मुख्य समाचार

फ्लाइ दुबईले पोखराका लागि दैनिक उडान सञ्चालन गर्ने घोषणा

काठमाडौं, ३ असोज । दुबईको राष्ट्रिय एयरलाइन्स ‘फ्लाइ दुबई’ ले नेपालको दोस्रो गन्तव्यका रूपमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक प्रत्यक्ष उडान गर्ने घोषणा गरेको छ । सो कम्पनीले यही असोज ७ गतेदेखि उडान सुरु गर्न लागेको हो । नयाँ सेवासँगै फ्लाइ दुबई संयुक्त अरब इमिरेट्स (युएई ) बाट पोखरासम्म प्रत्यक्ष नियमित उडान सञ्चालन गर्ने पहिलो एयरलाइन्स हुनेछ । सन् २००९ देखि काठमाडौँमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएको फ्लाइ दुबईले हालसम्म नेपालमा करिब ४० लाख यात्रुलाई सेवा उपलब्ध गराइसकेको कम्पनीले जनाएको छ… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, ३ असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३८ पैसा कायम… पुरा पढौ

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

काठमाडौं, ३ असोज। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताउनुभएको छ । संविधान दिवस २०८३का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन पूरा गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताउनुभयो । संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने प्रयत्न स्वीकार्य नभएको उल्लेख गर्दै संयोजक दाहालले संविधानका मूल्य र जनअधिकारलाई कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरु एकताबद्ध हुनुपर्नेमा… पुरा पढौ

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली (तनहुँ), ३ असोज । तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । विगत केही वर्षदेखि जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर छ भने माछामा भने आत्मनिर्भर नरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले प्रति व्यक्ति प्रति वर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा ११५.५ लिटर उपलब्धता रहेको जानकारी दिनुभयो । त्यस्तै १४ केजी मासु आवश्यक पर्नेमा १४.२ केजी केजी मासु उपलब्धता छ । ४८… पुरा पढौ

बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

भोजपुर, ३ असोज । जिल्लाको ग्रामीण भेगमा बाँदरको सास्ती बढेपछि किसानहरूले त्यसको विकल्पका रूपमा घरतरुल खेतीलाई रोज्न थालेका छन् । जमिनमुनि फल्ने भएकाले बाँदर तथा अन्य वन्यजन्तुबाट सुरक्षित हुनुका साथै थोरै मिहिनेतमा राम्रो आम्दानी लिन सकिने भएपछि यहाँका किसानको आकर्षण घरतरुलतर्फ बढेको हो । मकै, कोदो, आलु जस्ता परम्परागत बाली बाँदरले सखाप पारेर हैरान बनाएपछि कतिपय किसानले जमिन नै बाँझो छाड्ने गरेका थिए । तर अहिले किसानहरुले त्यस्ता जमिनमासमेत घरतरुल खेती गर्दै आएका छन् । भोजपुर नगरपालिका–५ का किसान बेनीबहादुर… पुरा पढौ

संविधानको रक्षा र राष्ट्रिय एकतामा एकजुट हुनुपर्छ- अध्यक्ष ओली

काठमाडौं, ३ असोज। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको छ । संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उहाँले मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको हो । लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनका क्रममा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष ओलीले संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको सुधार: पाैने ७ अर्बकाे काराेबार, बैंकिङ उपसमूहमा उच्च आकर्षण

काठमाडौं, २ असाेज। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेर बन्द भएको छ। अघिल्लो दिनको वृद्धि यात्रालाई निरन्तरता दिँदै यस दिन नेप्से २२.८५ अङ्कले उकालो लागी २६४७.२२ विन्दुमा पुगेको हो। यस दिन ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ५.३२ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अङ्कले सकारात्मक रहेका छन्। कारोबार रकममा उल्लेख्य वृद्धि नेप्से परिसूचकसँगै कारोबार रकममा पनि राम्रो सुधार देखिएको छ। बिहीबार ५ अर्ब ४९ करोड… पुरा पढौ

राष्ट्र बैंकले रू ३० अर्ब खिच्दै, १ महिने निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं, २ असाेज । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ३० अर्ब रुपैयाँ निक्षेप तान्न (प्रणालीबाट पैसा खिच्न) १ महिने निक्षेप संकलन उपकरणको बोलकबोल आह्वान गरेको छ। मौद्रिक व्यवस्थापन विभागले २०८३ असोज २ गते सूचना जारी गर्दै २८ दिनको लागि उक्त रकम संकलन गर्न लागेको जानकारी दिएको हो। बैंकिङ्ग प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले यो कदम चालेको हो। 19.-DC_Notice-2083.06.02-1Download निक्षेप संकलन सम्बन्धी मुख्य विवरणहरू: आह्वान गरिएको कुल रकम: रु. ३० अर्ब (तीस अर्ब रुपैयाँ) उपकरणको समयसीमा: २८ दिन… पुरा पढौ

गुराँस लघुवित्तद्वारा १० प्रतिशत लाभांश घोषणा

काठमाडौं, २ असाेज । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। संस्थाको आज बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। कम्पनीको हाल कायम चुक्ता पूँजी १३ करोड २३ लाख ५८ हजार ५३ रुपैयाँको आधारमा लाभांश बाँडफाँड गरिनेछ। लाभांशको विवरण: बोनस सेयर: ९.५ प्रतिशत (रु. १ करोड २५ लाख ७४ हजार १५.११ बराबर) नगद लाभांश (कर प्रयोजनका लागि): ०.५ प्रतिशत (रु. ६ लाख ६१… पुरा पढौ

आरबिबि म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

काठमाडौं, २ असाेज। आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित ‘आरबिबि म्युचुअल फण्ड’ अन्तर्गतका दुई योजनाहरूले आर्थिक वर्षको प्रतिफल घोषणा गरेका छन्। असोज १ गते बसेको सञ्चालक समितिको बैठकले आरबिबि म्युचुअल फण्ड १ (RMF1) र आरबिबि म्युचुअल फण्ड २ (RMF2) का इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित प्रतिफल अनुसार: आरबिबि म्युचुअल फण्ड १ (RMF1): करसहित २.७५ प्रतिशत नगद लाभांश आरबिबि म्युचुअल फण्ड २ (RMF2): करसहित ६ प्रतिशत नगद लाभांश बुकक्लोज र लाभांश पाउने समय लाभांश वितरण प्रयोजनका… पुरा पढौ