समाचार

मनकामना केबुलकार नियमित सञ्चालन

चितवन, ३० चैत । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार सोमबार बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो । यसअघि ३१ गतेबाट सञ्चालन गरिने जनाए पनि एक दिनअगावै नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । २३ वर्ष पूरा भएको मनकामना केबुलकारको तीन चरणमा स्तरोन्नति गरिँदै छ । यस अवधिमा केबुलकारको स्तरोन्नतिको पहिलो चरणमध्येको कार्यअनुसार ६ दिन बन्द गर्ने सूचना… पुरा पढौ

पशुपति क्षेत्रमा सर्वोच्चको आदेश विपरीत पक्की चिहान

काठमाडौं, ३० चैत । सर्वोच्च अदालतको आदेश विपरीत विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीको शव गाड्ने र पक्की चिहान बनाउने क्रम बढेको छ । सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर क्षेत्रमा इसाइ धर्मालम्बीको शव गाडिएकोप्रति सनातन धर्म महासङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इसाइ धर्मावलम्बीको उक्त काम गैरकानूनी र अवाञ्छित भएको महासङ्घका महासचिव अभिषेक जोशीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । सर्वाेच्च अदालतको विसं २०६८ जेठ १ गतेको परमादेशअनुसार पशुपतिनाथको वनक्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीलाई शव… पुरा पढौ

प्रदेशस्तरीय फोटो प्रतियोगिताका उत्कृष्ट ५ जनालाई पुरस्कार वितरण

पाेखरा, २९ चैत । नेपाल टुरिजम बोर्ड गण्डकी प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय फोटो प्रतियोगितामा उत्कृष्ट हुन सफल ५ जनालाई आज पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा पोखराका फोटो पत्रकार प्रेम थापासहित पोखरा कै किरण अधिकारी, हाल पोखराको विजयपुर ब्यारेकमा कार्यरत नेपाली सेना विजय गौतम, तनहुँका प्रिजन आले तथा शिरीष विसीको फोटो उत्कृष्ट भएको थियो । उत्कृष्ट हुन सफल ५ जनालाई नै नेपाल टुरिजम बोर्डमा एक कार्यक्रमको आयोजना गरेर नगद १० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । प्रतियोगितामा गण्डकी प्रदेशभरीबाट… पुरा पढौ

सुनचाँदी व्यवसायी महासंघद्वारा व्यवसायी प्रदीपको हत्या भएकोमा आपत्ति प्रकट

काठमाडौं, २९ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघले सिरहाको लहानका अमिता ज्वेलर्सका संचालक प्रदीप विश्वकर्माको लुटेराद्वारा हत्या भएको भन्दै आपत्ति प्रकट गरेको छ । ४० वर्षिय विश्वकर्माको शनिवार लुटेराको समूहले गोली हानि हत्या गरेको थियो । महासंघले हत्यामा संलग्नलाई कारबाही तथा मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै सुनचाँदी व्यवसायीको सुरक्षाको माग गरेको छ । लाहानमा घटेको यस प्रकारको हत्याको घटनाले मुलुकको सुरक्षा व्यवस्थामा प्रश्न चिन्ह खडा भएको बताउँदै महासंघले व्यावसायीक सुरक्षाको माग गरेको छ । लहान नगरपालिका २३ गढियाचोकमा सुनचाँदीको… पुरा पढौ

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

दमौली, २९ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व भएको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसदीय प्रणालीविरुद्ध राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा षड्यन्त्र भइरहेको त्यसलाई बचाउन सबै लाग्नुपर्ने बेला आएको बताए । कांग्रेस ७० वर्षदेखि संसदीय प्रणालीको पक्षमा लडेको स्मरण गर्दै वरिष्ठ नेता पौडेलले भने, “आज त्यही प्रणाली जोगाउने प्रमुख सबाल हो, त्यसका लागि सबैले प्रयत्न गर्नुपर्छ ।” वरिष्ठ नेता पौडेलले सत्ताभन्दा व्यवस्था महत्वपूर्ण भएकाले सत्ताका… पुरा पढौ

कुलिनरी प्रतियोगितामा ‘मुलबेरी’ बिजेता

पोखरा, २९ चैत । कुलिनरी आर्टस् सम्बन्धि पोखरामा भएको प्रतियोगितामा ‘मुलबेरी इन्स्टिच्यूट अफ हस्पिटालिटी’ बिजेता बनेको छ । सेफहरुको साझा संस्था होटल तालिम प्रदायक संघ नेपालले पहिलोपटक पोखरामा यस्तो खाले प्रतियोगिता गरेको हो । प्रतियोगितामा पोखरामा रहेर कुलिनरी र कुकिङसम्बन्धि तालिम दिईरहेका ६ वटा ट्रेनिङ सेन्टरहरुले संस्थागत रुपमा सहभागिता जनाएका थिए । प्रतियोगितामा राइनो होटल ट्रेनिङ सेन्टर दोस्रो र हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टले तेस्रो प्रतियोगीको रुपमा पुरस्कृत भए । विजेता टोली मुलवेरीका तर्फबाट अंकित पंगेनी, राइनोका तर्फबाट सुवास गिरी… पुरा पढौ

दुर्घटनामा दुईको मृत्यु, सात घाइते

चितवन, २९ चैत । भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेका छन् । तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार… पुरा पढौ

लुटेरा समूहद्वारा गोली हानी सुनचाँदी व्यवसायीको हत्या

लहान, २९ चैत । लुटेरा समूहले गए राती सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन् । सो क्रममा मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भएको र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मध्यराति आएका समूहले विश्वकर्मा दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोज्दा प्रतिकार गर्दा सो समूहले विश्वकर्माको गोली हानी हत्या गरेको… पुरा पढौ

मध्यरातमा फर्निचरमा आगलागी, लाखौंको क्षति

बलेवा, २९ चैत । बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन् । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग भइरहेको छ । रातिदेखि शुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा नआएको बताइएकाे छ । क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । फर्निचरका सबै… पुरा पढौ

हुम्लामा खाद्यान्न अभाव,७ हजार क्विन्टल चामल ढुवानी हुँदै

हुम्ला, २९ चैत । हुम्लामा खाद्य सामाग्री अभाव हुन थालेपछि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत हुम्ला लाई ७ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको हुम्ला शाखाका नायबसुब्बा भरत अधिकारीले जानकारी दिए । आर्थिक वर्ष २०७७/०७८ का लागि लिमिटेडको हुम्ला शाखाले गत फागुन २६ गते लिमिटेडको बिक्री वितरण विभाग, प्रधान कार्यालय काठमाडौंमा अनुरोध गरेपछि उक्त परिमाणको चामलको कोटा स्वीकृत भएको हो । “लिमिटेडले सिमकोट केन्द्रका लागि १४… पुरा पढौ