मुख्य समाचार

सर्वोच्चमा आव २०८०-८१ मा १५ हजार ४८४ मुद्दा फर्स्योट

काठमाडौं, २१ साउन । सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार चार सय ८४ (३९ दशमलव ८४ प्रतिशत) मुद्दा फर्स्योट गरेको छ । विगत पाँच वर्षका तुलनामा यो सङ्ख्या सबैभन्दा धेरै हो । सो आवमा सर्वाेच्चमा ४० हजार नौ सय ९२ मुद्दा भएकामा २५ हजार चार सय २५ मुद्दा फर्स्योट गर्न बाँकी छ । आव २०७९/८० मा ३० दशमलव १७ प्रतिशत, आव २०७८/७९ मा १९ दशमलव एक प्रतिशत, आव २०७७/७८ मा १५ दशमलव ८२ प्रतिशत र आव २०७६/ ७७… पुरा पढौ

कोशी, बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा

काठमाडाैं, २१ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।… पुरा पढौ

बीमाको लोभमा आफ्नै पसलमा आगो लगाउने सुजन पक्राउ

कास्की, २१ साउन । गत साउन १६ गते बिहान २ बजेतिर पोखरा–६ वैदामस्थित नारेश्वरमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको सूचना प्रहरीकोमा पुग्यो । वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाको कमाण्डमा तत्कालै प्रहरी घटनास्थलमा तैनाथ भयो । लगत्तै सशस्त्र प्रहरी आगो नियन्त्रणका लागि पुग्यो । सुरक्षाकर्मी र स्थानीयवासीले महानगरको दमकलको सहायताले एक घण्टाभित्रमा आगो पूर्ण रुपमा निभाए । नारेश्वरस्थित डा थानेश्वर पहारीको घर भाडामा लिएर पोखरा–१७ निवासी ३६ वर्षीय सुजन गहतराले सपिङ सेन्टर चलाएका थिए । प्रहरीसँगको… पुरा पढौ

विद्युत् प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरुङ नियुक्त

काठमाडौं, २० साउन । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रिस्तरीको निर्णयबाट दोलखा तामाकोशी गाउँपालिका–२ का कार्की र ओखलढुङ्गा रुम्जाटार गाउँपालिका–७ गुरुङलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो । उनीहरुलाई नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत् उपभोक्तामध्येबाट गुरुङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ । ऊर्जा मन्त्रीको… पुरा पढौ

राष्ट्रपति रामचन्द्र पौडेलले गरे भोटोजात्रा अवलोकन

पाटन , २० साउन । राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रुपमा मनाइँदै आएको भोटोजात्रा अवलोकन गरेका छन । उनले ललितपुरको जावलाखेलमा आज अपराह्नमा ४ बजे आयोजित कार्यक्रममा भोटोजात्रा अवलोकन गरेका हुन । राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटोजात्रा अवलोकन गरेका थिए । उनीहरुलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए। हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा… पुरा पढौ

अध्यक्ष ओलीद्वारा केन्द्रीय कमिटी उपाध्यक्ष र सदस्यलाई सपथ

काठमाडौं, २० साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै पार्टीमा मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराएका छन् । पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा आज आयोजित कार्यक्रममा उनले उपाध्यक्षमा मनोनीत गुरु बराल र अन्य १६ जना केन्द्रीय सदस्यलाई सपथ गराए । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमालेको विधान, २०४९ (संशोधित २०७८) को धारा ६६ को २ (च)मा भएको व्यवस्थाअनुसार मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराए । मनोनीत केन्द्रीय सदस्यहरू सुवास कर्माचार्य (सिन्धुपाल्चोक), जितेन्द्र… पुरा पढौ

स्टाण्डर्ड चार्टर्ड बैंकको नाफामा भारी गिरावट

काठमाडौं, २० साउन । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय बिवरण सार्वजनिक गरेकाे छ । उक्त वित्तीय बिवरण अनुसार बैककाे खुद नाफा ४.५१ प्रतिशतले घटेर ३.३ अर्ब रहेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्ममा बैंकको कुल चुक्ता पुँजी ८.६३ अर्ब सञ्चिति र आम्दानी २ अर्ब ४९ करोड रहेको छ । बैंकको कुल निक्षेप घटेर १.१२ खर्ब पुगेको छ । बैककाे खुद ब्याज आम्दानी १३.४६ प्रतिशतले घटेर ५.१५ अर्बमा कायम भएको छ । बैंकको… पुरा पढौ

नारायणगढ-बुटवल सडक निर्माण अब कात्तिक १५ पछि मात्रै सुरु हुने

नवलपरासी, २० साउन । नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सुरू हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो । सडक निर्माणका लागि यही साउन १० गते पुनःएक वर्ष म्याद थप भए पनि अहिले सडक विस्तारको काम भने रोकिएको छ । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्ने खण्डमा अहिले सामान्य सडक मर्मत कार्यबाहेक अन्य काम ठप्प रहेको… पुरा पढौ

शिक्षण तथा मूल्याङ्कन प्रणालीको पुनःसंरचना आवश्यक छ : मन्त्री भट्टराई

गण्डकी, २० साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न समग्र शिक्षण तथा मूल्याङ्कन प्रणालीको पुनःसंरचना आवश्यक रहेको बताएकी छन्। प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले विद्यालय शिक्षा ऐन निर्माणमा शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिले छलफललाई निरन्तरता दिएको बताइन्। त्रिभुवन विश्वविद्यालयलाई व्यवस्थित नगरेसम्म जनमानसमा विश्व विद्यालयप्रति आशा जगाउन नसकिने बताउँदै उनले शिक्षा ऐन, नीति र कानुन नभएमा राज्य सञ्चालन गर्न अप्ठ्यारो परिस्थित व्यहोर्नुपर्ने धारणा राखिन्। शिक्षा क्षेत्रका समग्र… पुरा पढौ

नेपाल फाइनान्सकाे मुनाफा घट्याे

काठमाडौं, २० साउन । नेपाल फाइनान्सकाे नाफामा गिरावट आएकाे छ । फाइनान्सले सार्वजनिक गरेकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा खुद नाफामा गिरावट आएकाे हाे । यस अवधिमा फाइनान्सकाे खुद नाफा १०.०१ प्रतिशतले घटेर १ करोड ८१ लाख १८ हजार रुपैयाँमा पुगेकाे छ । गत आवको साेहि अवधिमा २ करोड १ लाख ३४ हजार रहेकाे थियो । खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेकाे छ । यसरी बढेर रूपैयाँ ११ करोड ७ लाख ५५ हजार… पुरा पढौ