मुख्य समाचार

सिन्धुपाल्चोकमा भीषण बाढीपहिरो, २ जनाको मृत्यु, २१ बेपत्ता

सिन्धुपाल्चोकमा भीषण बाढीपहिरो गएको छ । गएराति १२ बजेदेखि परेको अविरल वर्षाका कारण भोटेकोशीसँगै आसपासका खोलामा आएको बाढीपहिरोमा बाह्रबिसेमा व्यापक क्षति पुगेको छ ।बाढीपहिरोले त्यस क्षेत्रको १५ घर र नजिकै रहेको जम्बु बस्तीको करिब १६ घरलगायत केही सवारीसाधन बगाएको छ । जसमा २ जनाको मृत्यु भएको छ भने एक चिनियाँसहित २१ जना बेपत्ता छन् । बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमा फुन्जु शेर्पाका अनुसार वडा–५ जम्बु निवासी २० वर्ष निकेश बस्नेत र उनका ३ वर्षीया छोरीको शव भेटिएको छ । प्रतिकूल मौसमका… पुरा पढौ

४ दिन ४ प्रदेशमा अधिक वर्षा सम्भावना, नसोचेको स्थानमा समेत भेलपहिरो जान सक्ने

अबको ४ दिनसम्म नेपालका विभिन्न ४ प्रदेशमा मनसुन सुक्रिय भएपछिको अधिक वर्षा हुने अनुमान गरिएको छ । जलाधार विज्ञका अनुसार यो समयमा नसोचेको स्थानमा समेत भेलपहिरो आउनसक्ने भएकाले सचेत आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले प्रदेश १, प्रदेश २, बागमती र गण्डकीमा असार २५ देखि २८ सम्म अधिक वर्षा हुने अनुमान गरेको हो । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार जुलाई र अगस्टमा मौसम थप सक्रिय हुने र अबको चार दिन अलि बढी पानी पर्नसक्छ ।… पुरा पढौ

पोखरामा मास्क नलगाई हिड्ने पक्राउ, बुधबार २१ जना प्रहरी फन्दामा

पोखरा, २४ असार । पोखरामा मास्क नलगाई घरबाहिर तथा बजारमा हिड्ने २१ जना बुधबार पक्राउ परेका छन् । उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम पक्राउ गरिएको हो । कोरोना भाइरस (कोभिड–१९) को थप जोखिम बढ्दैपछि सरकारले समेत बिनामास्क बाहिर हिडडुल नगर्न अनुरोध गरिएकोमा सोको अटेर गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । उनका अनुसार पक्राउ परेका सबै जनालाई १ सय रुपैयाँ जरिवाना गरी बुधबार नै छाडिएको छ । वडा प्रहरी… पुरा पढौ

कोरोना प्रभाव: पर्यटन क्षेत्र चलायमान बनाउन माग

पोखरा, २४ असार । कोरोना भाइरस (कोभिड–१९) का कारण थला परेको पर्यटन क्षेत्र उकास्न पोखराका पर्यटन व्यवसायीले सरकारले विभिन्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्ले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा सम्बोधन गर्न माग गरे । साथै हरेक बैंकले कम्तीमा निश्चित प्रतिशत ऋण सहुलियत व्याजदरमा पर्यटनमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउन राष्ट्र बैंकसँग अनुरोध गरेका छन् । पोखराको पर्यटन क्षेत्रमा करिब ७५ अर्ब रुपैयाँ बराबरको बैंक तथा… पुरा पढौ

पोखरामा एकैदिन १३ कोरोना संक्रमित फेला

पोखरा, २४ असार । कास्कीमा एकै दिन १३ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये १ जना महिला हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका १० जना पुरुष, मादी गाउँपालिकाका २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार दिउँसो विज्ञप्ति जारी गरी सोको पुष्टि गरेको हो । संक्रमितमध्ये पोखराका वर्ष २५ का ३ जना पुरुष, वर्ष २६, ३१, ३२, ३५, ४३, ४५ र ५१ का १–१ जना… पुरा पढौ

