मुख्य समाचार

नविल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवालीको बढुवा

काठमाडौं, १४ पुस । नबिल बैंक लिमिटेडको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बैकर मनोज ज्ञवालीको बढुवा भएको छ । यसअघि उनी साेही बैकमा नायव प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा थिए । ज्ञवालीको याे बढुवा सँगै अब उनलाई सीईओ बन्ने बाटो लगभग खुल्ला भएको छ । पुरा पढौ

जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक छ: प्रधानमन्त्री ओली

पर्सा, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताएका छन्। नेकपा (एमाले)को पर्सा जिल्ला कमिटीले आज सखुवा प्रसौँनीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश र जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेको बताए । “हामी क्रान्तिकारी हौँ । क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुश गर्नु होइन, अब नागरिकको जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ”, उनले… पुरा पढौ

वैकल्पिक वित्तीय स्रोत जुटाउन विधेयक ल्याउँदै सरकार-अर्थमन्त्री पौडेल

काठमाडौं, १४ पुस । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकाङ्क्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका छन्। नयाँ र वैकल्पिक वित्तीय स्रोत खोज्नका लागि नीतिगत व्यवस्था गर्न सरकारले विधेयक ल्याउने तयारी गरिरहेको पनि उनले बताए। “राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकाङ्क्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण छ”, अर्थमन्त्री पौडेलले भने, “त्यसैले दीर्घकालीन विकासको आवश्यकतालाई सम्बोधन गर्नेगरी वैकल्पिक विकास वित्तका निम्ति सार्थक र प्रभावकारी कदम चाल्न वैकल्पिक… पुरा पढौ

नेप्सेमा २१.१२ अंकको गिरावट, साढे ५ अर्बकाे काराेबार

काठमाडौं, १४ पुस । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ घटेर विन्दुमा झरेको छ । नेप्सेमा ०.८० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.४६ अंकले घटेर ४४८.९९ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३१५ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड १० लाख… पुरा पढौ

अर्थतन्त्रमा देखिएका समस्याकाे पहिचान र लगानीमैत्री वातावरण निर्माणमा महासंघले सघाउने

काठमाडाैं, १४ पुस । नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान तथा नीति निर्माणका सन्दर्भमा आयोजित विस्तारित बैठक सम्पन्न भएको छ । नवलपुरको गैँडाकोटमा आयोजित बैठकले महासंघलाई थप बलियो र उद्यमी व्यवसायीका समस्या समाधानमा नीति निर्माण तहमा पहल गर्न र बलियो संगठनका रुपमा महासंघलाई विकास गर्ने निर्णय गरेको छ । महासंघको विस्तारित बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०७२ सालमा संविधान बनेपछि मात्रै मुलुकमा आर्थिक विकास र समृद्धि प्रमुख एजेण्डा बनेको बताए । उनले संविधान बन्नु अगाडीका… पुरा पढौ

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौँ, १४ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् । “राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको छ”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि संसद्को अधिवेशन नभएको अवस्थामा सरकारले उक्त अध्यादेश ल्याएको बताइएकाे छ । पुरा पढौ

उत्पादन राेकिएपछि हेटौंडा सिमेन्टमा आर्थिक सङ्कट

हेटाैडा, १४ पुस। उद्योगका उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो । उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले बताएको छ । आर्थिक सङ्कटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्नेगरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए । उपकरण मर्मत गर्न भारतबाट प्राविधक ल्याउनुपर्ने भएकाले मर्मतमा समय लागेको… पुरा पढौ

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण सभा सम्पन्न,अध्यक्ष बने थपलिया

काठमाडाैं, १४ पुस । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । साधारण सभाले कम्पनीकाे गत आवकाे वासलात पारित गर्दै साेही सभाबाट ४ बर्षका लागि ६ जना सञ्चालक समेत निर्वाचित गरेकाे छ। कम्पनीको शुक्रबार सम्पन्न १२ औं साधारण सभाबाट १ जना महिलासहित ६ जना सञ्चालक निर्वाचित भएका हुन्।   निर्वाचित सञ्चालकहरुमा सिताराम थपलिया, विश्वराज नेपाल, राजिव प्रसाद प्याकुरेल, दिनुका पोखेल, तिलक कोइराला र विमल कुमार भट्टराई रहेकाे कम्पनीले जनाएकाे छ।  नवगठित सञ्चालक समितिका जेष्ठ… पुरा पढौ

बैंकिङ प्रणालीबाट ७० अर्ब तरलता तान्दै नेपाल राष्ट्र बैंक

काठमाडौं, १४ पुस । नेपाल राष्ट्र बैंकले आज पुस १४ गते बैंकिङ प्रणालीबाट एकैपटक ७० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा तान्ने भएको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ… पुरा पढौ

बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल

बागलुङ, १४ पुुस । ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा ५० शय्याको अस्पताल सञ्चालन भएको छ । यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । ५० शय्याको साे अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुक्रबार अस्पतालको सेवा प्रारम्भ गर्दै बताएका थिए । विसं २०२१ मा दुई कोठाबाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो । विसं २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न रु ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको… पुरा पढौ