मुख्य समाचार

सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

काठमाडौं, २५ कात्तिक । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्यलाई नियुक्त गरिएकाे छ ।  साेमबार बसेकाे बैंककाे सञ्चालक समितिको बैठकले आचार्यलाई आउने माघ १२ गतेदेखि लागु हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा पदमा नियुक्त गरेको हो । हाल साे पदमा कार्य गरिरहेका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गतेदेखि सकिने भएकाेले सञ्चालक समितिले आचार्यलाई नियुक्त गरेको हो । आचार्य अहिले नायब प्रमुख कार्यकारी अधिकृतकाे रुपमा काम गरिरहेका छन् ।  पुरा पढौ

राधी विद्युतकाे बिक्री आम्दानी ४.४६ प्रतिशतले बढ्याे

काठमाडौं, २५ कात्तिक । राधी विद्युत कम्पनीकाे प्रतिशेयर आम्दानी बढेकाे छ । कम्पनीकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी बढेर ६० रुपैयाँ ५८ पैसा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिकोभन्दा प्रतिशेयर आम्दानी ५३ रुपैयाँ ६२ पैसा बढेको छ। कम्पनीको नाफामा बृद्धि भएपछि प्रतिशेयर आम्दानी बढ्नमा सघाउ पुगेकाे हाे । कम्पनीको खुद नाफा ८११.६३ प्रतिशतले बढेको छ। खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २७ करोड ८५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो… पुरा पढौ

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौं, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा तीन अनुसार इजाजत लिएर मात्रै विदेशी विनिमयको कारोबार गनुपर्ने प्रावधान अनुसार नयाँ प्रबन्ध गरिएको जनाएको छ । विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावलीसमेत जारी भएको स्मरण गराउँदै केन्द्रीय बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने स्म्बन्धमा नयाँ व्यवस्था गरिएको जनाएको हो । क्यासिनोलगायतका संस्थाले… पुरा पढौ

केन्द्रीय बैंकले उपदान कोषको ३ अर्ब ७० करोड लगानी गर्ने

काठमाडौं, २५ कात्तिक। नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु दुई अर्ब ९६ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु ५५ करोड ५० लाख, राष्ट्रियस्तरका वित्त कम्पनीमा रु १८ करोड ५० लाख बराबरको रकम लगानी गर्न लागिएको उल्लेख छ… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २५ कात्तिक। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८७ रुपैयाँ २१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा… पुरा पढौ

प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ

झापा, २५ कात्तिक। जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारी साधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा गत भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमणका घटना भएका थिए । सो घटनाको सिसिटिभी फुटेज, भिडियो र फोटोको अध्ययन र विश्लेषणका आधारमा अभियुक्तको पहिचान गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए। पक्राउ पर्नेहरुमा विर्तामोड–५ का… पुरा पढौ

‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति

गण्डकी, २४ कात्तिक। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशमा झण्डै रु पाँच अर्ब बराबरको भौतिक क्षति भएको छ । आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारी भवन र सवारीसाधन गरी करिब रु दुई अर्ब र निजी क्षेत्रतर्फ रु तीन अर्ब क्षति पुगेको जानकारी दिए। कास्की, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा गरी सात जिल्लाका १३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पुगेको उनले बताए। प्रदेशभित्र ३६१ वटा… पुरा पढौ

नेप्सेमा ४.१५ अंककाे गिरावट, साढे ४ अर्बकाे काराेबार

काठमाडौं, २४ कात्तिक । साताको शेयर काराेबार हुने दोस्रो दिन पनि साेमबार नेपाली शेयर बजारमा गिरावट भएकाे छ । गएका दुई दिनमा पनि नेप्सेमा गिरावट भएकाे थियाे । यसदिन साेहि क्रमले निरन्तरता लिएकाे छ । नेप्से परिसूचक ४.१५ अंकले घटेर २५६०.२९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.०५ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.५० अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले घटेको छ। नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमि भएकाे छ। आइतबार ४ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर काराेबार… पुरा पढौ

निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

काठमाडौं, २४ कात्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ । कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा आज आगामी निर्वाचनलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी तुल्याउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले उनीहरूसँग परामर्श गरेको हो । जेनजी आन्दोलनको भावनाअनुरूप चुनावी अन्तरिम सरकार गठन भई आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यस्तै १९ सदस्य पदका लागि आगामी माघ ११ राष्ट्रियसभाको निर्वाचन हुँदैछ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा… पुरा पढौ

भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर मोडिन्छन् विमान ?

भैरहवा, २३ कात्तिक । शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण करिब साढे ५ घण्टा प्रभावित भयो । सो अवधिमा कोरियन एयरको विमान दिल्ली र फ्लाई दुबईको विमान लखनऊ डाइभर्ट भएको थियो । शनिबार मात्र हैन गत वर्ष वैशाख ११ गते फ्लाई दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा इन्जिनमा आगो लागे पनि विमानका पाइलटले नेपालमा तीनवटा अन्तरराष्ट्रिय विमानस्थल भए पनि यहाँ अवतरणमा चासो देखाएनन् । विमान भैरहवाकै आकाश हँुदै आफ्नो गन्तव्यतर्फ… पुरा पढौ