मुख्य समाचार

धुँवाको मुस्लो निस्केको ठाउँमा ३ सदस्य बिज्ञहरुको टोली आउदै

नवलपरासी, २९ भदाै । । केहि महिनादेखि धुवाको मुस्लो निस्कीरहेको धौवादी फलामखानीमा जाँच गर्न खानी तथा भूगर्भ बिभागका बिज्ञहरुको टोली मंगलवार आउने भएको छ । खानी तथा भूगर्भ बिभागका प्रबक्ता नारायण बास्कोटाका अनुसार बिभागका बिज्ञ प्रकाश लुंइटेलको नेतृत्वमा तिन सदस्य रहेको मंगलवार हुप्सेकोट गाउपालिकाको धुवाँ निस्कीरहेको स्थानमा स्थलगत अध्ययन, अनुसन्धानकालागि खटाइएको छ । यहाँको पहाडि हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ को पेल्गा डांडामा केहि सातादेखि बाक्लो धुँवाको मुस्लो निस्कीरहेको छ । त्यो धुँवाको गन्ध समेत आउने गरेको स्थानियको भनाई छ… पुरा पढौ

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी, २९ भदौ । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ (सेप्टेम्बर २३) को साँझ ६ः१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ । त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरासहित फ्लाई दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ । त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि उड्नेछ । फ्लाइ दुबईको एयर बस ३१९÷३२० ले पोखरा–दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताउनुभयो । एयर… पुरा पढौ

एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने, राष्ट्र बैंकले दियो बैंकहरूलाई निर्देशन

काठमाडौं, २९ भदाै। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना एटिएम (ATM) मेसिनहरूबाट १०० रुपैयाँ दरका नोट पनि निकाल्न मिल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई औपचारिक पत्र लेख्दै यस्तो निर्देशन दिएको हो। यस निर्देशनसँगै अब सर्वसाधारणले एटिएमबाट साविकको १ हजार र ५०० रुपैयाँका साथै १०० रुपैयाँ दरका नोटहरू पनि निकाल्न पाउने भएका छन्। चाडबाडको भीड व्यवस्थापन र सर्वसाधारणको सुविधाका लागि कदम सर्वसाधारण ग्राहकहरूबाट एटिएममार्फत १०० रुपैयाँ दरका नोट उपलब्ध गराउन निरन्तर… पुरा पढौ

नागरिक लगानी कोषको दायरा विस्तार गर्न नयाँ कानुन बनाइँदै, अधिकृत पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव

काठमाडौं, २९ भदाै। नागरिक लगानी कोष (CIT) को पुँजी वृद्धि, लगानीका क्षेत्र विस्तार तथा संस्थागत संरचनालाई अझ सुदृढ र पारदर्शी बनाउने उद्देश्यले ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ अगाडि बढाइएको छ। अस्पष्ट कानुनी दायरा र बदलिँदो वित्तीय बजारको आवश्यकतालाई सम्बोधन गर्न तयार पारिएको यो विधेयक २०८३ भदौ १८ गते प्रतिनिधिसभामा दर्ता भई भदौ २५ गते संसद्मा प्रस्तुत भइसकेको छ। सरकारले सर्वसाधारणलाई बचतमा प्रोत्साहन, अवकाश कोष सञ्चालन र राष्ट्रिय प्राथमिकताका क्षेत्रमा पुँजी परिचालन गर्न ऐन परिमार्जन गर्न… पुरा पढौ

कालिका लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतमा दिवस ढकाल नियुक्त

काठमाडौं, २९ भदौ । पाेखरामा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नायव प्रमुख कार्यकारी अधिकृतमा दिवस ढकाल नियुक्त भएका छन् । संस्थाको भदाै २७ गते बसेकाे सञ्चालक समितिको बैठकले ढकाललाई २०८३ असोज १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) मा नियुक्त गर्ने निर्णय गरेको बताइएकाे छ । स्याङ्जामा जन्मिएका ढकालसँग विभिन्न लघुवित्तमा काम गरेको अनुभव छ । यसअघि उनले मातृभुमी लघुबित्त वित्तीय संस्था लिमिटेडमा एजिएमकाे जिम्मेवारी सम्हालेका थिए। २०८२ जेठ १ गतेबाट ढकाल कालिका लघुवित्त… पुरा पढौ

नेप्से २५.५५ अंकले बढ्यो, काराेबार ४ अर्ब ६८ करोड माथि

काठमाडौं, २९ भदाै। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार आएको छ। अघिल्लो कारोबार दिन शुक्रबारको वृद्धिलाई निरन्तरता दिँदै यस दिन नेप्से २५.५५ अंकले बढेर २५८५.०४ विन्दुमा पुगेर बन्द भएको हो। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ४.३४ अंकले बढेको छ। यस्तै फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंकले उकालो लागेका छन्। परिसूचकसँगै यस दिन कारोबार रकममा पनि वृद्धि देखिएको छ। बजारमा ३३६ वटा स्क्रिपका १ करोड १५ लाख ९५ हजार… पुरा पढौ

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे १६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, २९ भदौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२-८३ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित नगद लाभांशमा बोनस सेयरबापतको करसमेत समावेश गरिएको बैंकले जनाएको छ । सञ्चालक समितिको प्रस्ताव अनुसार लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको… पुरा पढौ

अरुण भ्याली हाइड्रोले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २९ भदौ ।  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२-८३ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीका अनुसार हाल कायम चुक्तापूँजी ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० रुपैयाँको ५ प्रतिशतले हुन आउने २० करोड २० लाख २० हजार १५७ रुपैयाँ ५० पैसा बराबरको… पुरा पढौ

हरितालिका पर्व : पशुपतिनाथमा महिला व्रतालुको भीड

काठमाडौं, २९ भदौ । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने महिला व्रतालु भक्तजनको लाम लागेको छ । हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । पहिलो लाम मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट श्री पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ¥याम्पबाट आराध्यदेव भगवान्को दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको कोषका… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २९ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ २९ पैसा र बिक्रीदर २०७ रुपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६४ पैसा कायम गरिएको छ… पुरा पढौ