मुख्य समाचार

हात हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन

अर्घाखाँची, १४ भदौ । शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् । विसं २०४० र २०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको अर्घाखाँचीमा भएको पुनःनापीबाट आफूहरूले पुर्जा पाउन नसकेको भन्दै सयौँ जनाले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई ज्ञापनपत्र बुझाएका छन् । विसं २०५७ मा पाएको पहिलाको पुर्जा आफूहरूसँगै रहेको र सोही पुर्जाका आधारमा नगरपालिकामा तिरो तिर्दै आएको भए पनि पुर्जा पाउन नसकेपछि जग्गा भएर पनि… पुरा पढौ

अब स्वास्थ्य बीमालाई ५ लाख पुर्याइनेछ : मन्त्री पौडेल

मोरङ, १३ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई ५ लाख पु¥याउने बताएका छन् । कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पतालबीच आज सम्झौतापत्र हस्ताक्षर समारोहमा उनले सङ्घ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा दिने रकम रु ३१ अर्बलाई एकमुष्ट स्रोत सुनिश्चित गरी बीमालाई रु पाँच लाख पु¥याउने जानकारी दिए । मन्त्री पौडेलले मुलुकमा सुर्ती र मदिराबाट उठ्ने स्वास्थ्य करको ५० प्रतिशत रकम स्वास्थ्य बीमा बोर्डमा हाल्नुपर्ने भन्दै कोशी अस्पतालको सेवा व्यापक सुधारको खाँचो… पुरा पढौ

अन्य देशको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी छ: मन्त्री गुरुङ

काठमाडौं, १३ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)सँग आज गरिएको कुराकानीमा मन्त्री गुरुङले अन्तर्राष्ट्रिय समाचार माध्यमको अवस्था दर्शाउँदै बहुलवादी खुला समाज अङ्गीकार गरेको नेपालमा प्रेस स्वतन्त्रता बलियो रहेको धारणा राखे। “सार्क क्षेत्रमै हेर्ने हो भने हाम्रो देशको प्रेस निकै लोकतान्त्रिक र खुला छ”, उनले भने, “प्रेसको यो गरिमा जोगाई राख्न मर्यादित र व्यवस्थित नीति ल्याउन आवश्यक छ ।” सिङ्गारपुर… पुरा पढौ

आज नेप्से ३६.८३ अंकले घट्याे, १२ अर्ब २४ करोडको काराेबार

काठमाडौं, १३ भदौ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार सेयर नकारात्मक लयमा गएको छ । एउटा उपसमूह बाहेक सबै राताम्मै भएका छन् । कारोबार रकम पनि अन्य दिनको तुलनामा सन्तोषजनक हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा झरेको छ । नेप्सेमा १.३२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.३५ अंकले घटेर ४८९.७९ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी रहेको सबै उपसमूहहरुमा राताम्मै भएका छन्… पुरा पढौ

जोमसोम-पोखरा हवाई सेवा २ महिनापछि पुनःसञ्चालनमा

म्याग्दी, १३ भदौ । जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो । जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुुई महिनापछि समिट एयरलायन्सले आज पाँचवटा उडान भरेको जानकारी दिए । “मौसममा सुधार आएको छ । पर्यटकीय याम सुरु हुन लागेकाले पनि पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु गरिएको हो,” उनले भने, “निजी क्षेत्रको यति एयरलायन्सको भगिनी… पुरा पढौ

जहिले पनि जित्ने मनोबलका साथ लाग्नुस् : प्रधानमन्त्री ओली

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महिला भलिबल टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडी, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई पुरस्कार वितरण गरे। खेलाडीलाई जनही रु तीन लाख, मुख्य प्रशिक्षक भट्टलाई रु दुई लाख तथा सहायक प्रशिक्षक यादव, व्यवस्थापक बज्राचार्यलाई र फिजियो… पुरा पढौ

यातायात क्षेत्रका समस्या समाधानकाे पहल गर्न महासङ्घद्वारा गृहमन्त्रीलाई आग्रह

काठमाडौं, १३ भदौ । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेतृत्वमा तीनै यातायात मजदुर सङ्गठनका अध्यक्षको टोलीले गृहमन्त्री रमेश लेखकलाई भेटेर नजिकिँदो चाडपर्वलाई ध्यान राखेर यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको हो । महासङ्घका महासचिव डेकनाथ गौतमले यातायात क्षेत्रमा निम्न, मध्यम र स्वरोजगार व्यवसायीको चार लाख सवारीसाधनमा रु १० खर्बभन्दा बढी लगानी रहेकाले यसको सुरक्षा र… पुरा पढौ

बिहिबार सुनको भाउमा सामान्य बृद्धि, चाँदीमा गिरावट

काठमाडौं, १३ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनमा रुपैयाँ १ सयले बढेको जानकारी दिएको छ । चाँदीमा भने रुपैयाँ २५ ले गिरावट भएको छ । छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा यसदिन… पुरा पढौ

यसकारण बागमती प्रदेशमा राजस्व सङ्कलन घट्यो

बागमती, १३ भदौ । बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन करमा कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि प्रभावित भएको हो । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०÷८१ मा रु १४ अर्ब राजस्व सङ्कलन हुने अनुमान गरिएकामा रु ११ अर्ब ६० करोड ७६ लाख ५० हजार… पुरा पढौ

गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट साढे ३२ करोडको सिमेन्ट निर्यात

झापा, १३ भदौ । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ ।मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष २०८०÷८१ मा पूर्वी नाका हुँदै रु ३२ करोड ६६ लाख पाँच हजार मूल्य बराबरको ४९ हजार नौ सय ५९ मेट्रिकटन सिमेन्ट निर्यात भएको हो । देशका विभिन्न नाकाबाट विगत तीन वर्षअघिदेखि सिमेन्ट र क्लिङ्कर निर्यात हुँदै आए पनि यस नाकाबाट भने पहिलो पटक निर्यात भएको उनले जानकारी दिए। यस नाकाबाट निर्यात… पुरा पढौ