मुख्य समाचार

एनएमबि लघुवित्तको सातौं वार्षिक साधारण सभा

पोखरा, २२ असार ।एनएमवि लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाले संचालक समिति अध्यक्ष सञ्जीव सुव्वाले प्रस्तुत गरेको आव २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ । पोखराको हेमजास्थित केन्द्रीय कार्यालयमा भएको साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७६ असार मसान्तको वासलात, आव २०७५/०७६ को नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिमाथि छलफल गरी पारित गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले बताए । संचालक समितिले प्रस्ताव गरे बमोजिम… पुरा पढौ

पोखरामा मोटरसाइकल ठोक्किँदा क्षणभर भै जलेर नष्ट

पोखरा, २० असार । एकै दिशातर्फ गुडिरहेका दुई मोटरसाइकल ठोक्किए । र, क्षणभरमै जलेर नष्ट भए । यो दृश्य हो–पोखरा नयाँबजारको। पोखरा महानगरपालिका वडा ९, नयाँबजारमा शनिबार दिउँसो महेन्द्रपुलदेखि पृथ्वीचोकतर्फ दुई मोटरसाइकल जाँदै थिए। दुवै बाइकमा दुई–दुई जना चढेका थिए। दिउँसो करिब ३ बजेको हुँदो हो । नयाँबजारस्थित बृहस्पति आयाल स्टोर पुगिसक्दा ग १४ प ३८६१ र ग १६ प ४४४१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । र, केहीबेरमै जलेर नष्ट भए । घटनामा मानवीय क्षति भने टर्‍यो । सो… पुरा पढौ