मुख्य समाचार

नेप्से परिसूचक ८ अंकले बढ्यो, कारोबार रकम करिब २ अर्ब

काठमाडौं, ६ कात्तिक । साताको अन्तिम दिन अर्थात दशैं बिदा अघिको अन्तिम दिन सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ८ दशमलव ४५ अंकले बढेको हो । नेप्से परिसूचक बढेर १ हजार ६ सय माथि पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९१ अंकले बढेको छ । नेप्से परिसूचकमात्रै होइन बुधबारको तुलनामा कारोबार रकममा समेत सुधार भएको छ । बुधबार एक अर्ब ६३ करोड रुपैयाँको कारोबार भएकोमा… पुरा पढौ

गुणस्तर तथा नापतौल विभागद्वारा ८५ उद्योग र फर्मलाई कारबाही

काठमाडौँ, ६ कात्तिक । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ८५ फर्मलाई कारबाही गरेको जनाएकाे छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको समयमा फर्मको नवीकरण नगराउने, अनुमतिपत्र नलिई नापतौल यन्त्र प्रयोग गर्दै आएका ती फर्मलाई कारबाही गरिएको जानकारी दिनुभयो । तीन महिनाको अवधिमा विभागले ६९० फर्मको अनुगमन गरेको थियो । जसमा १५१ किराना… पुरा पढौ

निर्यात साढे १० प्रतिशतले बढ्यो, चीनतर्फको निर्यात भने ५४.९ प्रतिशतले घट्यो

काठमाडौं, ६ कात्तिक । आर्थिक वर्ष २०७७–७८ को दुई महिनामा कुल वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भई रु.२० अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्पm क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले घटेको नेपाल राष्ट बैंकले जनाएको छ ।वस्तुगत आधारमा आयुर्वेदिक औषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल,… पुरा पढौ

नवरात्रको छैटौं दिन आज कात्यायनीको पूजा गरिदैं

काठमाडौं, ६ कात्तिक । नवरात्रको छैटौं दिन आज दशैँघर तथा पूजाकोठामा नवदुर्गामध्येकी छैटौं कात्यायनी माताको विधिपूर्वक पूजा गरिदैछ । प्रत्येक वर्ष दुर्गा पक्षको छैटौं दिन कात्यायनी माताको विधिपूर्वक पूजा गरिन्छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर तथा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापना गरिएको स्थानमा पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा गरिएको थियो । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौं दिन स्कन्दमाता को विधिपूर्वक पूजा गरिएको थियो… पुरा पढौ

रेडपाण्डाको छालासहित चार पक्राउ

कर्णाली, ६ कात्तिक । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नौमुले गाउँपालिका–२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ का ४१ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार तथा नारायण नगरपालिका–९ दैलेख निवासी ४० वर्षीय सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । वीरेन्द्रनगर–६ स्थित गोदाम लाईनमा रहेको भावना पञ्चकोशी होटेलबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट रेडपाण्डाको छाला (ओखेटो पहार) एउटा चार फिट लम्बाई… पुरा पढौ

गौरीशङ्करको लुवाङसा-बुकुनी हुँदै कालोपोखरी-पाँचपोखरी यात्रा

चरीकोट, ६ कातिक । हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशङ्कर हिमालको काखमा अवस्थित प्राकृतिक स्रोत र साधनले सम्पन्न गौरीशङ्कर गाउँपालिकाले पर्यटक प्रवद्र्धनको दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । समुद्री सतहदेखि ८९१ मिटरदेखि ७१३४ मिटरको उचाइसम्म फैलिएको यो गाउँपालिकामा पर्यटनको हिसाबले महत्वपूर्ण भएकाले यहाँको प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग गदै पर्यटनको क्षेत्रमा विकास गराउने उद्देश्यले गाउँपालिकाले १० वर्षे गुरुयोजना ल्याई गाउँपालिकाले गौरीशङ्कर संरक्षण क्षत्रसँग सहकार्य आरम्भ गरेको छ । पर्यटनको प्रर्वद्धनकै लागि विभिन्न क्षेत्रका प्रतिनिधिको पर्यटन सम्भाव्यता अध्ययन तथा… पुरा पढौ

काेराेना बीमा गरेकाकाे उपचारमा भएको खर्च बीमा रकमबाट लिईने

काठमाडौं, ५ कात्तिक । कोभिड १९ को संक्रमण भएका काेराेना बीमा गरेकाहरूकाे उपचारमा भएको खर्च बीमा रकमबाट लिईने भएको छ । बीमा समितिले आज इजाजतपत्र प्राप्त सबै निर्जीवन बीमा कम्पनीहरुको लागि निर्णय कार्यान्वयन सम्बन्धमा एक पत्र जारी गर्दै यसको व्यवस्था मिलाउन जानकारी गराएको छ । समितिले आर्थिक हिसाबले विपन्न, अशक्त, असहाय, एकल महिला, अपाङगता भएका व्यक्ति, जेष्ठ नागरिक, स्वास्थ्यकर्मि, सरसफाई कर्मचारी, सुरक्षाकर्मि लगायतलाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको खण्डमा उनीहरुको बीमा रकमबाट उपचार गर्ने जनाएको छ । तर उनीहरुले कोरोनाको… पुरा पढौ

अमेरिकाले नेपाललाई निरन्तर सहयोग दिने

काठमाडाैं, ५ कात्तिक । अमेरिकी राजदूत र्याण्डी बेरीले नेपालमाथि गरिने सहयाेगलाई निरन्तर्रता दिने बताएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच आज भएको शिष्टाचार भेटमा द्विपक्षीय आर्थिक सहयोगकाे निरन्तर्रताका बारेमा छलफल भएकाे हाे । कोभिड–१९ महामारीको नियन्त्रण र त्यसपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायत विषयमा पनि छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले नेपाल र अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद दिए। राजदूत… पुरा पढौ

नेप्से दोहोरो अंकले बढ्यो, १ अर्ब ६३ करोडको कारोबार

काठमाडौं, ५ कात्तिक । शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से आज १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ ।यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ । कूल १९२ कम्पनीका कूल ५५ लाख नौ हजार ४४८ कित्ता शेयर रु एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ मूल्यमा खरिद बिक्री भए… पुरा पढौ

१ खर्ब ६५ अर्ब भित्रियो २ महिनामा रेमिट्यान्स

काठमाडौं, ५ कात्तिक । रेमिट्यान्स आप्रवाहमा ८.१ प्रतिशतले सुधार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा सुधार भएको हो । राष्ट्र बैंकका अनुसार भदौं मसान्तसम्म १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको राष्ट्र बैंकले बताएको छ । रेमिट्यान्स आप्रवाह बढे पनि वैदेशिक रोजगारीमा… पुरा पढौ