मुख्य समाचार

बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीमा आकर्षित

भोजपुर, २९ भदौ। बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् । मकै, कोदो, धान र विभिन्न फलफूल बाँदरले सखाप पारेपछि बचाउन कठिन भएसँगै स्थानीय बेसार खेतीमा लागेका हुन् । विशेषगरी तल्लो भेग र जङ्गल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकाले ती स्थानमा बेसार खेती विस्तार भइरहेको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान नवराज फुँयालले बताउनुभयो । बाँदरबाट बचाउन बेसार सुरक्षित र आयआर्जनको भरपर्दो माध्यमका बन्दै गएको उहाँको भनाइ छ ।… पुरा पढौ

८ बैंकको लाभांश घोषणा-गरिमाको सबैभन्दा धेरै २० प्रतिशत

काठमाडौ, २८ भदाै । आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गर्ने क्रम सुरु भएको छ। हालसम्म ५ वाणिज्य बैंक र ३ विकास बैंक गरी कुल ८ वटा बैंकहरूले लाभांश घोषणा गरिसकेका छन्। घोषित लाभांशअनुसार विकास बैंकतर्फ गरिमा विकास बैंकले सबैभन्दा बढी कुल २० प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको छ भने वाणिज्य बैंकहरूतर्फ नबिल बैंक र एभरेष्ट बैंक अगाडि देखिएका छन्। वाणिज्य बैंकहरूको लाभांश विवरण १. नबिल बैंक: नबिल बैंकले कुल १५.८० प्रतिशत लाभांश घोषणा गरेको… पुरा पढौ

ब्रिक्स शिखर सम्मेलन: विश्व अर्थतन्त्र र भू-राजनीतिक तनावबीच सहकार्यको खोजी

नयाँ दिल्ली, २८ भदाै । विश्व अर्थतन्त्रमा देखिएको सुस्तता, ऊर्जा असुरक्षा र बढ्दो भू–राजनीतिक तनावका बीच ब्रिक्स (BRICS) सदस्य राष्ट्रका नेताहरूको शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ। चीन, रुस, भारतसहित ब्रिक्स राष्ट्रका प्रमुखहरूले सम्मेलनका क्रममा समावेशी आर्थिक विकास, अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा सुरक्षा र क्षेत्रीय द्वन्द्व समाधानका विषयमा गहन छलफल गरेका छन्। सम्मेलनलाई सम्बोधन गर्दै आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्यहरूबीच आपसी सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। "ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको… पुरा पढौ

नेपालका नयाँ नेताहरूलाई अमेरिकी शासन परिवर्तनकारी संस्थाले प्रशिक्षित गरेको दाबी

काठमाडौं/एजेन्सी, २८ भदाै । हालै गएको विनाशकारी पहिरो र बाढीपछि उद्धार तथा राहत व्यवस्थापनमा चरम ढिलाइ र असक्षमता देखाएको भन्दै चौतर्फी आलोचना खेपिरहेको नेपाल सरकार र यसका प्रमुख नेताहरूबारे अन्तर्राष्ट्रिय खोजमूलक सञ्चारमाध्यम द ग्रेजोन (The Grayzone) ले एक सनसनीपूर्ण खुलासा गरेको छ। पत्रकार किट क्लारेनबर्ग र वायट रिडद्वारा लिखित प्रतिवेदन अनुसार, नेपालका वर्तमान प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुदन गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तथा सांसद सागर ढकालसहितका नेताहरूलाई अमेरिकी सरकारको अनुदानमा सञ्चालित संस्था 'कन्सोर्टियम फर इलेक्सन… पुरा पढौ

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं, २८ भदौ। सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड)मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ प्रतिस्पर्धा गर्ने भएको छ । अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त चलचित्रलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरिएको जानकारी दिएको हो । समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट दुई वटा नेपाली कथानक चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ प्राप्त भएका थिए । प्राप्त यी… पुरा पढौ

