मुख्य समाचार

आँबुखैरेनी बस दुर्घटना : १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार

दमौली (तनहुँ), ७ भदौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरप्लेटको बस मस्याङ्दी नदीमा खसेको हो । तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले भने बसमा भारतीय यात्रु सवार थिए । यात्रुको सङ्ख्या भने एकिन हुन सकेको छैन । अहिले सशस्त्र प्रहरी बलको गोताखोर टोलीले घट्नास्थलमा यात्रुको उद्धार गरिरहेको छ… पुरा पढौ

नेसनल लाइफकाे वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ७ भदाै । नेसनल लाइफ इन्स्याेरेन्सको वार्षिक साधारण सभा आज सम्पन्न भएकाे छ । सभा कम्पनीकाे केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजेबाट बसेकाे हाे । सभाबाट अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १०.७४ प्रतिशत नगद लाभांशसहित १०‍.७४ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन भएकाे छ ।  सभामाआर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानका बारेमा छलफल भएकाे थियाे । त्यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक समेत ताेकिएकाे बताइएकाे छ ।  कम्पनीले… पुरा पढौ

ई-रिक्सा आयातबाट करिब १ अर्ब बाहिरियाे

झापा, ७ भदौ । पूर्वीनाका काँकडभिट्टाबाट विद्युतीय रिक्सा (ई–रिक्सा)को आयात वर्षेनी बढिरहदा परम्परागत पाइडल रिक्सा लोप भएका छन् । पाँच वर्षमा रु. ८९ करोड ४३ लाख ३६ हजार १६१ मूल्य बराबरको १० हजार १६४ वटा ई–रिक्सा आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले बताए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु. ४१ करोड २० लाख ३९ हजार ९५९ मूल्य बराबरको चार हजार ६४५ ई–रिक्सा पूर्वीनाकाबाट भित्रिएको छ । यसअघिको आव २०७९/ ८० को तुलनामा उक्त आयात… पुरा पढौ

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकाेमा राष्ट्रसङ्घकाे स्वागत, नेपाललाई सघाउने प्रतिबद्धता

काठमाडौं, ७ भदौ । संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालका दुवै सदनबाट पारित भएकाेमा त्यसको स्वागत गर्दै विधेयकको कार्यान्वयन पीडितकेन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । शान्ति सम्झौता भएको १८ वर्षपछि पारित भएको उक्त विधेयक नेपालमा दिगो शान्ति स्थापनामा कोशेढुङ्गा… पुरा पढौ

शुक्रबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ७ भदौ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको जनाएको छ । छापावाल सुनमा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेका छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको… पुरा पढौ

सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य नेप्सेमा समायोजन

काठमाडौं, ७ भदाै । सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ। प्रतिफल वितरण प्रयोजनका लागि फण्डले बुकक्लोज गरेपछि मूलय समायोजन गरेर नयाँ मूल्य ताेकिएकाे हो। फण्डको १२.५० प्रतिशत नगद लाभांश समायोजन गरिएको हो। समायोजन गरेपछि फण्डको इकाईमूल्य १० रुपैयाँ ७२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो बिहिबार काराेबार भएकाे अन्तिम मूल्यकाे आधारमा फण्डको इकाईमूल्य समायोजन गरेको जनाएकाे छ ।बिहीबार फण्डको इकाई ११ रुपैयाँ ९७ पैसामा अन्तिम कारोबार भएको हो। अब समायोजित मूल्यलाई आधार मानेर… पुरा पढौ

शुक्रबार अमेरिकी डलर र यूरोको भाउ बढ्यो

काठमाडौं, ७ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३४ रुपैयाँ ३ पैसा र… पुरा पढौ

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

काठमाडाैं, ७ भदाै । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश र बागमती  प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ।… पुरा पढौ

जात र गुणको आधारमा मुस्ताङमा स्याउ टिप्ने तालिका बन्याे

म्याग्दी, ७ भदौ । मुस्ताङको प्रमुख कृषि उपज स्याउ टिप्ने समय तालिका बनाइएको छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ यही भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ आगामी असोज १ गतेदेखि टिप्ने समय तालिका बनाइएको हो । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र कृषकको बैठकले स्याउ टिप्ने समय तालिका बनाएको कृषि… पुरा पढौ

कञ्चनपुरमा बाढीले रु एक अर्ब ५० करोडको क्षति

दोधारा चाँदनी(कञ्चनपुर), ७ भदौ । असार तेस्रो साताको बाढीबाट जिल्लामा रु एक अर्ब ५० करोडको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो । “बाढी र डुबानबाट भएको क्षतिको मूल्याङ्कन गरेर यहाँका कार्यालयहरुलाई विवरण पठाउन भने बमोजिम हामीलाई क्षतिको विवरण प्राप्त भएको छ । जिल्लाभर रु एक अर्ब ५७ करोड १० लाख २१ हजार चार सय २९ मूल्य बराबरको क्षति भएको छ”, निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम… पुरा पढौ