मुख्य समाचार

काठमाडौं प्रवेशमा थप कडाइ, २ सय संक्रमित भएको जिल्लाका लागि ‘ब्लक’ हुने

काठमाडौं । काठमाडौं प्रवेशमा सरकारले थप कडाई गर्ने भएको छ । यस अघि आवश्यक काम परेको भन्दै सबै जिल्लाबाट पास बोकेर सवारीसाधनहरु आउने गरेका थिए ।अब भने २ सय संक्रमित भएको जिल्लाबाट आउनका लागि भने ‘ब्लक’ गरिने भएको छ । अर्थात अब २ सय संक्रिय संक्रमित भएको जिल्लाबाट काठमाडौंका लागि सवारीसाधनका लागि पास वितरण नै बन्द गर्ने सरकारको तयारी छ । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक… पुरा पढौ

हवाई उडान र अन्तर जिल्ला यातायात भदौ १ गतेदेखि नखाेल्न सीसीएमसीको सिफारिस

काठमाडौं,२५ साउन । भदौ १ गतेदेखि खुल्ने भनिएको अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान नखुल्ने भएको छ । सीसीएमसीको आइतबार बसेको बैठकले यसलाई १५ दिन पछि सार्न सिफारिस गरेको बताइएकाे छ ।सरकारले यसकाे आधिकारिक निर्णय गर्न भने बाकी छ । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनकाे अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि गर्ने निर्णय गरेको थियो । सीसीएमसीको बैठकले अन्तराष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न समेत सिफारिस गरेको छ । … पुरा पढौ

नेपाल राष्ट्र बैंकको निर्देशन: कोरोना जोखिम बढेकोले घरबाटै काम गर

कोरोनाको जोखिम र संक्रमण बढेको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था कर्मचारीलाई घरबाटै काम गराउन र सिफ्टमा काम गराउन निर्देशन दिएको छ । बैंकिङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा संक्रमणलाई न्यूनीकरण गर्न सुरक्षाका सबै उपाय अनिवार्य रुपमा अपनाउन राष्ट्र बैंकको निर्देशन छ । केन्द्रीय बैंकले आइतबार परिपत्र जारी गर्दै जोरबिजोर प्रणाली तथा सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सेवा प्रवाह गर्न सो निर्देशन दिएको हो । यस्तै, सेवा बिजनेस कन्टिन्युटी प्लान बनाउन समेत निर्देशन दिइएको… पुरा पढौ

पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २५ साउन । पछिल्लो २४ घण्टामा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ । कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् । पुरा पढौ

अवरोधबिनै अन्त्येष्टि

पोखरा, २५ साउन । पोखरामा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाएका ६२ वर्षीय पुरुषको आइतबार दिउँसो अन्त्येष्टि गरिएको छ । उनको मृत्युको करिब १५ घण्टापछि पोखरा–३२, रातोपहिरो घाटमा अन्त्येष्टि गरिएको हो। पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले महानगरले पहिलेकै स्थान पहिचान गरिसकेपछि नेपाली सेनाको सहयोगमा शव अन्त्येष्टि गरिएको हो । यसअघि पोखरामा ज्यान गुमाएका स्याङ्जाका दोस्रो संक्रमितको पनि सो स्थानमा शव गाडिएको थियो । सो स्थान सेती नदी नजिक पर्दछ । पहिलो पटक वडाको समन्वयबिनै शव अन्त्येष्टिका… पुरा पढौ

२ दिनअघि मृत्यु भएकी वीरगञ्जकी २० वर्षीया युवतीको कोरोना पुष्टि

गत शुक्रबार वीरगन्जमा मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । ती युवतीको शुक्रबार राति १ बजे उपचारक्रममा मृत्यु भएको थियो । कोरोना अस्पताल गण्डकका डा. जेपी जैसवालका अनुसार ती युवतीमा श्वासप्रश्वासको समस्या देखिएपछि शुक्रबार मध्यरातमा गण्डक अस्पताल ल्याइएको थियो । परिवारका सदस्यले उनलाई सुरुवातमा अन्य अस्पताल लगेकोमा उपचार गर्न नमानेपछि गण्डक लगिएको थियो । वीरगञ्जमा योसहित हालसम्म कोभिड–१९ कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। पुरा पढौ

गण्डकीमा ५ सय नमुना परीक्षणमा १ मात्र पोजेटिभ

पोखरा, २५ साउन । गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । करिब ५ सय वटा नमुना परीक्षणमा पर्वत कुष्मा नगरपालिका वडा ४ का २३ वर्षीय पुरुषमा कोरोना देखिएको हो। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा क्षयरोग उपचार केन्द्रमा ४ सय ६८ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २८ नमुना परीक्षण भएको हो । तीमध्ये क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा ती पुरुषमा कोरोना देखिएको हो । अन्यको रिपोर्ट नेगेटिभ छ । गण्डकीमा कुल संक्रमितको संख्या १ हजार ६… पुरा पढौ

काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा

काठमाडौँ २५ साउन । तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आमजनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो । विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन् । उनका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको… पुरा पढौ

कोरोना संक्रमणबाट पोखरामा ६२ वर्षीय पुरुषको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरामा उपचाररत एकजना ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो । उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो । उनी डायबिटिजबाट समेत पीडित थिए । अस्पतालका निर्देशक सहप्राडा अर्जुन आचार्यका अनुसार गण्डकी अस्पतालमा उपचार क्रममा कोरोनाका कारण ज्यान… पुरा पढौ

विदेशमा कोरोनाबाट १९१ नेपालीको निधन

काठमाडौँ, २५ साउन  । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेको छ ।     सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप सङ्क्रमण देखिएको छ । गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना… पुरा पढौ