सरिता गिरी पार्टीबाट निस्काशित

काठमाडौं, २३ असार । सांसद सरिता गिरी अन्ततः पार्टीबाट निस्काशित हुने भएकी छन् । संघीय समाजवादी पार्टीले सांसद गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको हो। नेपालको नयाँ नक्साको विपक्षमा अभिव्यक्ति दिएको, संविधान संशोधनको पक्षमा मतदान गर्न दिएको निर्देशन उल्लंघन गरेको आरोप गिरीमाथि लागेको छ । ‘नेपालको संविधान दोस्रो संशोधन विधेयकको सम्बन्धमा सरिता गिरीको अभिव्यक्तिबारे समाजवादी पार्टीको सो निर्णय संसदलाई जानकारी दिइने’ सो पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जनाएका छन्। पार्टी ह्वीपको उल्लंघन गरेको आरोपमा समाजवादी… पुरा पढौ

आइजीपीमा शैलेश थापा नियुक्त

काठमाडौं, २३ असार । शैलेश थापा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नयाँ आइजीपी थापालाई नियुक्त गरेको हो । कार्यक्षमता र वरिष्ठता आधारमा मूल्यांकन गरी गृह मन्त्रालयले आइजीपीमा शैलेश थापा क्षेत्रको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषदले यसैका आधारमा थापालाई आइजीपीमा नियुक्त गरेको हो । भक्तपुरका स्थायी बासिन्दा शैलेश आइजीपीका प्रतिष्पर्धी हरिबहादुर पाल हुन् । दुवैजना हाल दोस्रो र तेस्रो नम्बरका एआइजी हुन् । आइजीपी ठाकुरप्रसाद ज्ञवालीसँगै एआइजी तारिणीप्रसाद लम्साल यसै हप्ता सेवानिवृत्त हुने भएकाले… पुरा पढौ

अली मियाँको गीत दुर्गेशले चोरेपछि

पोखरा, २३ असार । गायक दुर्गेश थापाले गाएको गीत चोरीको आरोप लागेपछि तालनगरी पोखरा तरंगित बनेको छ । उनको ‘बिच्च बिच्चमा–२’ नामबाट सार्वजनिक गीतमा लोककवि अली मियाँको गीतको एक अन्तरा हुबहु मिल्छ । अली मियाँको गीतको ‘आकाशमा बादलु डम्मै छ । मनमा के छ भन्नेलाई सम्मै छ’ अन्तरा चालीसको दशकमै नेपाली जनजिब्रोमा खुबै रुचाइएको थियो । पोखरेली चेली प्राज्ञ एवं लोकगायिका हरिदेवी कोइराला र प्रेमराजा महतले २०४६ सालमा गाएको अली मियाँको सिर्जनाको सो लोकगीतमा त्यही अन्तरा छ । दुर्गेशले हालैमात्रै… पुरा पढौ

साँवा र व्याजका लागि ताकेता नगर्न बैंकलाई होटल संघको आग्रह

पोखरा, २३ असार । पश्चिमाञ्चल होटल संघ पोखराले कर्जाको साँवा र व्याज भुक्तानका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ । कोभिड–१९ महामारीसँगै जारी लकडाउनले पर्यटन क्षेत्र ठप्पप्रायः रहँदा बैंक तथा वित्तीय क्षेत्रबाट असार मसान्तको कारण देखाउँदै भुक्तानको निम्ति ताकेता गरेपछि संघको ध्यानाकर्षण भएको जनाइएको छ । संघ अध्यक्ष विकल तुलाचनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कर्जा भुक्तानको लागि बैंक तथा वित्तीय क्षेत्रबाट ताकेता तथा मानसिक दबाब दिँदा असहज परिस्थिति उत्पन्न हुने र त्यस असहज परिस्थितिको भागिदार बैंक… पुरा पढौ

यातायात व्यवसायीले बुझाए गाडीको साँचो

पोखरा, २२ असार । कोरोना भाइरस (कोभिड–१९) सँगै जारी लकडाउनले यातायात व्यवसाय ठप्प हुँदा यातायात व्यवसायीले धमाधम गाडीको साँचो नै बुझाउन थालेका छन् । पोखरामा प्रधानकार्यालय रहेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले आफू मातहतका व्यवसायीले खरिद गरेका गाडीको किस्ता बुझाउन नसकेपछि साँचो नै सम्बन्धित बैंकमा बुझाउन थालेका हुन् । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर गाडी किनेका व्यवसायीलाई किस्ता बुझाउन ताकेता गरेपछि सम्बन्धित बैंकलाई ऋणको किस्ताको सट्टा गाडीको चाबी नै बुझाइएको कम्पनी प्रालि अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।… पुरा पढौ