मुख्य समाचार

पोषणयुक्त तरकारी निउरो

निउरो हामी सबैलाई थाहा भएकाे एक जैबिक तरकारीकाे नाम हो । नेपाललाई विश्वमा खानाबाट चिनाउने माध्यम पनि हो निउरो । नेपालमा ५ सय भन्दा ज्यादा प्रजातिका उन्यु पाइने कृषि अनुसन्धान परिषदका बैज्ञानिकहरुको भनाई छ । निउरो पनि उन्युकै एउटा प्रजाति हो । उन्युहरुको प्रजाति पत्ता लगाउन बेलायती, जापानी, भारतीय तथा नेपाली बैज्ञानीकहरुले धेरै अध्ययन र अनुसन्धान गरेका छन । निउरो नेपाली भन्सामा धेरै मन पराइएको जङली तरकारी हो । हिजोका दिनमा छाक टार्न खाने गरिएको यो अहिले स्वास्थ्यका लागि फाईदाजनक… पुरा पढौ

पर्यटन साझेदारीका लागी ७१३ आवेदन

काठमाडौं, असोज १० । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आह्वान गरेको पर्यटनउपज साझेदारी कार्यक्रममा देशभरबाट ७१३ वटा आयोजनाका आवेदन परेका छन । मन्त्रालयले सङ्घीयताको मर्मअनुरुप स्थानीय, प्रदेश र सङ्घ तीनै तहको लागत साझेदारीमा काम गर्ने गरी गत भदौ १ मा पर्यटन पूर्वाधारका कार्यक्रम माग गरेको थियो । भदौ महिनाभरिको समयसीमा तोकेर गरिएको कार्यक्रम आह्वानमा तहगतरुपमा प्रदेशबाट १०, महानगरपालिकाबाट ९, उपमहानगर पालिकाबाट १०, नगरपालिकाबाट ३०७ र गाउँपालिकाबाट ३७७ ले मन्त्रालयमा कार्यक्रम प्रस्ताव गरेका छन । गाउँपालिकाले योजना कूल लागतको ३०… पुरा पढौ

वैदेशिक रोजगारीमा जाने ९९ प्रतिशतले घटे, रेमिट्यान्स भने २३ प्रतिशतले बढ्यो

काठमाडौं, ९ असोज । महामारीकाबीच पनि विदेशबाट आउने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा २३ प्रतिशतले रेमिट्यान्स बढेको छ । साउन महिनामा ९२ अर्ब ७१ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । साउनमा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम… पुरा पढौ

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

काठमाडौं, ९ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेयर महर्जनको स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो ।मेयर महर्जनका अनुसार उनकी पत्नीको रिपोर्ट भने नेगेटिभ आएको छ । उनमा कोरोना संक्रमण पुष्टि भएसँगै बखुन्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसेका छन् । महर्जनले आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन अनुरोध गरेका छन् । पुरा पढौ

ठाउँठाउँमा सामान्य र केही स्थानमा भारी वर्षा

काठमाडौँ, ९ असोज । आज बिहानैदेखि मौसम केही सफा देखिए पनि नेपालको पूर्वी क्षेत्रमा भने अहिले पनि पूर्ण बदलीकै अवस्था रहेको छ । गण्डकी प्रदेशसहित ठाउँठाउँमा सामान्यदेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षासमेत भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र २ मा पूर्ण बदलीसहित धेरै ठाउँमा वर्षा भइरहेको छ । “काठमाडौँमा केही खुलेको देखिन्छ, तर पूर्ण मौसम सफा भने भएको छैन”, “रातिसम्म बदलीको अवस्था छ, आजदेखि नै मौसममा केही सुधार… पुरा पढौ

नेपालमा एकै दिनमा संक्रमित तुलनामा निकाे हुने बढे

काठमाडौं, ९ असाेज । नेपालमा गएकाे२४ घण्टामा थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार  नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले साे जानकारी दिएका हुन्। उनका अनुसार शुक्रबार देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ पुगेकाे छ। पछिल्लो २४ घण्टामा थप १२ हजार २ सय ६२ पीसीआर परीक्षण भएको हाे। त्यस्तै २४ घण्टामा थप १ हजार ४ सय ५५ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्।… पुरा पढौ

प्रेस काउन्सिलकाे कार्यवाहक अध्यक्षमा बुढाथोकी

काठमाडाैं, ९ असाेज । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी नियुक्त भएका छन । आजै बसेको काउन्सिल सञ्चालक समितिको बोर्ड बैठकले काउन्सिल ऐन २०४८, अनुसार बुढाथोकीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र भुसालले जानकारी दिए । उनका अनुसार निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि बुढाथोकीलाई कार्यवाहक अध्यक्ष तोकिएको हो । साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा काउन्सिल सदस्यमा नियुक्त गरेको थियो । कार्यवाहक अध्यक्ष बुढाथोकीले आजै पदभार ग्रहण… पुरा पढौ

बैंकमा २ खर्ब तरलता थुप्रिएपछि राष्ट्र बैंकद्वारा ३० अर्ब प्रशोचन

काठमाडौं, ९ असोज । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग नभएपछि लगानी योग्य रकम (तरलता) थुप्रिएको छ । बैंकमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपयाँ बोलकवोल मार्फत खिचेको छ । बैंकिङ प्रणालीमा २ खर्ब रुपैयाँको अधिक तरलता भएपछि तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक २८ दिनको निक्षेप संकलन उपकरणको प्रयोग गर्न बाध्य भएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले सफल आवाजलाई बताए । उनका अनुसार बिहीवार बैंकिङ प्रणालीमा असाधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएको भन्दै खुला बजार कारोबार… पुरा पढौ

काँचाे किवी बिक्री गर्न थालेपछि अनुदान कटाैती गर्ने निर्णय

इलाम, ९ असोज । किसानले काँचाे किवी टिपेर बिक्रीका लागि बजार लैजान थालेपछि किवीको गुणस्तरमा प्रश्न उठाउँदै अनुदान कटाैती गर्ने निर्णय भएकाे छ । काँचै टिपेर बजार लगेपिछ गुणस्तर नभएकाे किवी बजार पुगेको भन्दै किवीकाे सरोकार राख्नेहरूले आपत्ति पनि प्रकट गरेका छन । उनिहरूकाे वैठकले किवी जोन र कृषि ज्ञान केन्द्रबाट उपलब्ध हुने अनुदान कटौती गर्ने निर्णय गरेकाे बताइएकाे छ । कृषि ज्ञान केन्द्र, किवी जोन सञ्चालक समिति, उद्योग वाणिज्य सङ्घ, जिल्ला सहकारी सङ्घका प्रतिनिधिबीचकाे वैठकले काँचाे किवी बजारमा लैजाँदा… पुरा पढौ

हिमालय एयरलाइन्सले पायो ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ अनुमति

काठमाडौं, ९ असाेज । सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमतिपत्र दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणले हिमालय एयरलाइन्सलाई आफ्ना विमानको आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न अनुमति दिएको हो । हालसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गर्दै आएको छ । सो अनुमतिसँगै अब हिमालय एयरलाइन्सले आफूलाई आवश्यक पर्ने उपकरण र जनशक्ति ल्याएर आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न सक्नेछ । अब एयरलाइन्सले आफ्नो विमान रोकिएपछि विमानबाट यात्रु ओराल्ने भर्याङ हाल्ने, बस लिएर जाने, यात्रुलाई टर्मिनलसम्म ल्याएर छोड्ने, उड्ने यात्रुलाई विमानसम्म… पुरा पढौ