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

काठमाडौं, २८ भदौ। नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् । एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) सँगको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् । सन्दीपले हालसम्म एकदिवसीयमा १५८ र टी-२०आई क्रिकेटमा १४२ विकेट लिएका छन् । उनले अहिलेसम्म एकदिवसीयमा ७९ र टी-२० आईमा ७८ वटा खेल खेलेका छन् । सन्दीपले विदेशी मैदानमा एसिसी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि… पुरा पढौ

२५ अर्ब लगानी रहेको प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमा समेट्न अपेनको माग

काठमाडौ, २८ भदाै। नेपालमा निजी क्षेत्रबाट सञ्चालित प्रारम्भिक बालविकास तथा प्रिस्कुल क्षेत्रलाई व्यवस्थित बनाउँदै बालकेन्द्रित सिकाइ र लगानीको संरक्षणका लागि प्रस्तावित संघीय विद्यालय शिक्षा ऐनमा स्पष्ट नीतिगत व्यवस्था गर्न माग गर्दै एशोसिएसन अफ प्रि-स्कूल एजुकेटर्स नेपाल (अपेन) ले आफ्नो नीतिगत धारणा सार्वजनिक गरेको छ। वि.सं. २०७४ मा स्थापित अपेनले देशभरका करिब पाँच हजार निजी प्रिस्कुल तथा प्रारम्भिक बालविकास केन्द्रहरूमा करिब २५ अर्ब रुपैयाँको लगानी रहेको र औषतमा एउटा केन्द्रमा ४० लाखदेखि ४ करोड रुपैयाँसम्म लगानी भइसकेको अवस्थामा यस क्षेत्रको योगदान,… पुरा पढौ

रसुवाका बाढी प्रभावित परिवारका लागि चेम्बरको राहत सामग्री सहयोग

काठमाडौं, २८ भाद्र । नेपाल चेम्बर अफ कमर्सले रसुवाका बाढी प्रभावित तथा आवश्यकतामा रहेका परिवारका लागि विभिन्न राहत तथा अत्यावश्यक सामग्री सहयोग गरेकोे छ । राहत सामाग्रीमा बिस्कुट, स्यानिटरी प्याड, ब्ल्याङ्केट, तन्ना, साना बालबालिकाका जुत्ता लगायतका अत्यावश्यक सरसामान रहेका छन् । चेम्बरका कार्यसमिति सदस्य एवं आर्कस ग्रुपका सिईओ रजुल श्रेष्ठले ग्रुपका उत्पादनसहित चेम्बरमा संकलित सहयोग सामाग्री लुम्बिनी सामाजिक सेवा प्रतिष्ठान र लुम्बिनी युथ क्लबका प्रतिनिधीलाई हस्ताण्तरण गरेका हुन् । स्थानीय संस्था तथा युवाको सहकार्यमा सामग्री सम्बन्धित प्रभावित तथा आवश्यकतामा रहेका… पुरा पढौ

मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व सङ्कलन

मुस्ताङ, २८ भदौ। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गर्नुभयो । शुक्रबारमात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन रु २७ करोड ११ लाख राजस्व… पुरा पढौ

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम, २८ भदाै। “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब छ हजार २७१ मेट्रिक टन जडीबुटी सङ्कलन गर्ने सम्भावना छ, जबकि गत आर्थिक वर्षमा नेपालकै कुल जडीबुटी निर्यात पाँच हजार ५२६ मेट्रिक टन मात्र थियो”, नेपाल सरकार व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रतिवेदन २०८१ मा भनिएको छ, “यसरी एक वर्षमा निर्यात भएको जडीबुटीको औसत मूल्यलाई आधार मान्ने हो भने पनि सुदूरपश्चिम प्रदेशमा वार्षिक रूपमा रु एक अर्ब २४ करोडको जडीबुटी निकासी गर्न सकिने सम्भावना देखिन्छ ।” सम्भावनाको यो तथ्याङ्क… पुरा पढौ