मुख्य समाचार

एसियन लाइफकाे ५ लाख ३० हजार कित्ता संस्थापक सेयरकाे बिक्री खुला

काठमाडौं, ३२ साउन । एसियन लाइफ इन्स्याेरेन्स कम्पनीले आजबाट ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा ल्याएकाे छ । यसमा भदौ ११ गतेसम्म आवेदन दिन पाइने भएकाे छ ।  संस्थापक सेयर लिलामीमा सरिक हुन चाहने इच्छुक लगानीकर्ता वा व्यक्ति र संघ-संस्थाले यसका लागि बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता मूल्य घटीमा २७५ रुपैयाँ रहेकाे छ । सेयर लगानीकर्ता ताेकिएकाे साेहि मूल्यकाे आधारमा लिलाम बढाबढमा सहभागी हुन सक्नेछन् । तर यसका लागि आवेदकले घटीमा २ लाखदेखि… पुरा पढौ

४६ लघुवित्तकाे वित्तीय विवरण सार्वजनिक, नेष्डो समृद्धिकाे लाभांश वितरण गर्ने क्षमता धेरै

काठमाडौं, ३२ साउन। नेप्सेमा सूचीकृत भएका ४९ लघुवित्त कम्पनीहरुमा हालसम्म ४६ लघुवित्त कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएकाे वित्तीय विवरणले लघुवित्त कम्पनीहरु विस्तारै सुधारकाे लयमा देखिएका छन् ।  अधिकांश कम्पनीको खुद नाफासँगै वितरणयोग्य मुनाफा बढेसँगै लाभांश वितरण गर्ने क्षमता बढेकाे देखिन्छ । वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुको लाभांश क्षमता घटीमा १.४४ प्रतिशतदेखि बढीमा १७७.५५ प्रतिशतसम्म रहेकाे छ । यही बीचमा अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका ४६ लघुवित्तमा सबैभन्दा धेरै लाभांश वितरण गर्ने… पुरा पढौ

नेपाल पूर्वाधार विकास बैंकको सीइओमा अधिकारी नियुक्त

काठमाडाैं, ३२ साउन । नेपाल पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा कृष्ण बहादुर अधिकारी नियुक्त भएका छन्। बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने गरेकाे हो । नवनियुक्त सिइओ अधिकारीले यही भदौ २ गते जिम्मेवारी सम्हाल्ने भएका छन् । उनी चार वर्षका लागि नियुक्त भएका हुन्।  अधिकारी एक अनुभवि व्यक्ति हुन्। यसअघि उनले नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । निफ्राको पूर्व कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले गएकाे माघमा राजीनामा दिएपछि साे पद… पुरा पढौ

बेइजिङ+३० को विश्वव्यापी समीक्षा गर्न राष्ट्रिय सम्मेलन

काठमाडौं, ३२ साउन । बेइजिङ+३० को विश्वव्यापी समीक्षा भइरहेको अवस्थामा नेपालका तर्फबाट समीक्षा प्रतिवेदन तयार गर्ने उद्देश्यले शुक्रबार राष्ट्रिय सम्मेलन हुने भएको छ । महिलाको नेतृत्वमा सञ्चालित गैरसरकारी संस्थाको राष्ट्रिय महिला सञ्जाल संस्था बियोन्ड बेइजिङ कमिटी (बिबिसी) नेपालले पत्रकार सम्मेलन गरी सम्मेलन गर्न लागेको जानकारी दिइएको हो । सन् १९९५ मा चीनको राजधानी बेइजिङमा (४–१५ सेप्टेम्बर) आयोजित संयुक्त राष्ट्रसङ्घीय चौथो विश्व महिला सम्मेलनले विश्व महिला आन्दोलनको पछिल्लो महत्त्वपूर्ण उपलब्धि भएको र यसले महिलाको मानवअधिकार, महिला र बालिकाको सशक्तिकरणसँग सम्बन्धित बेइजिङ… पुरा पढौ

ऋषिङमा एक हजार पाँच सय चियाका बिरुवा रोपियो

तनहुँ, ३२ साउन । तनहुँको ऋषिङ गाउँपालिका–३ दुबुङ्गस्थित भ्यूटावर परिसरमा एक हजार पाँच सय चियाका बिरुवा लगाइएको छ । इलामबाट ल्याइएको चियाको बिरुवा पहिलो पटक परीक्षणका रुपमा सात रोपनी क्षेत्रफलमा लगाएको हो । समुन्द्री सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइमा रहेको यस स्थानमा इलामको जस्तै चिया बगान बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ । करिब एक सातादेखि बिरुवा लगाउनका लागि खाडल खन्ने काम पूरा गरी आज बिरुवा लगाइएको गाउँपालिका प्रवक्ता विजय दरैले जानकारी दिए । उनले भने, “चिया… पुरा पढौ

रू २ करोड ७१ लाखमा बन्याे बोङ्गाखोलामा पक्की पुल निर्माण

बागलुङ (बागलुङ), ३२ साउन । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताए। गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण गर्न बाँकी रहेको उनले बताए । गाउँपालिकाले गत आर्थिक वर्षमा रु ८७ लाख ६७ हजार नौ सय २६ को लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको… पुरा पढौ

थप ५ प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

काठमाडौं, ३२ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । मन्त्री प्रदीप पौडेलले अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै गत असार ३१ गते आफ्नो पहिलो निर्णयमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए । उक्त रणनीतिले सातवटै प्रदेशमा क्यान्सरको परीक्षण तथा निदान गर्ने लक्ष्य लिएको थियो । कार्यविधि स्वीकृत भएपछि चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर… पुरा पढौ

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायाे, यस्ताे छ घटेकाे मूल्यसुची

काठमाडाैं, ३१ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतीय आयल निगमबाट मूल्य घटेर आएपछि निगमले घटेकाे मूल्य अनुसार मूल्य घटाएको बिज्ञप्तीमार्फत जानकारी दिएकाे छ ।  नयाँ ताेकिएकाे मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ घटेकाे छ । यसरी घटेकाे मूल्य प्रतिलिटर रूपैयाँ १६५ कायम भएकाे छ । यस्तै निगमले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएएकाे छ । घटेकाे मूल्य रूपैयाँ १५५ ताेकिएकाे छ । भारतीय आयल निगमले पठाएकाे नयाँ मूल्यसूचीका अनुसार पेट्रोलमा ५ रुपैयाँ र… पुरा पढौ

विश्व बैंकले नेपाललाई बजेटरी सहायता वृद्धि गर्ने

काठमाडौं, ३१ साउन । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहायता वृद्धि गर्ने जानकारी दिए । उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वृद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिएका छन् । विश्व बैंकबाट गत आर्थिक वर्षमा बजेटरी सहायताका रूपमा नेपाललाई २०५ मिलियन अमेरिकी डलर प्राप्त भएको थियो । अर्थमन्त्री पौडेलले नेपालमा स्थीर सरकार गठन… पुरा पढौ

विकासको लहर ल्याउने ठोस योजना ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्खे खालका ठोस योजना ल्याउन निर्देश गरेका छन्। मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयनका साथै सरकारको एक सय दिनभित्र गरिने मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै उनले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र ठोस तयारी गर्न निर्देशन दिए । उनले विकास खर्च शतप्रतिशत गर्न सक्ने… पुरा पढौ