मुख्य समाचार

जाल्दीगाड जलविद्युतमा साढे ४ अर्ब वित्तीय व्यवस्थापन, ३ अर्ब ३६ करोड ऋण लगानी हुने

काठमाडौं, २ असाेज । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ। सांग्रिला हाइड्रोपावर प्रा.लि.ले प्रवर्द्धन गर्ने यस आयोजनाका लागि वित्तीय व्यवस्थापन (Financial Closure) सम्बन्धी सम्झौता सम्पन्न भएको छ। आयोजनाका लागि राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संयुक्त रूपमा ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। बाँकी १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ भने प्रवर्द्धकहरूको इक्वीटी (शेयर)… पुरा पढौ

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक, २ असोज। काभ्रेपलाञ्चोकको दक्षिण–पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बुद्ध–सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ । ऐतिहासिक नगर पनौती, नमोबुद्ध र तेमाललाई जोडेर विकास गर्न लागिएको उक्त परिपथका लागि सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेको र क्रमागत बजेटमार्फत काम सम्पन्न गरिने काभ्रेपलाञ्चोकका सांसद मधु चौलागाईंले राससलाई बताउनुभयो । पहिलो चरणमा रु १० करोड खर्च गरेर पनौतीको डबलीदेखि नमोबुद्धसम्मको सडकको दायाँबायाँ बुद्धसँग सम्बन्धित भौतिक तथा सांस्कृतिक सम्पदा निर्माण, विभिन्न स्थानमा माने, चैत्य तथा लाफिङ… पुरा पढौ

सेबाेनकाे आईपीओ निष्काशनमा कडाई, कस्ले पाउँछन् अनुमति ?

काठमाडौं, २ असाेज । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन गर्न चाहने संगठित संस्थाहरूका लागि थप कडा र व्यवस्थित योग्यतासम्बन्धी मापदण्ड समेटिएको ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार पारेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी बोर्डले पूँजी बजारलाई पारदर्शी, सुरक्षित, विश्वासीलो र दिगो बनाउने उद्देश्यले यो निर्देशिका तयार पारेको हो। निर्देशिका लागू भएपछि पूँजी बजारमा परिपक्व, सुशासित र वित्तीय रूपमा सबल कम्पनीहरू मात्र… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २० पैसा… पुरा पढौ

भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

कास्की, २ असोज। भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ । काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते अन्य दुई साथीसँग नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुग्नुभएको थियो । त्यसको भोलिपल्ट आएको विनाशकारी बाढीमा परेपछि उहाँको अवस्था अज्ञात छ । छोरीको खोजीमा बुबा माधव बास्तोला दुई पटकसम्म रसुवा, नुवाकोट पुग्नुभयो । बाढीले पुर्याएको क्षति देखेपछि छोरी सकुशल फर्किने सम्भावना… पुरा पढौ

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौं, २ असोज। भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह गरेको हो । नेपाल पर्यटन बोर्डका निमित्तनिर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेमप्रसाद भट्टराईले बङ्गलादेशबाट आएका १८५ जनाको कर्पोरेट टोलीलाई बिहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा खादा र ढाका टोपीसहित स्वागत गर्नुभयो । गत भदौ १० गते भोटेकोशी बाढीपछि सुस्त भएको नेपालको पर्यटनलाई सुरक्षित भएको सन्देश दिन पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र… पुरा पढौ

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

सुनसरी, २ असोज। बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले आफ्ना चार छोरालाई कृषि पेसा आबद्ध गराउनुभएको छ । करिब दुई दशकदेखि गोलभेँडालगायत तरकारीखेती गर्दै आउनुभएका उहाँले कृषि पेसालाई नै परिवारको मुख्य आम्दानीको स्रोत बनाउनुभएको छ । उहाँको खेतमा वर्षभरि गोलभेँडा, कोभी, बोडीलगायतका तरकारी उत्पादन हुने गरेको छ । अर्जुनका चार छोरा रामविलास, लक्ष्मण, श्रीराम र जादुलाल चन्द्रवंशी बाबुकै लयमा कृषि पेसामा दत्तचित्त भएर लाग्नुभएको छ । “छोराहरू विदेश जाने भन्थे, मैले नेपालमै रु ५० हजार दिन्छु भनेर विदेश जान दिइनँ… पुरा पढौ

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं, २ असोज। सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०÷८१ र आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ । त्यस्तै, राष्ट्रियसभा… पुरा पढौ

नेप्से दोहोरो अङ्कले बढ्याे, साढे ५ अर्बकाे काराेबार, सिद्धार्थ बैंकको सर्वाधिक कारोबार

काठमाडौं, १ असाेज । अघिल्लो दिन सामान्य करेक्सन भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार पुनः दोहोरो अङ्कले बढेर बन्द भएको छ। तीन कारोबार दिनमा १०२ अङ्कको वृद्धिपछि बुधबार थोरै घटेको बजारमा बिहीबार पुनः सुधार देखिएको हो। यस दिन नेप्से परिसूचक ११.९३ अङ्कले बढेर २६२४.३६ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स २.०७ अङ्क, फ्लोट इण्डेक्स ०.९५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अङ्कले सकारात्मक रहेका छन्। कारोबार तथा बजार सूचकको स्थिति विवरणपरिसूचक / रकमपरिवर्तननेप्से परिसूचक२६२४.३६ विन्दु+११.९३ अङ्कसेन्सेटिभ इण्डेक्स-+२.०७ अङ्ककुल कारोबार… पुरा पढौ

सिद्धार्थ बैंकद्वारा २० प्रतिशत लाभांश घोषणा

काठमाडौं, १ असाेज । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको असोज १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको हो । सिद्धार्थ बैंक लाभांश विवरण विवरणदर / प्रतिशतहाल कायम चुक्तापुँजीरु १४ अर्ब ७९ करोडबोनस सेयर१०.००% (रु १ अर्ब ४७ करोड ९० लाख बराबर)नगद लाभांश (करसहित)१०.००% (रु १ अर्ब ४७ करोड… पुरा पढौ