मुख्य समाचार

बाढीले खोसेको खुसीः सम्पर्कविहीन परिवारमा आएनन् चाडपर्व

महोत्तरी, १ असोज। भोटेकोशी बाढीयता सांस्कृतिक उत्सव र पारम्परिक पर्व आए गए । महोत्तरीका सम्पर्कविहीन परिवारमा भने चाडबाड आएनन् । सधैँ बाबुको मुख हेर्ने दिन फोन गर्ने खोजी गर्ने र अनुकूल समय मिलाएर कुनै वर्ष छोराले आफ्नै हातले विभिन्न परिकार खुवाएको सम्झने बर्दिबास–३ गौरीडाँडाका ध्रुव बिष्टका दिन रुँदै बित्दैछन् । तीजमा सधैँ भाइको सम्झना पाउने ध्रुवकी छोरी सिर्जनाले पनि यसपालिको पर्व रुँदै बिताउनुभयो । “प्रत्येक वर्ष भाइ तीज आउन पाँच÷सात दिनपहिले नै फोन गरेर लिन आउने कुरा गथ्र्यो, सोधखोज गथ्र्यो,… पुरा पढौ

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, १ असोज। सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै, आजै विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अन्तरराष्ट्रिय सम्बन्ध र… पुरा पढौ

धौवादीको पेलेगाबाट निस्कीरहेको धुँवा बिषाक्त, कार्वन माेनोअक्साइड

नवलपरासी, ३१ भदाै । पूर्वी नवलपरासीको हुप्सेकोट स्थित धौवादी फलामखानी नजिकैको पेलेगा डाँडाबाट निस्कीरहेको धुँवा कार्वन माेनोअक्साइड रहेको प्रारम्भिक अनुसन्धानवाट पुष्टि भएको छ । यो बिषाक्त ग्यास हो । यस्ले सोझै फोक्सो र रगतमा असर गर्छ । यो ग्यासको नजिकमा जानु जोखिम मानिन्छ डा नरनाथ पाण्डेले भने यो ग्यास नियन्त्रण गर्न सरकारले तत्काल ध्यान दिनु पर्छ । खानी तथा भूर्गभ बिभागका बिज्ञ प्रकास लुंइटेलको नेतृत्वमा बुधवार धुँवा पुत्ताइरहेकोको स्थानमा पुगेको टोलिले हाल त्यहाँ निस्कीरहेको धुँवा कार्वनमाेनोअक्साइड रहेको जानकारी दिएको छ… पुरा पढौ

नेपाल बैंकका कर्मचारीको जीवन बीमा नेसनल लाइफमा, दुई संस्थाबीच सम्झौता

काठमाडाैं, ३१ भदाै । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरूको जीवन बीमा गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा नेसनल लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गर्नुभएको छ। सम्झौताका मुख्य बुँदाहरू: आर्थिक सुरक्षा र जोखिम व्यवस्थापन: नेपाल बैंकमा कार्यरत कर्मचारीहरूको जीवन सुरक्षा तथा आर्थिक जोखिम व्यवस्थापनलाई सुदृढ गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो। कर्मचारी कल्याण: जीवन बीमा सुविधाले बैंकका कर्मचारी तथा उनीहरूका परिवारलाई सम्भावित… पुरा पढौ

कामना सेवाको २० औं साधारण सभाबाट १५ प्रतिशत लाभाशं पारित

काठमाडाैं, ३१ भदाै । कामना सेवा विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा आज काठमाडाैमा सम्पन्न भएको छ । बैंकका संचालक समिति अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभाशं दिने प्रस्ताव पारित गरेको छ । उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८२।८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही… पुरा पढौ

नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडकाे कारोबार

काठमाडौं, ३१ भदाै । साताको शेयर कारोबार हुने तेश्राे दिन शेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ। यस दिन नेप्से परिसूचक २१.१९ अंकले घटेर २६१२.४२ विन्दुमा झरेको छ। नेप्सेसँगै अन्य सूचकहरूमा पनि गिरावट देखिएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.७७ अंक, फ्लोट इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंकले घटेका छन्। कारोबार रकममा पनि गिरावट नेप्से घटेसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो कारोबार दिन (मंगलबार) ८ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा… पुरा पढौ

वाणिज्य बैंकरूले सार्वजनिक गरे असोजको ब्याजदर, अधिकांशको स्थिर

काठमाडाैं, ३१ भदाै । नेपालका वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। कुल २० वाणिज्य बैंकहरूमध्ये दुई वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १८ वटा बैंकहरूले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने बैंकहरू: स्ट्यान्डर्ड चार्टर्ड बैंक: भदौ महिनामा ३.८० प्रतिशत रहेकोमा असोजका लागि घटाएर ३.७५ प्रतिशत कायम गरिएको छ। कुमारी बैंक: भदौको ३.४६ प्रतिशतबाट घटाएर असोजका लागि ३.४३ प्रतिशत निर्धारण गरिएको छ। असोज महिनाका लागि बैंकहरूको अधिकतम मुद्दति ब्याजदर विवरण:… पुरा पढौ

राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयककाे प्रतिवेदन सर्वसम्मत पारित

काठमाडाैं, ३१ भदाै । बुधवार बसेको अर्थ समितिको बैठकमा सभापति डा. कृष्णहरि बुढाथोकीले पेस गरेको उक्त प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। समितिका सदस्यहरूबाट प्राप्त सुझाव, सल्लाह र दफावार छलफलका आधारमा प्रतिवेदन तयार पारिएको सभापति बुढाथोकीले जानकारी दिए। नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकका मुख्य विषयहरू: संरचनागत सुधार र नेतृत्व चयन: संशोधन प्रक्रियाले मुलुकको आर्थिक विकासमा संरचनागत परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। विशेष गरी राष्ट्र बैंकको नेतृत्व कसरी चयन गर्ने र चयन भएको नेतृत्वले कसरी कार्यसम्पादन गर्ने भन्ने विषयमा समितिमा… पुरा पढौ

संसदमा सर्वदलीय सयन्त्र गठनदेखि ‘इभी सेफ्टी एजुकेशन’ लागु गर्नेसम्मका माग

काठमाडौं, ३१ भदौ। प्रतिनिधिसभामा सांसदहरुले भोटेकोशी बाढीपछिको खोज, उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन संसद्बाट सर्वदलीय समिति गठन हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिँदै उहाँहरुले विपद्पछिको उद्धारका साथै सुरक्षित यातायातका लागि सडक सुरक्षामा ध्यान दिन र चालकको अनुभवलाई अपरिहार्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद अर्जुनरनरसिंह केसीले भोटेकोशी बाढीपछिको खोज र उद्धार कार्य थप प्रभावकारी बनाउन तथा राहत र पुनःस्थापनाका काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले यस कार्यमा आफ्नो पार्टीले सरकारलाई… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाबाट ६० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

काठमाडौं, ३१ भदौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको थप तरलता (लगानीयोग्य रकम) प्रशोधन गर्नका लागि ६० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ३० दिने निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो। राष्ट्र बैंकका अनुसार इच्छुक इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले भदौ ३१ गते (आज) दिउँसो ३:०० बजेसम्म राष्ट्र बैंकको 'अनलाइन बिडिङ सिस्टम सफ्टवेयर' (OBSS) मार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्। 18.-DC_Notice-2083.05.31Download निक्षेप संकलनका प्रमुख… पुरा पढौ