुला हुनेछ । कम्पनीका अनुसार ४७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागिएको छ । १ सय रुपैयाँ अंकित मूल्यको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर खुला गरिने भएको हो । कम्पनीले २०७६ चैत्र १ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरिसकेको छ । २०७६ साल फागुन ३० गतेसम्म कायम भएका शेयरधीनहरुले हकप्रद शेयरका लागि आवेदन गर्न सक्ने भएका छन्… पुरा पढौ

भिमसेन थापादेखि केपी शर्मा ओलीसम्मका नेपालका ३८ प्रधानमन्त्रीहरू

काठमाडौं, ११ कात्तिक । नेपालको राजनीतिक तथा प्रशासनिक इतिहासमा राज्यसत्ता सञ्चालनको अख्तियारी लिएका प्रधानमन्त्रीहरु प्रथम प्रधानमन्त्री/मुख्तियार भिमसेन थापादेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्म ३८ जना प्रधानमन्त्री भएका छन् । नेपालको पहिलो प्रधानमन्त्री भिमसेन थापा हुन । उनले बि.सं १८६३-१८९४ मा मुख्यिारी लिएका थिए । दोश्रो प्रधानमन्त्री पण्डित रंगनाथ पौड्याल हुन । उनले बि.सं १८९४ देखि १८९५ सम्म मुख्यिारी लिएका थिए । तेश्रो प्रधानमन्त्री पुष्कर शाह बनेका थिए । उनले बि.सं १८९५ देखि १८९६ सम्म मुख्तियारी लिएका थिए । चौथो प्रधानमन्त्री रणजंग… पुरा पढौ

नेकपाको चियापान यस वर्ष नहुने

काठमाडौं, ११ कात्तिक । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका हुन्। पुरा पढौ