मुख्य समाचार

नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्री ओलीले गरे आग्रह

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवासमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो रुग्ण भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्नेमा अनुसन्धान गर्न आग्रह गरे । प्रधानमन्त्रीले सागसब्जी उत्पादनमा विषादीयुक्त कीटाणु कसरी रोक्ने र चाहिने कीटाणु कसरी कायम राख्ने भन्ने विषयमा अनुसन्धान भएमा उत्पादन र… पुरा पढौ

सेयर बजारमा गिरावट जारी, कारोबार ७ अर्बमा सिमित

काठमाडौं, २५ भदौ । नेप्सेमा लगातार गिरावट भइरहेकाे छ । नेप्से परिसूचक लगातार पाँचाै कारोबारकाे दिन पनि घटेकाे देखियाे । आज नेप्से परिसूचक १३ दशमलव ०९ अङ्कले घटेर दुई हजार छ सय ३२ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज तीन सय २८ कम्पनीको एक करोड ९० लाख ७७ हजार पाँच सय ८३ कित्ता शेयर ९३ हजार चार सय ५९ पटक खरिदबिक्री हुँदा रु सात अर्ब २४ करोड ५५ लाख ६८ हजार चार सय २१ बराबरको कारोबार भएको… पुरा पढौ

अर्थमन्त्री पाैडेलद्वारा सञ्चयकर्तालाई आकर्षित गरेर काम गर्न काेषलाई निर्देशन

काठमाडौं, २५ भदाै । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धीको आधारमा सञ्चयकर्ताहरुलाई आकर्षित गर्न निर्देशन दिएका छन् । उनले आज कर्मचारी सञ्चय कोषका पदाधिकारीहरुबीचकाे छलफलमा साे निर्देशन दिएका हुन्। सञ्चयकर्तालाई नोक्शानीको आधारमा नभइ भएका पलब्धीका आधारमा आकर्षित गर्न निर्देशन दिदै काम गर्न र काेषमाथि सञ्चयकर्ताले गरेकाे विश्वास कायम राख्न आग्रह गरे । अर्थमन्त्री पौडेलले भएकाे दक्ष जनशक्तिबाट काम गर्न र काममा प्रविधिको प्रयोग गर्दै सञ्चय कोष, बैंक तथा वित्तीय संस्था र अन्य कार्यालयहरुमा कम जनशक्तिबाट धेरै काम लिनुपर्ने बताए… पुरा पढौ

अमेरिकामा निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरता हुनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं, २५ भदाै । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम राखि आगामी दिनमा बढाउनका लागि भन्सार रहित सुविधाको निरन्तरता महत्वपूर्ण रहेको बताएका छन्।  महासंघ, तयारी पोशाक संघ, नेपाल अमेरिका चेम्बर अफ कमर्श, युएसएड र निर्यात महासंघले संयुक्त रुपमा आयोजना गरेको नेपाल अमेरिका व्यापार र लगानी अवसर र चुनौति बिषयक कार्यक्रम उनले उक्त धारणा राखेका हुन्।  अमेरिकाले सन २०१६ मा भुकम्पपछि ७७ वटा वस्तुमा दिएको भन्सार रहित सुविधा आगामी बर्ष सकिन लागेको र आगामी साता आयोजना हुने… पुरा पढौ

हङकङमा नेपाली वस्तुबजारको खोजी (विचार)

काठमाडौं, २५ भदौ । नेपाल र चीन बीचको कूटनीतिक सम्बन्ध १ अगस्त, १९५५ मा स्थापित भएपश्चात् हङकङमा महावाणिज्य दूतावासको स्थापना सन् १२ अप्रिल, १९९७ भई सञ्चालनमा रहेको छ । हङकङ सानो सहर भए तापनि यसको जनसङ्ख्या करिब ७५ लाख रहेको छ । हङकङ सरकारबाट प्रकाशित तथ्याङ्कअनुसार यहा बस्ने नेपाली नागरिकहरु २५ हजारको हाराहारीमा भए तापनि नेपाली मूलका करिब ५० हजार नजिक रहेको अनुमान छ । दक्षिण एसियाली मूलका मानिसहरुको सङ्ख्या करिब दुई लाखभन्दा बढी रहेको अनुमान छ । हङकङमा दैनिक… पुरा पढौ

सुनचाँदी खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, २५ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले बृद्धि भएको जनाएको छ । चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघकाअ अनसरा चाँदीमा रुपैयाँ १० ले… पुरा पढौ

व्यवसायीले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : मन्त्री खड्का

खाँदबारी ( सङ्खुवासभा ), २५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताएका छन् । नेपाल प्रेस युनियन सङ्खुवासभाद्वारा आज खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उनले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने जानकारी दिए। “गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि मैले पहल गरिरहेको छु”, उनले भने। सङ्खुवासभाका प्रत्येक घरले रु पाँच लाखको शेयरको सुनिश्चितता हुनुपर्छ भनेर आफू लागिरेहको उनको भनाइ छ… पुरा पढौ

व्यवसायीको नसुनिएको पिडा र व्यथाकाे एड्भोकेसी गर्नु छ : अध्यक्षका प्रत्यासि कार्कि

पाेखरा, २५ भदाै । डेङ्गीकाे कारण थलिएका उनी घरु घरमा पुग्न नसकेपनि सामाजिक सन्जाल र फाेन मार्फत मत मागिरहेका छन् । कार्किले भने, “आर्थिक चलायमान हुन सकेन भने कुनैपनि देशको विकास हुन सक्दैन” भन्ने अग्रजहरुको दूरदृष्टि थियो । उहाँहरुले सूरुआतबाटै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका विषयहरुमा बहस र पैरवी गर्दै आएको पाईन्छ । हाम्रो पुस्ताले पनि उहाँहरुको सिको गरिरहेको छ । २०५५ सालदेखि लगातार जेठो, गर्विलो व्यावसायिक संस्था पोखरा उद्योग वाणिज्य संघमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न हुँदै संघको… पुरा पढौ

सानिमा इक्विटी, लार्ज क्याप र ग्रोथ फन्डकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २५ भदाै । सानिमा क्यापिटलले व्यवस्थापन गरेकाे ३ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । फन्डका इकाईधनीहरुले आजसम्म सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको लाभांश सुरक्षित गर्ने सक्नेछन् । तीनवटै फन्डहरुले नगद लाभांश वितरणकाे प्रयाेजनका लागि बुधबार भदाै २६ गते बुक क्लोज गर्ने भएका छन् । लाभांश पाउनका लागि आजसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका भदौ २५ गतेसम्म कायम रहने इकाईधनीहरुले मात्रै लाभांश… पुरा पढौ

कर्णाली प्रदेशमा एक अर्ब ३८ करोड बेरुजु फर्छ्यौट

कर्णाली, २५ भदौ । कर्णाली प्रदेशसभा सार्वजनिक लेखा समितिले रु एक अर्ब ३८ करोड बेरुजु फर्छ्यौटसहितको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा समितिले १६ महिनामा गरेका काम कारबाहीको प्रगति सार्वजनिक गरेको हो । समितिका सभापति जीतबहादुर मल्लले प्रदेश सरकारको रु चार अर्ब ३४ करोड १५ लाख कूल बेरुजुमध्ये समितिले रु एक करोड ३८ लाख फर्छ्यौट एवं सम्परीक्षण गर्न सफल भएको बताए। “महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/७९ सम्मको पाँच वर्षमा कर्णाली प्रदेश सरकारको सो… पुरा पढौ