मुख्य समाचार

आज अमेरिकी डलर र यूरोको भाउ स्थिर

काठमाडौं, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । साथै यूरोको भाउ पनि स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ९३… पुरा पढौ

महासंघले कार्यविधि २०६८ तत्काल परिमार्जन गर्न माग गर्दै राष्ट्र बैंकलाई बुझायाे ज्ञापनपत्र

काठमाडौं, ९ भदाै । नेपाल सुनचाँदी  व्यवसायी महासंघले सुन आयात तथा बिक्री वितरण सम्वन्धि कार्यविधि २०६८’ तत्काल परिमार्जन गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष अर्जुन रसाइलीको नेतृत्वमा गएको टोलीले साे कार्यविधि परिमार्जन गरेर समसामयिक बनाउन माग गरेकाे छ । अध्यक्ष रसाइलीले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई १४ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । २०६८ सालमा जारी भएको ‘सुन आयात तथा बिक्री वितरण सम्वन्धि कार्यविधि २०६८’ अव्यवहारिक भएको महासंघले जनाएकाे छ । उक्त समयदेखि सुनचाँदी… पुरा पढौ

बाराका सरकारी कार्यालयको पुँजीगत खर्च ८४ प्रतिशत

वीरगञ्ज (पर्सा), ९ भदौ । मधेस प्रदेश सरकार मातहत रहेका बाराका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०÷८१ मा कूल विनियोजित बजेटको ८३ दशमलव ६९ प्रतिशत अर्थात् रु दुई अर्ब २७ करोड दुई लाख ३७ हजार आठ सय ३४ रकम पुँजीगत खर्च गरेका छन् । मधेस प्रदेश सरकारले गत आवमा प्रदेश सरकार मातहतका १५ वटा सरकारी कार्यालय र १६ वटा स्थानीय तहका लागि पुँजीगत र चालुतर्फ दुवै गरेर रु तीन अर्ब ७० करोड ८० लाख सात हजार तीन सय ७० रकम… पुरा पढौ

आँखुखोला जलविद्युतकाे हकप्रदमा भदौ १६ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं, ९ भदाै । आँखुखोला जलविद्युत कम्पनीकाे हकप्रद सेयरमा भदौ १६ गतेसम्म आवेदन दिन सकिने भएकाे छ । कम्पनीले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएकाे थियाे । कम्पनीले १ः१.५ अनुपातमा रुपैयाँ १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको थियाे । कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हाे । कम्पनीले साउन १ गते बुक क्लोज गरेको थियो । लगानीकर्ताले लाभा‌श पाउनका लागि असार ३१ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम… पुरा पढौ

कोशी मधेस, बागमती र सुदूरपश्चिममा भारी वर्षा हुने

काठमाडौं, ९ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली… पुरा पढौ

परम्परागत उत्पादनलाई प्रवर्द्धन गरिने : मेयर आचार्य

लेखनाथ (कास्की), ९ भदौ । स्थानीय रूपमा उत्पादित तरकारी तथा खाद्यवस्तु बिक्रीका लागि पोखराको चिप्लेढुङ्गामा सञ्चालनमा ल्याइएको ‘रैथाने बजार’को शुभारम्भ गरिएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारमा सञ्चालित उक्त रैथाने बजारको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बीच शुभारम्भ गरे। कास्की तथा वरपरका जिल्लामा उत्पादित रैथाने बाली एवं अग्र्यानिक वस्तुहरू सुपथ मूल्यमा उक्त स्थानबाट बिक्री गरिने जानकारी दिँदै स्थानीयस्तरमा उत्पादित कृषि उपज बिक्रीका लागि हाल आठवटा सटर छुट्याइएको नगरप्रमुख आचार्यले बताए । बजारको उद्घाटन गर्दै उनले रैथाने… पुरा पढौ

जनतामा छाएको निराशालाई अन्त्य गर्न जरुरी छ : मन्त्री खड्का

काठमाडौं, ८ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास आवश्यक रहेको बताए । आज मन्त्रालयमा आयोजित कार्यक्रममा उनले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न कर्मचारीले जिम्मेवार ढङ्गले कार्यसम्पादन गर्नुपर्छ भने। “ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको अधिकतम सदुपयोग गरेर मुलुकले राखेको आर्थिक विकासको लक्ष्य प्राप्ति पूरा गर्न सकिन्छ, यसका लागि कार्यक्षेत्रमा खटिने कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने। मन्त्री खड्काले मन्त्रालयभित्र एक ठाउँबाट अर्को ठाउँमा सरुवा… पुरा पढौ

१ महिनामा साढे ३ अर्बकाे ‘स्मार्टफोन’ आयात

काठमाडौं, ८ भदौ । चालु आर्थिक वर्ष २०८१/ ८२ को पहिलो महिना नेपालले कुल रु एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु एक खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले रु एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख बराबरको वस्तु आयात गर्दा रु १२ अर्ब २२ करोड ६१ लाखको मात्रै निर्यात गरेको हो । विभागका अनुसार गत… पुरा पढौ

राष्ट्र बैंकद्वारा ५ वटा रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

काठमाडौं, ८ भदाै ।  नेपाल राष्ट्र बैंकले पाँचवटा रेमिट्यान्स कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको जानकारी गराएकाे छ ।  राष्ट्र बैंकले सूचना जारी गर्दै लाजिम्पाट, काठमाडाैंमा रहेकाे राम्रो रेमिट, गाैशालामा रहेकाे ग्लोबल माउन्टेन रेमिट, दरबारमार्गमा रहेकाे संसार रेमिट, न्यूराेडमा रहेकाे ललित मनी ट्रान्सफर र अनामनगरमा रहेकाे माक्स मनी ट्रान्सफरको लाइसेन्स स्वतः खारेज भएको जनाएकाे छ । राष्ट्र बैंकले कम्पनीहरुको नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९  (प्रथम संसोधनसहित) को विनियम १३ को उप - विनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उप–विनियम… पुरा पढौ

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ललितपुर, ८ भाद्र । ललितपुरकाे हरिहरभवन पुल्चाेकमा केन्द्रीय कार्यालय रहेकाे गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका वडा नं.२ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । महिलाहरुलाइ वित्तीय जानकारी अभिबृद्धिका लागि शुक्रबार बचत तथा लगानी, बजेट निर्माण एंव पारिवारिक खर्च व्यवस्थापन, डिजिटल बैंकिङ्ग, विप्रेषण सेवा, शेयर कारोवार र सि–आस्वा, लघु उद्यम तथा व्यवसाय, बैंकिङ्ग कर्जा, बैंक खाता, बिमा लगायत बिषयमा जानकारी दिने उदेश्यले वित्तीय साक्षरता कार्यक्रम गरिएकाे फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । संस्थाले आफ्नो संस्थागत… पुरा पढौ