मुख्य समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनकाे कति ?

काठमाडौं, २ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक… पुरा पढौ

विद्युतीय सवारीसाधन चलेसँगै सस्तियो पोखरा-बागलुङ यात्रा

गण्डकी, २ चैत । धवलागिरि–गण्डकी यातायात सेवा प्रालिले पोखरा–बागलुङ र पेखरा म्याग्दी चल्ने विद्युतीय माइक्रो बसको भाडादर समायोजन गरेको छ । कम्पनीले विद्युतीय गाडी सञ्चालन गरेको एक वर्ष पुगेको अवसरमा भाडादर घटाएको हो । पोखरा–बागलुङ यसअघि रु चार सय ५० लिने गरिएकामा शुक्रबारदेखि रु ५० घटाएर रु चार सय कायम गरिएको प्रालिका अध्यक्ष उमेश केसीले जानकारी दिए। म्याग्दी–पोखराको भाडा रु पाँच सय ५० बाट घटाएर रु पाँच सय कायम गरिएको उनले बताए । बागलुङदेखि पोखराका लागि गत वर्ष फागु पूर्णिमाका… पुरा पढौ

वीरगञ्ज भन्सारद्वारा ८ महिनामा १ खर्ब ९ अर्ब राजस्व संकलन

वीरगञ्ज, २ चैत । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व संकलन गरेको छ । कार्यालयले यस अवधिमा १ खर्ब ३९ अर्ब ७३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकाे थियो । भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले राजस्व संकलनमा क्रमश सुधार भएको बताए । चालु आव बाँकी ४ महिनामा राजस्व संकलनमा थप सुधार हुने उनको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व संकलन अधिक हुने… पुरा पढौ

पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गुरुङको शपथग्रहण

पोखरा, २ चैत । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले पदिय जिम्मेवारीको सपथ लिएका छन । फाइनान्स सञ्चालक समितिको ५४७ औँ बैठकको निर्णय अनुसार २०८१ चैत १ देखि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका गुरुङले केन्द्रीय कार्यालय, न्यूरोड पोखरामा संस्थाका अध्यक्ष राज कुमार गुरुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन । कार्यक्रमको प्रारम्भमा पोखरा फाइनान्सका अध्यक्ष राज कुमार गुरुङले वित्तीय संस्था तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृतका बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्षले… पुरा पढौ

ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमा मागभन्दा बढी आवेदन

काठमाडौं, २ चैत्र । ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर (आइपीओ) मा आवेदन दिने अवधि बाँकी रहँदा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता शेयर बिक्रीमा ल्याएकाे हाे । आजसम्म कम्पनीकाे शेयरमा १ अर्ब ७९ करोड ८५ लाख ७८ हजार रुपैयाँ बरबरको आवेदन परेको छ । जसमा १४ लाख ८० हजार ५७८ जना सर्वसाधारणले १ करोड ७९ लाख ८५ हजार ७८० कित्ताका लागि आवेदन दिएका छन् । जाे मागभन्दा १२.८१ गुणा धेरै… पुरा पढौ

दूध बेचेर मासिक २ लाख कमाइ गर्दै लेखनाथ

तनहुँ, २ चैत । जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका छन । गाडी व्यवसायीसमेत रहेका बाँस्तोलाले कोरोना सङ्क्रमणका बेला बन्दाबन्दी (लकडाउन) हुँदा चर्को समस्या खेप्नु परेपछि गाउँ फर्किएर पशुपालन पेसा गरेका हुन्। लकडाउन हुनुअघि गाडी व्यवसायबाट राम्रै आम्दानी हुने गरे पनि लकडाउनका कारण व्यवसाय धरासायी बनेपछि आफूले यस पेसा अँगालेको कृषक बाँस्तोला बताउछन्। उनकाे फार्ममा अहिले २२ वटा गाई छन् । जसमध्ये १५ वटा लइना गाईबाट दैनिक दुई सय लिटर दूध बिक्री… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, २ चैत । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रूपैयाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ७५ पैसा र बिक्रीदर १८० रूपैयाँ ५३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रूपैयाँ ७०… पुरा पढौ

काठमाडौंका यी स्थानमा आज बिजुली कटौती

काठमाडौं, २ चैत । नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा आज बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुनेछ । ‘कन्डक्टर अपग्रेडिङ’का लागि उक्त ‘फिडर सटडाउन’ हुने सूचनामा उल्लेख छ । सोही वितरण केन्द्रको सतुङ्गल फिडरअन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक आसपासका… पुरा पढौ

सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू-भागमा हिमपात हुने

काठमाडौं, २ चैत । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित… पुरा पढौ

स्वास्थ्य सेवा विभागका महानिर्देशक र स्वास्थ्य बीमा बोर्डका निर्देशकको पदबहाली

काठमाडौं, १ चैत । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टङ्क बाराकोटीले पदबहाली गरेका छन्। आज महानिर्देशकको पत्र बुझेपछि कार्यालयमा पुगी पदभार ग्रहण गरे । डा बाराकोटी स्वास्थ्य मन्त्रालयको १२औँ तहमा अतिरिक्त सचिवमा कार्यरत थिए । यसअघि महानिर्देशकमा डा विकास देवकोटा थिए । उनी सचिवमा बढुवा भएपछि डा बाराकोटीलाई उक्त पदमा नियुक्त गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गत फागुन २७ गते मा मन्त्रिस्तरीय निर्णय गरी उनलाई महानिर्देशकमा नियुक्त गरेका थिए । पदभारपछि रासससँग कुरा गर्दै डा बाराकोटीले… पुरा पढौ