दमौली (तनहुँ), २६ भदौ। बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रद्वारा सञ्चालित कार्यक्रमले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी स्रोत सामग्री उत्पादन गरेको छ । केन्द्रले सो अवधिमा विभिन्न प्रजातिका तीन सय ३३ बाख्रा उत्पादन गर्ने लक्ष्य राखेकामा चार सय ११ बाख्रा उत्पादन गरेको केन्द्रप्रमुख राजु कँडेलले जानकारी दिनुभयो । खरी प्रजातिका ४० बाख्रा उत्पादन गर्ने लक्ष्य राहेकामा ४८, छ सिन्हालको लक्ष्य निर्धारण रहेकामा आठ, छ बारबारीको लक्ष्य राखेकामा १०, तीन जमुनापारी क्रसको लक्ष्य राखेकामा तीन, ७० शुद्ध बोअरको लक्ष्य राखेकामा ८७,…
पुरा पढौ