मुख्य समाचार

समाजसेवी चुकेद्वारा रु १ करोडको जग्गा लायन्स क्लवलाई दान

चितवन, २४ कात्तिक। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरले समाजसेवी बालगोपाल चुकेले दान दिनुभएको जग्गामा नयाँ भवन बनाउने भएको छ । भरतपुर महानगरपालिका–३ नारायणगढमा उहाँले दिनुभएको १० धुर र क्लबले थप १० धुर खरिद गरेर रु दुई करोडको लागतमा भवन निर्माण सुरु गरिएको हो । भवन निर्माण समितिका संयोजक तथा पूर्व डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेका अनुसार रु एक करोड बराबरको जग्गा बालगोपालले निःशुल्क उपलब्ध गराएपछि सोही ठाउँमा क्लबले थप १० धुर रु एक करोडमा खरिद गरी भवन निर्माणका लागि शिलन्यास… पुरा पढौ

विन्ध्यबासिनी हाइड्रोको विद्युत बिक्री आम्दानी बढ्यो

काठमाडौं, २४ कात्तिक । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकाे विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी बढेको देखिएकाे छ। चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ६४ लाख रुपैयाँ कमाएकाे छ। जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १०.४९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षमा कम्पनीले १५ करोड ६ लाख रुपैयाँ कमाएकाे थियो। विद्युत बिक्री आम्दानीसँगै खुद नाफा पनि बढेको छ। कम्पनीको खुद नाफा… पुरा पढौ

आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं, २४ कात्तिक । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले भोली कात्तिक २५ गते बुकक्लोज गर्ने बताएकाे छ । शेयरधनीहरुले आजसम्म नेप्सेमा कारोबार भइ कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। लघुवित्तले बाह्रौँ वार्षिक साधारण सभा मंसिर १२ गते वेष्टर्न एशियन होटल प्रा.लि., बुटवलमा बिहान साढे ९ बजे शुरु बाेलाएकाे छ। सभाबाट ८ प्रतिशत नगद लाभांश वितरणकाे… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौँ, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८७ रुपैयाँ १० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६… पुरा पढौ

‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक

कर्णाली, २३ कात्तिक । कर्णालीमा ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । वेल्ट हङ्गर हिल्फेको सहयोगमा जैविक विविधता तथा अनुसन्धानका लागि स्थानीय पहल (लिबर्ड)द्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित उक्त प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शाहले ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक गर्दा नेपाल र त्यसमा कर्णालीले सुधार्नुपर्ने कुरा मार्गनिर्देशन भएको बताउनुभयो । उहाँले शून्य भोकमरी अभियानलाई टेवा पु¥याउन कर्णाली सरकारले खाद्य सम्प्रभुता ऐन, प्राङ्गारिक… पुरा पढौ

नयाँ सहर आयोजनाः २० किमी सडक कालोपत्र

दमौली (तनहुँ), २४ कात्तिक । नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालय स्थापनादेखि हालसम्म नयाँ सहर आयोजनाभित्र २० दशमलब ३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो । कार्यालयले ३४ दशमलब ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलब ७४ किलोमिटर ढलान, ४६ दशमलब ०२ किलोमिटर नाला निर्माण गरेको कार्यालय प्रमुख शान्ति शर्माले जानकारी दिए। आन्तरिक बसाइसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरी दश नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरुप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार… पुरा पढौ

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद्ः अध्यक्ष ढकाल

धुलिखेल, २३ कात्तिक। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद् भएको बताएका छन् । आज बनेपामा काभ्रे उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको उद्घाटन गर्दै उनले युवालाई रोजगारी दिने र राजस्व सङ्कलन गरेर राज्यलाई योगदान दिने तथा पूर्वाधार बनाउने नै निजी क्षेत्र भएकाले त्यसको सुरक्षाका लागि राज्यले आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए। जेनजी आन्दोलनको उद्देश्य आक्रमण नभएको… पुरा पढौ

नेप्सेमा ३०.०२ अंककाे गिरावट, ५ अर्बकाे काराेबार

काठमाडौं, २३ कात्तिक । साताको शेयर काराेबार हुने पहिलो दिन आइतबार नेप्सेमा गिरावट भएकाे छ । काराेबार रकम पनि घटेकाे छ । नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ५.९० अंकले घटेको छ । फ्लोट इण्डेक्स २.४२ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१ अंकले घटेको छ। नेप्सेका अनुसार यसदिन कारोबार रकम पनि घटेको छ। ३२३ कम्पनीहरुकाे ४७ हजार २६८ पटकको कारोबारबाट ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख १९… पुरा पढौ

सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौंको बचत

काभ्रेपलाञ्चोक, २३ कात्तिक। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई आगामी छ महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । केन्द्रले लक्ष्यअनुसारको योजना सफल भए यस अवधिभित्र नौ प्र्रकारको कागजमा आधारित सेवा उपलब्ध गराउन सक्ने जनाएको हो । हालसम्म केन्द्रमा व्यवस्थित गरिएका अन्तःशुल्क स्टिकरलगायत छपाइका मेसिनहरु पुनःप्रयोगमा ल्याउन सरसफाइ एवं जडान गरी पूर्ण रुपमा सञ्चालनमा ल्याउन छ महिना लाग्ने जनाइएको छ । कतिपय मेसिन सञ्चालनमा ल्याउन विदेशबाट समेत जनशक्ति ल्याउनुपर्ने भएको सञ्चार तथा सूचना प्रविधि… पुरा पढौ

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति पाैडेल

काठमाडौं, २३ कात्तिक। राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन्। साथै उनले सुशासन, संविधान र लोकतन्त्रलाई अझ उन्नत बनाउने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए। सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा सार्वजनिक सेवा प्रसारण र एनटिभी वल्र्डको शुभारम्भ समारोहमा राष्ट्रपतिले लोकतन्त्रलाई बलियो बनाउने युवाको चाहना पूरा गर्न तथा निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिए। राष्ट्रपतिले लोकतन्त्रको सुदृढीकरण र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माण गर्न सञ्चारमाध्यमले नागरिकलाई… पुरा पढौ