मुख्य समाचार

नेप्सेमा ११३.४२ अंकको बृद्धि, १५ अर्ब ८१ करोडको कारोबार

काठमाडौं, १३ साउन । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा उछाल आएको छ । नेप्सेमा बितेका २६ महिना यताकै उच्च कारोबार भएको छ । आज मध्यान्हसम्म २७०८.५८ विन्दुसम्म उक्लिएको नेप्से परिसूचक बजार बन्द हुँदाको बेलामा भने २६८१.५६ विन्दुमा रोकिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा उक्लिदा नेप्सेमा ४.४१ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स २६.७८ अंकले बढेर ४८६.८४ विन्दुमा रहेको नेप्सेले जनाएको छ । १३ उपसमूहहरुमध्ये एउटामा मात्रै… पुरा पढौ

कारागार र बाल सुधारगृहको सुधारमा समन्वय आवश्यक : गृहमन्त्री लेखक

काठमाडौं, १३ साउन । गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिको आज बसेको बैठकमा गृहमन्त्री लेखकले भने–“देशभरका कारागारमा कैदीबन्दीको सङ्ख्या अत्यधिक रहेको छ । भौतिक पूर्वाधरको अभाव छ”, उनले भने, “भौतिक पूर्वाधार निर्माणमा जोड दिन आवश्यक छ ।” गृहमन्त्री लेखकले बालसुधारगृहमा पनि ठाउँ अभाव तथा भौतिक संरचनाको कमी देखिएको बताए । “आठ जिल्लामा नौवटा बालसुधारगृह छन्, यी सबैको अवस्था सुधार गरी राम्रोसँग… पुरा पढौ

नयाँ सरकारकाे निर्माण र दायित्व (विचार)

काठमाडौं, १३ साउन । देशमा भर्खरै नयाँ सरकार निर्माण भएको छ । परम्परागत प्रतिस्पर्धी दलहरु नै सरकारमा सहकार्य गर्न सहमत भएर साझा समझदारी सार्वजनिक गरेका छन् । दलहरुका निर्णयले जनमतको प्रतिनिधित्व र स्वामित्व दुवै ग्रहण गरेको हुन्छ । सरकार र संसद् आवधिक हुन् तर दलहरु सर्वकालिक हुन् । दल र तिनका नीतिले देशको विकास समृद्धि र अग्रगतिका लागि भूमिका खेल्दछन् । संसद्मा रहेका दलहरु प्रतिस्पर्धी र सहयात्री दुवै हुन् । विषय र एजेन्डाका आधारमा दलहरुले सहकार्य गर्नु र प्रतिस्पर्धा गर्नु… पुरा पढौ

पोखरामा बिहानैदेखि सार्वजनिक यातायात बन्द

कास्की, १३ साउन। मुलुकको पर्यटकीय राजधानी पोखरामा आज बिहानदेखि सार्वजनिक यातायात सञ्चालन भएका छैनन् । गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायी र मजदुरले आजदेखि प्रदेशमा सार्वजनिक यातायात ठप्प गराएका हुन्। बस, ट्याक्सी, जिपसहित यात्रुवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन् । सार्वजनिक यातायात सञ्चालन नभए पनि निजी सवारीसाधन भने निर्वाध सञ्चालन भइरहेका छन् । यातायात व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष केदार पौडेलले मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार विकास… पुरा पढौ

नेप्सेमा दोस्रोपटक सकारात्मक सर्किट, सवा १२ बजेसम्म पाैने ३ अर्बको कारोबार

काठमाडौँ, १३ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो । अहिले सवा १२ बजेसम्म नेप्से परिसूचक अघिल्लो… पुरा पढौ

कर्णालीका पर्यटकीय क्षेत्रबाट सवा २ करोड राजस्व सङ्कलन

कर्णाली, १३ साउन । कर्णाली प्रदेशका बिभिन्न पर्यटकीय क्षेत्रबाट २ करोड १४ लाख ७५ हजार ९ सय १७ रूपैया राजस्व सङ्कलन गरेको छ । कर्णाली प्रदेश सरकारका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट रु ४१ लख १२ हजार दुई सय, सुर्खेत प्रादेशिक सहिद पार्कबाट रु ९० लाख ९० हजार, काक्रेबिहारबाट रु ११ लाख ५० हजार तीन सय र बुलबुले उद्यानबाट रु ७१ लाख १४ हजार चार सय १७ राजस्व सङ्कलन गरेको हो । उद्योग, पर्यटन, वन… पुरा पढौ

आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ साउन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ हजारले घटेको् जनाएको छ । चाँदीमा रुपैयाँ १० ले बढेको छ । छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको रुपैयाँ १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त]जाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले… पुरा पढौ

गुराँस लघुवित्तकाे नाफामा बृद्धि

काठमाडौं, १३ साउन । गुराँस लघुवित्त वित्तीय संस्थाको नाफामा आकर्षक बृद्धि देखिएकाे छ । संस्थाको सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार साे नाफामा वृद्धि भए हाे । संस्थाको खुद नाफा १४४९.११ प्रतिशतले बढेर रुपैयाँ २ करोड ५९ लाख ६३ हजार भएकाे छ। अघिल्लो वर्षको साेहि अवधिमा नाफा रुपैयाँ १६ लाख ७६ हजार थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । खराब कर्जा घटेको छ । यसैकाे कारण खुद नाफा बढेकाे हो ।… पुरा पढौ

गोरखामा पहिरोमा परी चारजना बेपत्ता, दुई घाइते

गोरखा, १३ साउन । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छन् । दुईजना घाइते भएका छन् । पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चारजा बेपत्ता भएका उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन्। पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका तथा बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङले बताए। प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए। पुरा पढौ

आज अमेरिकी डलर, यूरोसहित अन्यको भाउ स्थिर

काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । साथै युरोको भाउसहित अन्यकाे भाउ पनि स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ… पुरा पढौ