मुख्य समाचार

उज्यालो पर्खिरहेको निसेलढोर दियालो र टुकीकै भरमा

ढोरपाटन (बागलुङ), १ भदौ । पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच छैन । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा विद्युत् नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युत्को सुविधा नहुँदा स्थानीयले दियालो र टुकी बालेर रात बिताउन बाध्य छन् । एक दशक अगाडिसम्म निसेलढोरमा निसीवासी बर्खाको समयमा पशुचौपाया पाल्ने, आलु र स्याउ फलाउने गर्थे । बर्खाको चार महिना मात्र निसेलढोर बस्ने स्थानीय हिउँदको समयमा निसी गाउँमा बस्ने गर्थे । निसेलढोर लेक क्षेत्र पर्छ भने निसी गाउँ औल (बेंसी) क्षेत्र हो… पुरा पढौ

बागमती, गण्डकी प्रदेशका थोरै  स्थानमा मध्ययम वर्षा

काठमाडाैं, १ भदाै । स्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आन्शिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित हल्का देखी मध्ययम वर्षा भइरहेको । भदौ ०१ गते… पुरा पढौ

सङ्खुवासभा भोटखोलाका चार लघु जलविद्युत्मा मर्मत

खाँदबारी (सङ्खुवासभा), १ भदाै । सङ्खुवासभाको भोटखोला गाउँपालिकाभित्र सञ्चालनमा रहेका लघु जलविद्युत् केन्द्र धमाधम मर्मत हुन थालेका छन् । अविरल वर्षासँगै आएको बाढी र अन्य कारणबाट क्षति पुगेका जलविद्युत् केन्द्रको मर्मतका लागि ऊर्जामन्त्री दीपक खड्काको निर्देशनमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको टोली भोटखोला पुगेर लघु जलविद्युत् केन्द्र मर्मत थालेको हो । भोटखोलामा हाल १५ लघु जलविद्युत् केन्द्र सञ्चालनमा रहेका छन् । गाउँपालिकाका स्थानीय समाजसेवी डुक्पा थिकेपा भोटेले भोटखोलामा बिग्रेका ११ लघु जलविद्युत् केन्द्रमध्ये हालसम्म छ वटाको परीक्षण गर्दा चार वटा मर्मतमा… पुरा पढौ

हिमपहिरोले खुम्बु क्षेत्रमा बाढी आएको हुनसक्छ- महाशाखा

काठमाडौं, १ भदाै । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित थामे खोलामा एक्कासी आएको बाढी हिमपहिरोका कारण हुनसक्ने अनुमान गरेको छ । बाढीबारे प्रारिम्भक जानकारी दिँदै महाशाखाले उक्त क्षेत्रमा साना र ठूला गरी छ वटा हिमताल÷हिमपोखरी रहेको उल्लेख गर्दै तीमध्ये कुनै एक विस्फोट भएको हुनसक्ने बताएको छ । “उक्त क्षेत्र नजिक रहेको फोत्र्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रम क्रमशः बढेको (९ दशमलव ७… पुरा पढौ

मन्त्रिपरिषद् बैठक : यी हुन् महत्वपूर्ण १४ निर्णय

काठमाडौं, ३२ साउन । मन्त्रिपरिषद्को साउन ३१ गतेको बैठकले गरेका १४ निर्णयहरू सार्वजनिक भएका छन् । पराष्ट्रमन्त्री डा आरजु राणाले आगामी भदौ २ गतेदेखि ६ गतेसम्म छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्ने भएकी छन्। नयाँ सरकार गठन भएपछि परराष्ट्रमन्त्रीको तर्फबाट हुन लागेको यो पहिलो भ्रमण हो । परराष्ट्रमन्त्री राणा नेतृत्वको प्रतिनिधिमण्डलको भारत भ्रमणसम्बन्धी कार्यक्रमलाई सरकारले स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद्को यही साउन ३१ गतेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए । यस्तै, सरकारले विश्व बैंक… पुरा पढौ

