मुख्य समाचार

दुई महिनामा २ खर्ब बजेट खर्च, राजश्व असुली १ खर्ब ९० अर्ब

काठमाडौं, १ असाेज । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिना (भदौ मसान्त) सम्ममा सरकारले कुल १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो खर्च वार्षिक लक्ष्यको ९.४१ प्रतिशत हो । सोही अवधिमा सरकारको कुल राजश्व संकलन भने १ खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ (वार्षिक लक्ष्यको ११.५८ प्रतिशत) मा सीमित भएको छ । यसरी शुरुआती दुई महिनामै सरकारको खर्चभन्दा आम्दानी करिब ९ अर्ब ७२ करोड… पुरा पढौ

एभरेष्ट बैंकको सेयरमूल्य समायोजन, समायोजित मूल्य ६९२ रुपैयाँ ८६ पैसा कायम

काठमाडाैं, १ असाेज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ। बैंकले आगामी वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले ५ प्रतिशत बोनस सेयरका आधारमा नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेका अनुसार समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ६९२ रुपैयाँ ८६ पैसा कायम भएको छ। यसअघि अघिल्लो कारोबार दिन (बुधबार) दोस्रो बजारमा बैंकको सेयर अन्तिम पटक प्रतिकित्ता ७२७ रुपैयाँ ५० पैसामा कारोबार भएको थियो। यही अन्तिम मूल्यका आधारमा नेप्सेले नयाँ सेयरमूल्य तय गरेको… पुरा पढौ

राष्ट्र बैंकको गभर्नरको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव

काठमाडाैं, १ असाेज । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाको अर्थ समितिबाट सर्वसम्मति/बहुमतका आधारमा प्रतिवेदनसहित पारित भएको छ। समितिले दफावार छलफलपछि राष्ट्र बैंकको नेतृत्वको कार्यकाल, गभर्नरको योग्यता तथा सञ्चालक समिति नियुक्तिसम्बन्धी व्यवस्थामा व्यापक परिवर्तन प्रस्ताव गर्दै प्रतिवेदन पारित गरेको हो। समितिले तयार पारेको प्रतिवेदनअनुसार अब नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक सदस्यहरूको कार्यकाल हालको पाँच वर्षबाट घटाएर तीन वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ। यद्यपि, राम्रो कार्यसम्पादनका आधारमा उनीहरूलाई थप दुई वर्षका लागि… पुरा पढौ

मुक्तिनाथ क्यापिटलले ल्यायो १ अर्बको ‘मुक्तिनाथ म्युचुअल फण्ड २’

काठमाडौं, १ असाेज। मुक्तिनाथ क्यापिटल लिमिटेडले आज (असोज १ गते) देखि आफ्नो दोस्रो म्युचुअल फण्ड 'मुक्तिनाथ म्युचुअल फण्ड २' को सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाई बिक्रीमा ल्याएको हो। यो एक १० वर्ष अवधिको बन्दमुखी (Closed-ended) योजना हो। इकाई बाँडफाँट विवरण: कोष प्रवर्धक (मुक्तिनाथ विकास बैंक): १ करोड ३० लाख इकाई (कुल बिक्री हुने इकाईको १३%) योजना व्यवस्थापक (मुक्तिनाथ क्यापिटल): २० लाख इकाई सर्वसाधारणका लागि:… पुरा पढौ

नारायणी लिफ्टलिफ्ट-खगेरी सिँचाइ आयोजना: मासिक विद्युत् खर्च रु ४२ लाखसम्म

नारायणगढ (चितवन), १ असोज। चितवनको नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजनाले बर्खायाममा पश्चिम चितवनका किसानलाई २४सै घण्टा नारायणी नदीबाट पानी तानेर सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ । आयोजनाका पम्प २४सै घण्टा सञ्चालन गर्दा मासिक रु ४२ लाखसम्म विद्युत् खर्च हुने गरेको छ । बर्खायाममा पश्चिम चितवनका चार हजार ७०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन नारायणी नदीबाट दुई वटा पम्पमार्फत निरन्तर पानी तान्ने गरिएको आयोजनाले जनाएको छ । नारायणी लिफ्ट–खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख कुलराज चालिसेका अनुसार आयोजनाअन्तर्गत खगेरी सिँचाइ… पुरा पढौ

कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन, १ असोज। अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो । सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिरको सडकमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन गरिएको हो । त्रिशूलीले सडकको तल्लो भाग बगाएपछि सडक पूरै भासिएको थियो । पूर्ण रुपमा सडक अवरुद्ध बनेपछि गत भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो । नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इञ्जिनियर… पुरा पढौ

तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

सुनसरी, १ असोज। सशस्त्र प्रहरीको जागिर र वैदेशिक रोजगारीबाट सोचे जति आम्दानी नभएपछि के गर्ने होला भन्ने चिन्तामा हुनुहुन्थ्यो–बालक चन्द्रवंशी । कृषिभन्दा अरू उत्तम विकल्प नदेखेपछि उहाँले यसलाई अङ्गाल्नुभयो । द्विविधामा शुरु गरेको व्यवसायले सफलता दिएपछि चन्द्रवंशीलाई आजकल लाग्छ रे ‘गरे त हुँदो रहेछ’ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चन्द्रवंशीले व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु ४० लाखसम्म आम्दानी गर्न गरेको सफलताको कथा गौरवका साथ सुनाउनुहुन्छ । विसं २०६२ देखि २०६९ सालसम्म सशस्त्र प्रहरीमा सेवा गर्नुभएका चन्द्रवंशीले जागिर छाडेपछि आफैँ… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १ असोज । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०७ रुपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७८ पैसा… पुरा पढौ

वर्षौंपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

दमौली (तनहुँ), १ असोज। वर्षौंदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला भन्ने प्रतीक्षामा रहेका देवघाट गाउँपालिका–१ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीका लागि आजको दिन विशेष रह्यो । लामो समयदेखिको प्रतीक्षा टुङ्गिएर हातमा जग्गाधनी प्रमाणपुर्जा परेपछि उनीहरूको मुहारमा खुसी छायो । जमिन थियो तर आफ्नो नाममा थिएन । वर्षौंदेखि त्यही जमिनमा घर बनाएर, खेतीपाती गरेर जीवन बिताउँदै आएका उनीहरूका लागि जग्गाधनी प्रमाणपुर्जा केवल कागजको एउटा टुक्रा थिएन, आफ्नो बसोबास र भविष्यको कानुनी आधार थियो । पुर्जा हातमा परेपछि… पुरा पढौ

विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

काठमाडौं, १ असोज। कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ । आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने… पुरा पढौ