मुख्य समाचार

सदाचार नीति-भ्रष्टाचार जरामै नियन्त्रण गरौं: संसदीय समिति

काठमाडौं, २ भदौ । नेपाली समाजमा सदाचारिता र नैतिकता कायम गर्दै राज्यका समयन्त्रमा व्याप्त भ्रष्टाचार तथा अनियमिता अन्त्य गर्ने ध्येयले संसदीय समितिले ‘राष्ट्रिय सदाचार नीति’ तयार गर्न सरोकारवालसँग घनिभूत छलफल गरिरहेको छ । राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिले केही समयदेखि सरकारका मन्त्री, उच्च पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधिसँग राष्ट्रिय सदाचार नीतिबारे छलफल गरेको हो । समिति सभापति कमलादेवी पन्तले भ्रष्टाचार र अनियमितबाट आक्रान्त राज्य समयन्त्र र समाजमा सदाचारिता नभइ सुशासन कायम हुन सक्दैन भन्ने निष्कर्षका आधारमा… पुरा पढौ

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मध्यम वर्षा

काठमाडाैं, २ भदाै । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । साधारणतया देखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । भदौ ०२ गते (आईतबार) दिउँसोː गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही… पुरा पढौ

टान निर्वाचनः सापकोटा समूहद्वारा उम्मेदवारी घोषणा

काठमाडौं, २ भदौ । पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । सापकोटा नेतृत्वको समूहले २० बुँदे चुनावी घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेको हो । टानको आगामी भदौ १७ गते वार्षिक साधारणसभामार्फत नयाँ कार्यसमिति चयन हुँदैछ । अध्यक्षका प्रत्यासी सापकोटाको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पाले उम्मेदवारी घोषणा गरे । साथै महासचिवमा राजेन्द्रप्रसाद सुवेदी, सचिवमा रिञ्जी जाङबु… पुरा पढौ

पोउवाको निर्वाचनका लागि यस्ताे छ पोखरेल समूहकाे प्रतिवद्धता

पाेखरा, १ भदौ । पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २८ र २९ गते हुने ७० औं अधिवेशन तथा ३५ औं महाधिवेशनका लागि अर्जुन पोखरेल समूहले शनिबार आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । पोखरेल समूहले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर पूर्व अध्यक्षहरुको साथ सहयोग, सल्लाह लिएर पदाधिकारी घोषणासहित निर्वाचनका होमिएको बताएकाे छ । अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरालाई जिवन्त शहर र आर्थिक गतिविधिको केन्द्रको रुपमा व्यवस्थित बनाउन पोखरा उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण रहेको बताए ।… पुरा पढौ

तनहुँमा डेङ्गी सङ्क्रमित एक हजार नाघे, खोज र नष्ट गर अभियानलाई तीव्रता

दमौली (तनहुँ), १ भदौ । तनहुँमा डेङ्गी सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । हालससम्म एक हजार ८२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले पछिल्लो दुई दिनमा मात्रै यहाँ एक सय आठजनामा सङ्क्रमण देखिएको र कुल सङ्क्रमितमध्ये आठ सय १३ जना आँबुखैरेनी गाउँपालिकामा रहेका जानकारी दिए। यस्तै व्यास नगरपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा एक सय २०, भिमाद नगरपालिकामा चार, म्याग्दे गाउँपालिकामा सात र बन्दीपुर गाउँपालिकामा ५१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको उनले बताए।… पुरा पढौ

खाद्य, ऊर्जा र जलवायु सङ्कटबाट पार पाउन सामूहिक प्रयास अपरिहार्य : प्रधानमन्त्री ओली

काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तन, स्रोत र साधनको बुद्धिमत्तापूर्ण प्रयोगबाट अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्रका जनताको हित सुनिश्चित गर्नका साथै आपसी साझेदारी र सहकार्यबाट समुज्ज्वल भविष्य निर्माण गर्न सकिने बताएका छन् । भारत सरकारद्वारा श्रव्यदृश्यका माध्यमबाट आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै उनले उक्त कुरा बताए। ‘वसुधैव कुटुम्वकम्’को आदर्शअनुरुप ‘दिगो भविष्यका लागि सशक्त ग्लोबल साउथ’ शीर्षकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अवधारणामा आयोजित उक्त सम्मेलन सामयिक भएको बताउँदै प्रधानमन्त्री ओलीले… पुरा पढौ

आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक : अध्यक्ष ढकाल

काठमाडौं, १ भदौ । अर्थ मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेकामा नेपाल उद्योग वाणिज्य महासङ्घले यसलाई सकारात्मक रूपमा लिएको जनाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले आज एक विज्ञप्ति जारी गर्दै भने, “महासङ्घले सुधारका लागि समन्वय गर्न उच्चस्तरीय आयोगको माग राख्दै आइरहेको थियो, महासङ्घको प्रस्तावलाई सरकारले प्राथमिकता दिएकाेमा आभार व्यक्त गर्दछु ।” अर्थतन्त्र सम्बद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सीमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रूपमा अर्थतन्त्र चलायमान बनाई दिगो… पुरा पढौ

क्यानडा जाने विद्यार्थीलाई दूतावासले दियाे यस्तो सुझाव

काठमाडौँ, १ भदौ । क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहेका नेपाली विद्यार्थीलार्य सुझाव दिएको छ । दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न सुझाव जारी गर्दै ध्यान पु¥याएर तयारी गर्न अनुरोध गरेको छ । विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययनगरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने दूतावासले जनाएको छ । आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय,… पुरा पढौ

बाढीपछि सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प, रक्षामन्त्री मानवीर राई थामेमा

सोलुखुम्बु, १ भदौ । बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । प्रहरी नायब निरीक्षक हेमबहादुर कटवालका अनुसार फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा १००÷१०० मिटरजति पदमार्ग नदीको कटानमा परेको छ । जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे आवातजावत अवरुद्ध भएको छ । सगरमाथा पदमार्गमा पर्ने एकमात्र पदमार्ग भोटेकोसीले कटान गर्दा पदमार्ग अवरुद्ध… पुरा पढौ

शिलान्यासमै सीमित भयाे नौवस्ता औद्योगिक क्षेत्र

राँझा (बाँके), १ भदौ । बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि हरेक वर्ष बजेट विनियोजन भए पनि काम सुरु हुन सकेको छैन । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले २०७७ फागुन ११ गते नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । शिलान्यास भएको साढे तीन वर्ष बिते पनि पूर्वाधार निर्माणको काम अझै सुरु हुन नसकेको परियोजना प्रमुख इञ्जिनियर प्रकाश केसीले जानकारी दिए । “नौबस्ता औद्योगिक क्षेत्रका लागि आर्थिक वर्ष २०७४÷७५ देखि नै बजेट विनियोजन हुँदै आए पनि केही… पुरा पढौ