मुख्य समाचार

सुनकाे भाउमा नयाँ रेकर्ड, ताेलाकाे १ लाख ५० हजार नाघ्याे

काठमाडौं, २९ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ यसदिन रुपैयाँ २१ सयले बढेर हालसम्मकै नयाँ रेकर्ड बनाएको छ । चाँदीको भाउमा रुपैयाँ २५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा एकैदिन रुपैयाँ २१ सय तथा चाँदीमा रुपैयाँ २५ ले बढेको छ । छापावाल सुनमा आज रुपैयाँ २१ सयले बढेर हालसम्मकै उच्च भाउ तोलाको १ लाख ५० हजार ८ सय पुगेको छ ।यसअघि… पुरा पढौ

सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

पाेखरा, २९ साउन । पच्चीस मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ । “आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ । यही साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौँ । त्यसपछि वेटटेष्ट (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने)को काम सुरु हुन्छ”, प्रवर्द्धक… पुरा पढौ

नाडेप लघुवित्तको नाफामा आकर्षक बृद्धि

काठमाडौं, २९ साउन । नाडेप लघुवित्त वित्तीय संस्थाको खुद नाफा र सूचकहरुमा आकर्षक बृद्धि भएकाे छ । संस्थाको सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार कम्पनीले रुपैयाँ १३ करोड १ लाख ३६ हजार खुद नाफा गरेकाे छ । संस्था अघिल्लो वर्षको साेहि अवधिमा रुपैयाँ १ करोड १० लाख ५४ हजार नोक्सानिमा रहेकाे थियो । लघुवित्त खुद ब्याज अम्दानी र सञ्चालन नाफामा बृद्धि भएपछि खुद नाफा बढेकाे हाे ।  खुद ब्याज आम्दानी १३.७० प्रतिशतले बढेकाे छ । याे… पुरा पढौ

नेपाल लाइफ इन्स्योरेन्सकाे नाफामा ३०.८१ प्रतिशतले बृद्धि

काठमाडौं २९ साउन । नेपाल लाइफ इन्स्योरेन्सकाे नाफामा बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा बढेको छ। असारकाे अन्त्यसम्ममा इन्स्योरेन्सले रुपैयाँ ५१ करोड ३९ लाख खुद नाफा कमाएकाे छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ३०.८१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा साे नाफा रुपैयाँ ३९ करोड २९ लाख रहेकाे थियाे । इन्स्योरेन्सकाे खुद आर्जित बीमाशुल्क ९.८६ प्रतिशत रहेकाे छ । कुल आम्दानी १२.३४ प्रतिशतले बढेको… पुरा पढौ

यसकारण घट्याे बरुण हाइड्रोपावरको आम्दानी

काठमाडाैं, २९ साउन । बरुण हाइड्रोपावर कम्पनीकाे आम्दानी घटेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले रूपैयाँ ३४ लाख ९२ हजार आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा भने रूपैयाँ ७ करोड ९७ लाख आम्दानी थियाे । कम्पनीको आम्दानीमा ९५.६२ प्रतिशतले गिरावट देखिएकाे छ । कम्पनी चलाएकाे हेवाखोला साना जलविद्युत आयोजनामा २०८० असार २ गतेको बाढीले पूर्ण क्षति… पुरा पढौ

चीनको पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्न जरुरी छः मन्त्री भण्डारी

काठमाडौं, २९ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मित्रराष्ट्र चीनको पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्न जरुरी भएको बताएका छन् । नेपाल–चीन हिमालय मैत्री समाजले नेपाल–चीनको कूटनीतिक सम्बन्ध विस्तार भएको ७० वर्ष प्रवेशको अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले नेपालको विकास र समृद्धिका लागि लगानी आवश्यकता भएको र त्यसका लागि चीन सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए । “मुलुकमा विकासका लागि लगानीको आवश्यक छ, मित्रराष्ट्र चीनसँग साथ सहयोगका लागि पटकपटक सन्धि सम्झौतामा पनि भएका छन्”, मन्त्री भण्डारीले भने, “चीनका… पुरा पढौ

‘हेलो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा निजामती कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारका काम कारबाहीबारे आमजनताले सहजरुपमा गुनासो र उजुरी दिने व्यवस्था गरिएकाले उक्त संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाएको छ । ‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’ बमोजिम उक्त संयन्त्र सञ्चालित छ । सो क्रममा सङ्गठनका अध्यक्ष… पुरा पढौ

हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा पुनः उडान गर्ने

काठमाडौं, २९ साउन हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान पुनःसुरु गर्ने भएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नो सिधा उडान पुनःसञ्चालन गर्न लागेको हो । यसअघि एयरलाइन्सले सन् २०२२ को १५ जुलाईमा कुवेतमा उडान भर्न सुरु गरेको भए पनि बीचमा प्राविधिक कारण देखाई स्थगन गरेको थियो । काठमाडौँ–कुवेत–काठमाडौँमा पुनःसुरु गरिएको उडानले पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने एयरलाइन्सले विश्वास लिएको छ । एयरलाइन्सका लागि कुवेतका लागि जनरल सेल्स… पुरा पढौ

पुँजीगत खर्च वृद्धि गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौं, २८ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले मन्त्रालय अन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिएका हुन । मन्त्रालयमा आज आयोजित गत आर्थिक वर्ष २०८०/८१ काे कार्य प्रगतिबारे समीक्षा कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विषयगत मन्त्रालयको पुँजीगत खर्च हुन नसक्नु अहिलेको मुख्य चुनौती रहेको बताए । “जुन देशमा पुँजीगत खर्च गर्न सकिँदैन, त्यस्तो देशमा विकासको सम्भावना… पुरा पढौ

नेप्सेमा फेरि नयाँ रेकर्ड: २७ अर्ब २४ करोडको कारोबार

काठमाडौं, २८ साउन । नेप्सेमा फेरि नयाँ रेकर्ड कायम भएकाे छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार २७ अर्ब २४ करोडको उच्च कारोबारको रेकर्ड कायम भएकाे हाे । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा उक्लिएको छ । याे रेकर्ड बितेका ३० महिना यताकै सबैभन्दा धेरै हाे । नेप्सेमा २.४७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १०.५६ अंबले बढेर ५१२.४७ विन्दुमा पुगेको छ । यसदिन १३ उपसमूहहरुमध्ये दुईवटा उपसमूहहरुमा रातो लागेको छ । बाँकी रहेका… पुरा पढौ