मुख्य समाचार

ग्लाेबल आइएमईले घाेषणा गर्याे लाभांश, वाेनशमात्रै १४ प्रतिशत

काठमाडौं, ७ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मिति २०७७/०७/०६ बिहीबार बसेकोे बैंक संचालक समितिको ३६४औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६/७७… पुरा पढौ

मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा ‘एलाइनमेन्ट’ समस्या

काठमाडौं, ७ कात्तिक । मध्यपहाडी (पुष्पलाल) लोकमार्गका विभिन्न खण्डमा रहेका ‘एलाइनमेन्ट’ को समस्या हटेको छैन । कतै अरु मन्त्रालयका योजना र कतै पहिले एकातिरबाट डिजाइन भए पनि स्थानीयवासीले अर्काेतिर सडक लैजान मागे गरेपछि एलाइनमेन्टको समस्या हट्न नसकेको हो । राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजना र मध्यपहाडी लोकमार्ग खप्टने भएकाले कसरी अघि बढ्ने भनी छलफल भइरहेको छ । आयोजना निर्माण भएपछि धादिङ र गोरखामा गरी झण्डै ७० किमी सडक डुबानमा पर्ने मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताए ।… पुरा पढौ

सिटिजन्स बैंकले ३ महिनामै कमायो ५१ करोड ५५ लाख, अन्य सूचक कस्ता छन् ?

काठमाडौं, ७ कात्तिक । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ४७।६६ प्रतिशत अर्थात१६ करोड ६४ लाख २२ हजार रुपैयाँ बढी हो। खुद ब्याज आम्दानी बढेसँगै इम्पेरिमेन्ट रिभर्सल हुनुका साथै अन्य आम्दानी बढेपछि नाफा बढे्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३ करोड ८ लाख ४७ हजार रुपैयाँ बढेर ८३ करोड ९१ लाख ७२ हजार रुपैयाँ पुगेको… पुरा पढौ

सानिमाले बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?

काठमाडौं, ७ कात्तिक । सानिमा बैंकले कात्तिक २८ गते १६ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले बैंकले प्रस्ताव गरेको लाभांश पारित गर्ने भएको छ । साधारण सभा बाटुवाटारस्थित आम्रपाली ब्यांकेटमा पूर्वान्ह ११ बोलाईएको छ । प्रस्तावित १० प्रतिशत दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयाँ ४० पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्तावलाई सभाले पारित गर्ने भएको छ । साथै लाभांश कर प्रयोजनसहित ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने कार्यसूचि रहेको छ । ८… पुरा पढौ

आजबाट विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू

काठमाडाैं, ७ कात्तिक । सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली, २०७७ अनुसार आजबाट विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागु भएकाे जानकारी गराएकाे छ । सरकारले यस कार्यमा सराेकारवाला सबैलाई सहयोगका लागि आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्तिमार्फत कानून कार्यान्वयनका लागि विज्ञापन बोर्डको गठन भइसकेको जानकारी गराउँदै अनुगमनका लागि जिम्मेवारीसहितको संस्थागत प्रबन्ध गरिसकिएको जनाएको छ । ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिदेखि उक्त व्यवस्था लागू गर्न गराउन र अन्यथा कानूनअनुसार कारबाही हुने मन्त्रालयका… पुरा पढौ

विश्व बैंकको रु २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गरिने

काठमाडाैं, ७ कात्तिक । सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने २०० मिलियन अमेरिकी डलर (करीब रु २४ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । सरकारले अन्तरराष्ट्रिय श्रम संगठनको विधान अनुमोदनका लागि संघीय संसद्समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । विद्युत् नियमन आयोगको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, परराष्ट्र नीति, २०७७ स्वीकृत गर्ने तथा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ स्वीकृत गर्ने… पुरा पढौ

आज दशैंको सातौं दिन शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

काठमाडौं, ७ कात्तिक । आज दशैंको सातौं दिन । सातौं अर्थात सप्तमी तीथिको यो विशेष दिनमा घर घरमा ‘शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैं छ । आजको दिनमा देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा गरिन्छ । कालो वर्णकी, तीनवटा आँखा र चार हात भएकी उनले चारवटै हातमा तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वाँस फेर्दा आगोको ज्वाला निकाल्ने देवीले रक्तविज नाम गरेको दैत्यको संहार गरेको मानिन्छ । आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट,… पुरा पढौ

धितोपत्र बोर्डद्वारा केवाईसी निर्देशिका स्वीकृत, घरबाटै विवरण भर्न पाईने

काठमाडौं, ६ कात्तिक । नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान (केवाईसी) सेवा संचालन निर्देशिका २०७७ लाई स्वीकृत गरेपछि लगानीकर्तालाई सजिलो हुने भएको छ । अब उनीहरुले विद्युतीय माध्यमबाट घरमै बसेर ग्राहक पहिचान पत्र (केवाईसी) भर्न सक्ने भएका छन् । बोर्डका अनुसार लगानीर्ताहरुले घरमै बसेर केवाईसी प्रतिनिधिको अधिकार पाएको व्यक्ति वा कर्मचारीबाट हुने सेवा र त्यससंग सम्वन्धी प्रक्रियागत काममा समयानुसार सुधार गरेर छिटोछरितो बनाउनका लागि निर्देशिका जारी गरिएको हो । कोरोना भाइरसको महामारी भईरहेको बेलामा लगानीकर्ताहरु ग्राहक पहिचान विवरण भर्नका… पुरा पढौ

देशकै ठूलो सबस्टेशन निर्माण सम्पन्न:१२०० मेगावाट विद्युत् आयात निर्यात गर्न सकिने

काठमाडौं, ६ कात्तिक । देशकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा चार्ज भएको छ । कूल ४०० केभी क्षमताको सो सबस्टेशन बुधबार साँझदेखि नो लोडमा चार्ज भएको हो । ढल्केबर सबस्टेशन आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार देशकै सबैभन्दा ठूलो पावर हवको काम सम्पन्न भएको छ । उक्त सबस्टेशन नेपालको विद्युत् क्षेत्रका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गाका रुपमा रहेको छ । नेपालको पहिलो ठूलो र ग्यास इन्सुलेटेड सबस्टेशन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले सफलता हासिल गरेको छ । नेपाल सरकारको… पुरा पढौ

विभागले दशैं बिदामा बजार अनुगमनलाई निरन्तरता दिने

काठमाडौं, ६ कात्तिक । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैंमा बजार अनुगमनलाई निरन्तरता दिने जानकारी गराएकाे छ । दशैं बिदामा अनुचित व्यापारिक क्रियाकलाप भएर उपभोक्ता गठिने सम्भावना रहेकोले अनुगमनलाई निरन्तरता दिइरहने विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले बताएका छन्। नियमित बजार अनुगमनका क्रममा पनि बजारमा अुनचित क्रियाकलाप भइरहेका छन, दशैं बिदाको समयमा अनुगमन नगर्ने हाे भने उपभोक्ता मारमा पर्छन् । त्यसैले दशैंकाे बेलामा कडाइका साथ अनुगमन गर्ने याेजना बनाएका छाैं । उनले बिदाको समयमा धेरै कालोबजारी हुनसक्ने भएकाेले ग्राहक… पुरा पढौ