मुख्य समाचार

लघुवित्तका असल ऋणीलाई राहत: राष्ट्र बैंकले दियाे कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौं, १२ भदौ । परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका लघुवित्त वित्तीय संस्थाका ऋणीहरूलाई एक पटकका लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने सुविधा प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गकाे इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यस्तो सुविधाले लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएका असल ऋणीलाई थप सुविधा उपलब्ध हुनेछ । “नियतवश कर्जा नतिर्ने ऋणीको विवरण तयार गरी त्यसबाहेकका परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित… पुरा पढौ

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बाेलकबाेल

काठमाडौं, १२ भदाै । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र बोलकबोलबाट १० अर्ब आन्तरिक ऋण उठाउदै छ । कार्यालयले ३ वर्षे अवधिका लागि विकास ऋणपत्र २०८४ को बोलकबोलबाट साे आन्तरिक ऋण उठाउने भएकाे हाे । कायर्यालयका अनुसार विकास ऋणपत्र २०८४ को आज भदौ १२ गते बिहान १० बजेदेखि दिउँसाे ३ बजेसम्म बोलकबोल हुने भएकाे छ । याे भदौ १३ गते भाेलि निष्कासन हुनेछ । सरकारले विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण व्यक्तिले… पुरा पढौ

पर्यटकीय नगर धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’ घाेषणा

काभ्रेपलाञ्चोक, १२ भदौ । विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ । सङ्गठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ सहर र एसियाको दोस्रो स्वस्थ सहर भएको घोषणा गरे। गुडद्वारा घोषणासँगै धुलिखेललाई नेपालको पहिलो स्वस्थ सहर भएकामा पाँच हजार डलर पुरस्कार घोषणा भएको थियो । एसियामा पहिलो स्वस्थ सहर भारतको… पुरा पढौ

प्रिमियर स्टीलको ब्राण्ड एम्बेसेडरमा पुन: क्रिकेटर पारस खड्का

काठमाडाैं, १२ भदाै । नेपालको प्रतिष्ठित स्टील कंपनी प्रिमियर स्टीलले क्रिकेटर पारस खड्कालाई पुन: ब्राण्ड एम्बेसेडरमा नियुक्त गरेकाे छ। मंगलबार काठमाडाैमा आयोजित एक समारोहमा प्रिमियर स्टीलका अध्यक्ष शिव रतन सारडाले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाइ ब्राण्ड एम्बेसेडरमा नियुक्त गरेकाे बताएका थिए । खड्कालाई १ बर्षका लागि पुन: ब्राण्ड एम्बेसेडर बनाइएको बताइएकाे छ। नेपालमा स्टील उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी मध्येकाे एक प्रिमियर स्टीलकाे ब्राण्ड एम्बेसेडरमा नियुक्त भएपछि अब पारस खड्काले प्रिमियर स्टीलका सबै उत्पादनहरूकाे ब्राण्डिङमा अगवुाई गर्नेछन ।… पुरा पढौ

वाणिज्य बैंकको ‘काउन्टर साइक्लिक बफर’ शून्य प्रतिशत कायम, २ करोडसम्म लघु उद्यम कर्जा पाइने

काठमाडौँ, १२ भदौ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको काउन्टर साइक्लिक बफर शून्य प्रतिशत कायम गरेको छ । बैंकले मङ्गलबार जारी गरेको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा यस्तो बफर शून्य दशमलव पाँच प्रतिशत कायम गर्नुपर्ने प्रावधान रहेकामा केन्द्रीय बैंकले चालु आवको साउनदेखि लागू हुने गरी शून्य प्रतिशत कायम गरेको हो । अब बैंकहरुले २०८४ साल असार मसान्तसम्म न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला… पुरा पढौ

नेपालगञ्जमा प्रहरीले बरामद गरेकाे १ करोड बराबरकाे सुनचाँदी सार्वजनिक

नेपालगञ्ज, १२ भदौ । नेपाल प्रहरीले बरामद गरेको अवैध सुनचाँदी आज सार्वजनिक गरेको छ । करिब ३५ तोला सुन, १० किलो ६१३ ग्राम चाँदी, एउटा गाडीसहित ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।   नेपालगञ्ज उपमहानगरपालिका–११ बिपी चोक आसपासमा अवैध सुनचाँदीको अवैध कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्ने क्रममा उक्त परिणामको अवैध सुनचाँदीसहित ४ जनालाई पक्राउ गरिएको हो । वडा नं २ स्थित महेश मुराउले सञ्चालन गरेको पशुपति सुनचाँदी रिफाइन कारखानाबाट केही… पुरा पढौ

अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो

काठमाडौं, १२ भदौ । आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङलगायतको विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार ती मुद्राको भाउ बढेको हो । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा कायम छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा थियो । त्यसैगरी मङ्गलबार युरो एकको खरिददर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ… पुरा पढौ

पोखरामा सृष्टि क्रियसन कोशेली घरको शुभारम्भ

पोखरा, ११ भदौं । पोखरामा मंगलबारदेखि सृष्टि क्रियसन, कोशेली घरको शुभारम्भ गरिएको छ । विभिन्न पेशा, सामाजिक संघ संस्थामा क्रियासिल रहेका २८ जना महिलाको समूहले सो कोशेली घर संचालनमा ल्याएका हुन् । हामीले जोखिम मोलेर व्यवसायलाई शुभारम्भ गरेका छौं । बाहिरबाट आयात गरिएका सामाग्रीको दबदबा रहिरहेको बजारमा हामीले हाम्रै नेपाली पौरखले निर्माण गरेका ह्याण्डि क्राफ्टका सामग्रीहरु काेशेली घरमा राखेका छौं । कोशेली घरका अध्यक्ष शान्ति उदासले भनिन्, पोखरा बनाउने हाम्रो पनि दायीत्व छ । हामी विभिन्न क्षेत्रबाट बिहेवारी भएर पोखरासंग… पुरा पढौ

नेप्सेमा १११.९६ अंकको पहिरो, साढे १८ अर्बको कारोबार

काठमाडौं, ११ भदौ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा भारी मात्राको गिरावट भएको छ । एउटा बाहेक सबै सूचकहरु राताम्मै भएका छन् । कारोबार रकम भने सन्तोषजनक नै रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.९६ अंकले घटेर २७८२.६० विन्दुमा झरेको छ । नेप्सेमा ३.८६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २२.८७ अंकले घटेर ४९६.४७ विन्दुमा रहेको छ । यसदिन १३ वटा उपसमूहहरुमध्ये एक हाेटल तथा पर्यटन उपसमूह बाहेक सबै राताम्मै भएका छन् ।… पुरा पढौ

महङ्गी तथा आपराधिक घटना नियन्त्रण गर्न सांसदद्वारा सरकारकाे ध्यानाकर्षण

काठमाडौं, ११ भदौ । सांसदहरूले देशमा बढ्दै गएको महङ्गीलगायत आपराधिक घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भगवती चौधरीले पछिल्लो समय देशमा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै त्यस्ता क्रियाकलाप नियन्त्रणका लागि सरकारसँग अनुरोध गरिन्। सांसद महेशकुमार बर्तौलाले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एकीकृत पर्यटन पवर्द्धन गर्ने उद्देश्यका साथ कार्ययोजना अगाडि बढाउनुपर्नेमा जोड दिए । सांसद माधव सापकोटाले सङ्घमा नयाँ सरकार बनेसँगै प्रदेश सरकार निर्माणमा ढिलाइ भइरहेको जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराए।… पुरा पढौ