मुख्य समाचार

आज विश्व आदिवासी दिवस : प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौँ, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका छन् । छब्बिसौँ विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले दशकौँ लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिकरूपमा सुरक्षित गरी राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका हुन् ।    उनले नेपालको संविधान र प्रचलित कानूनअनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा… पुरा पढौ

काठमाडौँको ‘कोटाल टोल’ सिल

काठमाडौँ, २४ साउन । काठमाडौँ महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई आज सिल गरिएको छ ।महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना सङ्क्रमण देखिएपछि टोललाई नै सिल गरिएको जानकारी दिए । प्रहरी टोली नै तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ । केही दिनअघिको परीक्षणमा यहाँ प्रहरीसहित उनको परिवारका पाँच जनामा कोभिड–१९ देखिएको थियो । त्यसपछि परीक्षण गर्दा घरभेटीलाई कोरोना पोजेटिभ देखियो । समुदायका २५ जनाको परीक्षणमा अन्य थप छ… पुरा पढौ

पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २४ साउन । पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् । पुरा पढौ

विदेशमा अलपत्र ४५ हजारभन्दा बढीको उद्धार

सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ ।कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६ सय ६२ जनाको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार २५ र सबैभन्दा कम इरान, आर्मिनिया र चेक गणतन्त्रबाट दुई–दुईजना छन्। साउदी अरेबियाबाट ६ हजार ५ सय ८२, मलेसियाबाट ६ हजार ४ सय ६४, कुवेतबाट ६ हजार ३ सय २० र कतारबाट ४ हजार ७ सय १८ जनाको… पुरा पढौ

आगामी ३ दिन देशभर वर्षा हुने

नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई/तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताइन् । मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले यस वर्ष वर्षा बढी भएको बताइएको छ । साथै भारी वर्षाको सम्भावना समेत रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल प्रदेश २ र प्रदेश ५ का केही भूभागमा आंशिक बदली तथा… पुरा पढौ

माडीका वडाध्यक्ष र प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, रामको जन्मभूमीबारे थप अध्ययन गरिने

चितवन, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरे ।        प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, “त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरु के के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुप¥यो ।”        प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा… पुरा पढौ

सौराहामा होटल खुले, ग्राहक आएनन्

चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् । होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन् । विदेशी पर्यटक नआउने भए पनि स्थिति सहज हुने र आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो तर विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि व्यवसायीको चाहना पूरा हुन सकेन । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे उत्साहका साथ होटल खोलिएको भए पनि ग्राहक नआएको बताउँछन् । होटल खुलेको… पुरा पढौ

वरिष्ठ लोकगायक महतलाई कोरोना संक्रमण

वरिष्ठ लोकगायक प्रेमराज महतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साथमा उनकी जीवनसंगीनी कविता केसी समेत संक्रमित भएकी छन् । लोकगायक महतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र पत्नी दुवै संक्रमित भएको सार्वजनिक गरेका हुन् । उनले दुर्भाग्यवश कोरोनाबाट जोगिन नसकेको उल्लेख गर्दै सबैजना जोखिमबाट मुक्त हुन सन्देश दिएका छन् । नेपालमा तनहुँ निवासी महत हाल अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत छन् । आफ्ना छोरा डा. सरगम महतको निगरानीमा उनीहरु हाल आफ्नै घरको कोठामा आइसोलेसन बसेका… पुरा पढौ

रुपन्देहीमा कार दुर्घटनामा ३ जनाको मृत्यु

रुपन्देहीमा कार दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । रोहिणी गाउँपालिका वडा ४, छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा १ गम्भीर घाइते छन् । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार परासीबाट भैरहवातर्फ जाँदै गरेको कार सडकबाट १० मिटर तलसम्म पल्टिँदा सवार ४ जना घाइतेमध्ये ३ जनाको भैरहवास्थित भीम अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । मृतकमध्ये रुपन्देही ओमसतिया ४का २६ वर्षीय देवेन्द्र चौधरीको… पुरा पढौ

अपडेट: एयर इन्डिया एक्सप्रेस विमान दुर्घटनामा १७ को मृत्यु, १६० घाइते

काठमाडौं, २४ साउन । एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । तीमध्ये २ जना पाइलट छन् । चालक दलका अरु ४ सदस्य भने जीवित रहन सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुबईबाट केरला आएको सो विमान शुक्रबार बेलुका भारत केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना हुँदा १ सय ६० यात्रु घाइते भएका छन् । घाइतेमध्ये २५ जनाको अवस्था गम्भीर छ । विमानमा चालक दलका सदस्यसहित १ सय ९० जना सवार थिए । यात्रुमध्ये १० बालबालिका पनि… पुरा पढौ