सामाजिक सञ्जालको दुरुपयोगले बैकिङ प्रणालीमा असर पुर्‍यायो : गभर्नर अधिकारी

काठमाडौं, ३२ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैकिङ प्रणालीमा असर हुँदा त्यस्ता व्यक्तिहरुमाथि कानुनी कारबाहीको व्यवस्था राख्नुपर्ने बताए। आज सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिमा बैङ्किङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा उहाँले ऐनमा नै त्यस्ता व्यक्तिले कसुर गरेको ठहर्ने गरी व्यवस्था राख्न जरुरी रहेको औँल्याए। उनले भने, “एकजना व्यक्तिका पछाडि लाखौँ फलोअर्स छन् । त्यो व्यक्तिले यो बैंक डुब्दै छ, यो बैंक सुरक्षित छ, जस्ता कुरा गरेर… पुरा पढौ

राष्ट्र बैंकद्वारा विभिन्न तहमा कर्मचारी माग, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, ३२ साउन । नेपाल राष्ट्र बैंकले विभिन्न तहका लागि ५२ जना कर्मचारीहरु माग गरेको छ । बैंकले प्रकाशन गरेकाे सूचना अनुसार अधिकृत तृतीय तहमा सहायक निर्देशक पदका लागि ३४ जना माग गरिएकाे छ । यस्तै सहायक द्धितीय तहका लागि १३ जना र सहायक (सूचना प्रविधि) का लागि ५ जना कर्मचारी माग गरेको छ ।  सूचनामा जनाइए अनुसार सहायक निर्देशकका लागि न्यूनतम योग्यता स्नातकोत्तर रहेकाे छ । सहायक द्वितीय पदका लागि दश जाेड दुइ उत्तीर्ण भएकाे हुनुपर्नेछ । यस्तै सहायक… पुरा पढौ

प्रधानमन्त्री ओलीसँग अमेरिकी उपविदेशमन्त्री वर्माको भेटवार्ता

काठमाडौं, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्माले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उनीहरुबीच दुईपक्षीय सम्बन्ध र आपसीहितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार व्यक्त गरे। उनले नेपालको विकासका विविध क्षेत्रमा अमेरिकी सरकारको सहयोगको अपेक्षासमेत गरे । प्रधानमन्त्री ओलीले… पुरा पढौ

अधिकांश वाणिज्य बैंकहरुले निक्षेपकाे ब्याजदर घटाए

काठमाडौं, ३२ साउन । हाल संचालनमा रहेका अधिकांश वाणिज्य बैंकहरुले भदौ महिनाका लागि निक्षेपकाे ब्याजदर घटाएका छन् । अघिल्लो महिनाको अन्तिम दिन अगावै ब्याजदर तोक्नुपर्ने व्यवस्था अनुसार नयाँ ब्याजदर सार्वजनिक भएकाे हाे । हाल बैंकहरुको औसत ब्याजदर ६.७३ प्रतिशतबाट ०.१८ बिन्दुले घटेर ६.५६ प्रतिशत कायम भएको छ । सञ्चालनमा रहेका २० मध्ये सिटिजन्स र प्राइम बैकले मात्र ब्याजदर बढाएका हुन् । ग्लोबल आईएमई, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल र स्ट्यान्डर्डले ब्याजदर यथावत राख्दा अरु १२ बैंकले ब्याजदर घटाएका हुन् ।… पुरा पढौ

नेपाल इन्जिनियरिङ कलेजद्वारा १५ कराेडकाे छात्रवृत्ति घाेषणा

काठमाडाैं, ३२ साउन । नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ कराेडकाे छात्रवृत्ति प्रदान गर्ने घाेषणा गरेकाे छ । कलेजले हरेक वर्ष स्नातक तथा स्नातकाेत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १५ कराेड बढीकाे छात्रवृत्ति प्रदान गर्ने जानकारी दिएकाे हाे । चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समितिका अध्यक्ष जीवन खत्रीले इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई १५ देखि १८ करोड रुपैयाँसम्म छात्रवृत्ति दिइने जानकारी दिए । ‘पैसा नभएपनि इन्जिनियरिङ पढ्न भनेर नेपाल इन्जिनियरिङ कलेजमा… पुरा पढौ