मुख्य समाचार

नियमावलीकाे आधारमा ३० वर्षे सेवावधि लागू गर्न मिल्दैनः सर्वाेच्च अदालत

काठमाडौं, ७ भदौ । सर्वोच्च अदालतले नेपाल प्रहरीको नियमावलीका आधारमा ३० वर्षे सेवा अवधि लागू गर्न नमिल्ने आदेश जारी गरेको छ ।साथै सर्वोच्चले ३० वर्षे सेवा अवधिका आधारमा यही भदौ १६ गते अवकाश हुन लागेका प्रहरी अधिकारीहरुलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश दिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उनीहरुलाई भदौ १६ गते अवकाश हुने भनी गरिएको पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सर्वाेच्चले… पुरा पढौ

प्रधानमन्त्री ओलीसँग उपाध्यक्ष वेइकुनको शिष्टाचार भेट

काठमाडौं, ७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ । अर्थ मन्त्रालय चिनियाँ पक्षबीच काठमाडौँ चक्रपथको कलङ्कीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८.२ किलोमिटर सडक निर्माण, हिल्सा–सिमिकोट सडकखण्डलाई दुई लेनमा स्तरोन्नतिबारे सहयोग आदानप्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । यस्तै मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो… पुरा पढौ

सरकारद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे ऋण अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह

काठमाडौं, ६ भदौ । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गरे। पत्र हस्तान्तरण गर्नु अघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको… पुरा पढौ

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाइन्छः प्रधानमन्त्री ओली

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता एक रुपैयाँ नछाडेर उठाउने स्पष्ट गरेका छन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन सञ्चालन नै गरेर उठाइन्छ । विगतमा किन समयमै महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।” उनले सरकार र प्राधिकरणबीच… पुरा पढौ

नेप्सेमा ६.०१ अंकको बृद्धि, १९ अर्ब बढीको कारोबार

काठमाडौं, ६ भदौ । केहि दिन करेक्सन देखिएको सेयर बजारमा बिस्तारै उकालो लाग्ने संकेत पुनः देखिएको छ । बजारमा दबाब भईरहेको भएपनि बैंकहरुमा निरन्तर ब्याजदर घटिरहेको र तरलता धेरै भएको कारण यसले सेयर बजार उकालो लाग्न सहयोग पुगेको छ । यतिबेला सरकारपनि सेयरबजार र लगानीकर्ताप्रति नरम बनिरहेकाे छ । अझैं नीतिगत रुपमा सुधार र क्षमतायुक्त नेतृत्वदायी भूमिका पाउने हो भने केहि करेक्सनका बाबजुद बजार सकारात्मक लयमा जाने आकलन भईरहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.०१ अंकले बढेर… पुरा पढौ

सोलुखुम्बुको हिमताल फुट्नु जलवायु परिवर्तनको असर (विचार)

काठमाडौं, ६ भदौ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा पर्छ थामे बजार । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पदयात्रा जानेहरु थामेमा बास बस्ने गर्थे । तर २०८१ साउन ३२ गते शुक्रबार दिउँसो करिब १ बजे ठूल्ठूला ढुङ्गा र गेग्रानसहितको भीषण बाढीले हेर्दाहेर्दै रमणीय थामे बजारलाई ढुङ्गे बगरमा परिणत ग¥यो । अकस्मात आएको बाढीले पर्यटकीय गाउँ थामे बजारका १३ वटा घर पूर्ण रुपमा र १० वटामा आंशिक क्षति भएको छ । एउटा विद्यालय, एउटा स्वास्थ्यचौकी पनि बगायो । उक्त दिन पानी खासै… पुरा पढौ

पर्साका सरकारी कार्यालयको खर्च ५२.३४ प्रतिशत

वीरगञ्ज (पर्सा), ६ भदौ । मधेश–प्रदेश सरकार मातहतका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको ५२ दशमलव ३४ प्रतिशत खर्च गरेका छन् । मधेश प्रदेश सरकारले गत आवमा प्रदेश सरकार मातहतका १६ वटा सरकारी कार्यालय र १४ वटा स्थानीय तहका लागि रु चार अर्ब ५१ करोड ४३ लाख ९५ हजार नौ सय ३८ विनियोजन गरेको थियो । तर, सरकारी कार्यालयले कुल विनियोजित बजेटमध्ये रु दुई अर्ब ३६ करोड २६ लाख २९ हजार तीन सय ७६ मात्र खर्च… पुरा पढौ

कमला नदीमा तत्काल अर्को पुल निर्माण गर्न सांसदहरूकाे माग

काठमाडौं, ६ भदौ । राष्ट्रियसभाको आजको बैठकमा सांसद तुलसाकुमारी दाहालले हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहाको दक्षिणी सिमनामा कमला नदीमा बन्दै गरेको पुल भासिएकाले सोही स्थानमा अर्को नयाँ पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। आजको बैठकको आकस्मिक समयमा सांसद दाहालले निर्माणाधीन पुल भासिएको घटनाको अनुसन्धान गर्न पनि सरकारसँग आग्रह गरिन्। निर्माणाधीन पुल भासिँदा सो क्षेत्रका २० लाख नागरिकले सास्ती पाइरहेका उनले उल्लेख गरिन्। “स्थानीय जनप्रतिनिधि र जनताले पुल निर्माणका लागि बारम्बार पहल गर्दा सुनुवाइ नभएपछि यही भदौ ४ गतेदेखि १०… पुरा पढौ

सुनमा तोलाको ११ सयले गिरावट, चाँदी पनि घट्यो

काठमाडौं, ६ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ११ सय तथा चाँदीमा रुपैयाँ ५ ले घटेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ ११ सयले घटेर तोलाको १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । जो हाल सम्मकै उच्च रेकर्ड थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ५… पुरा पढौ

प्रधानमन्त्रीले आज प्रतिनिधि सभामा सांसदहरुकाे प्रश्नको जवाफ दिने

काठमाडौं, ६ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने र बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएका विविध प्रश्नहरुको जवाफ दिने तालिका हरेकाे जारी सूचनामा जनाइएकाे छ ।  प्रधानमन्त्रीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधि सभा सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिने  कार्यसूची रहेको छ ।  यस्तै सभामुखले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने, डा तोसिमा कार्कीले “हैजा महामारीका कारण निम्तिन… पुरा पढौ