मुख्य समाचार

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक भयो : सञ्चारमन्त्री खरेल

काठमाडौं, २६ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक रहेको बताएका छन् । गणतन्त्र कोरियाको सिओलमा आज आयोजित ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ लाई सम्बोधन गर्दै उनले डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडर्सिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको उल्लेख गरे। उनले भने, “डिजिलट लिडर्सिप फोरम एकदमै उपलब्धिपूर्ण र सफल भएको छ, यसले आगामी दिनमा डिजिटल नेपालको अवधारणामा आधारित भएर डिजिटल नेपालको रूपमा अगाडि बढाउन तथा एआईमैत्री नेपाल बनाउन फोरम फलदायी… पुरा पढौ

सूर्योदय वोमी लघुवित्तको खुद नाफा बढ्याे

काठमाडौं, २६ कात्तिक । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले नाफा कमाउन सफल भएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार ६ कराेड २४ लाख खुद नाफा कमाएकाे हाे । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सम्ममा संस्था नोक्सानीमा थियाे । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा संस्थाले ६ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको हाे जाे गत आर्थिक वर्षको सोही अवधिकाे भन्दा बढी हाे । साे अवधिमा लघुवित्त ४ करोड ७१ लाख रुपैयाँ नोक्सानीमा… पुरा पढौ

नेप्सेमा २०.५६ अंककाे गिरावट, पाैने ४ अर्बकाे काराेबार

काठमाडौं, २६ कात्तिक । साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार नेप्से नकारात्मक देखिएकाे छ । यसदिन नेप्से परिसूचकमा गिरावट भएर बजार बन्द भयाे । नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.३३ अंक घटेको छ । फ्लोट इण्डेक्स १.३३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंकले घटेको छ। नेप्सेमा गिरावट भएपनि कारोबार रकममा केहि बृद्धि भएकाे छ। हिजाे मंगलबार ३ अर्ब ६२ करोडकाे काराेबार भएकाेमा आज ३२१ कम्पनीहरुकाे ६६ हजार ८२४ पटक भएकाेमा कारोबारमा ३… पुरा पढौ

क्षतिग्रस्त भवन पुनर्निमाणार्थ बजेट खोज्दै बनेपा नगरपालिका

काभ्रेपलाञ्चोक २६ कात्तिक। गत भदौ तेस्रो साता भएको ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड एवं आगजनी गरिएको बनेपा नगरपालिका क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि बजेट खोजिरहेको छ । करिब ४२ वर्ष पुरानो भवन भएकाले मर्मततर्फ ध्यान नदिई नयाँ भवन बनाउन बजेटको खोजी भइरहेको नगर कार्यालयले जनाएको छ । आन्दोलनका क्रममा कार्यालयमा करिब रु १० करोड बराबरको क्षति भएको नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा जनाइएको छ । बजेट व्यवस्थापन गर्न सकिए यसअघि बनाइएको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर)अनुसार क्षतिग्रस्त भवन भत्काएर आठतले सुविधायुक्त नयाँ भवन… पुरा पढौ

वर्षाका कारण धान उत्पादनमा ३ लाख मेट्रिक टन कमी आउने

काठमाडौं, २६ कात्तिक। यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा रु तीन अर्ब ५५ करोडको क्षति भएको तथ्याङ्कका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको विश्लेषणका आधारमा धानको उत्पादन घट्ने प्रक्षेपण गरिएको हो । गत वर्षमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएकामा त्यसको तीन प्रतिशतअर्थात् करिब तीन लाख मेट्रिक टन कम उत्पादन हुने आकलन गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द… पुरा पढौ

लाभांश पारित गर्न एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्याे एजिएम

काठमाडौं, २६ कात्तिक । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४० ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे । कम्पनीले हाल कायम रहेकाे चुक्ता पूँजीको ४२.१०५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीकाे मंगलबार, कात्तिक २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश पारित गर्नका लागि कम्पनीले १३ औँ वार्षिक साधारण सभा… पुरा पढौ

यी हुन् बागमती प्रदेशका आर्थिक चुनौतीहरु

काठमाडौं, २६ कात्तिक। बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैकले गरेको अध्ययनमा देखिएको छ । केन्द्रीय बैंकले गरेको ‘आर्थिक वर्ष २०८१÷८२ को आर्थिक गतिविधि अध्ययन’ अनुसार, यस प्रदेशमा प्राकृतिक प्रकोपको जोखिम उच्च रहेकाले यस्ता प्रकोपलाई रोकथाम गर्दै ती प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्ने कार्य चुनौतीपूर्ण रहेको उल्लेख गरेको छ । बागमती प्रदेशका केही चुनौतीहरु उल्लेख गर्दै अध्ययनमा भनिएको छ,… पुरा पढौ

मनकामना इन्जिनियरिङ्गको नाफा ३४०.२३ प्रतिशतले बढ्याे

काठमाडौं, २६ कात्तिक । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरकाे खुद नाफा बढेकाे छ । कम्पनीकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ३४०.२३ प्रतिशतले बढेकाे छ। कम्पनीले चालु आर्थिक वर्षको असोजसम्ममा १ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ३४०.२३ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षमा कम्पनीले ४४ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेकाे थियो। विद्युत बिक्री आम्दानी १५.१८ प्रतिशतले बढेको छ । कुल नाफा… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे भाउ

काठमाडौं, २६ कात्तिक। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२… पुरा पढौ

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र-‘जेरी अन टप’

काठमाडौं, २६ कात्तिक । गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ । बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ र मायाको आफू सदैव आभारी… पुरा पढौ