समाचार

सन् २०२०: विपद्जन्य घटनाबाट पाँच हजारको मृत्यु

काठमाडाैं, १४ माघ । मुलुकमा सन् २०२० मा विभिन्न घटनाबाट चार हजार ५०४ मानिसको मृत्यु भएको छ । विपद्मा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी सडक दुर्घटनाबाट दुई हजार ८४ को मृत्यु भएको छ । कोभिड–(१९ का कारण एक हजार ८५६ को मृत्यु भएको छ । पहिरोबाट ३०३ ले ज्यान गुमाएका छन् भने ६४ बेपत्ता छन् । बाढीबाट ४२ को मृत्यु र ३७… पुरा पढौ

ग्लोबल ओरियन्समा छापा, लाखौंको सामान बरामद

झापाको दमक–६ मा रहेको ग्लोबल ओरियन्स नेटवर्किङ कम्पनीमा प्रहरीले छापा मारेको छ । सो क्रममा लाखौँ मूल्यका अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ । दमक–६ स्थित पदम गुरुङको घरमा भण्डारण गरी नेटवर्किङ रुपमा कारोवार गर्दै आएका जीतेन्द्र साहसहित ती सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए। आज इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । उनका अनुसार बरामद गरिएको खाद्य वस्तुको मूल्य रु तीन करोड रहेको अनुमान छ । बरामद… पुरा पढौ

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्नेः प्रचण्ड

चितवन, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताए । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई आज श्रद्धाञ्जलि अर्पण गर्दै उनले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने विश्वास व्यक्त गरे । पार्टी एकताका निम्ति उहाँहरु जस्ता अभिभावकको ठूलो प्रेरणा आफूहरुलाई प्राप्त भएको जनाउँदै उनले भने, “अहिले जो दुर्घटना जस्तो स्थिति देखापरेको छ, यो स्थितिको सामना गर्नका लागि पनि उहाँको हिजोको शिक्षा, योगदान,… पुरा पढौ

मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहण प्रक्रियामा छलफल शुरू

काभ्रेपलाञ्चोक, १३ माघ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकामा १० हजार ३०० रोपनी सार्वजनिक जग्गा अधिग्रहणको काम सकिएको छ । विश्वविद्यालयका लागि आवश्यक देखिएको मध्ये निजी जग्गा अधिग्रहणको प्रक्रिया थाल्न छलफल भइरहेको जिल्ला मालपोत कार्यालय धुलिखेलले जनाएको छ । पाँचखालको वडा नं ७, १० र १२ तथा नमोबुद्धको २ र ३ नं वडाको १० हजार ३०० रोपनी सार्वजनिक जमिन हालै विश्वविद्यालयको नाममा नामसारी भइसकेको प्रमुख मालपोत अधिकृत लोकबहादुर भण्डारीले बताए । “अब… पुरा पढौ

सात वर्षीया बालिकालाई उद्धार

जनकपुरधाम, १३ माघ । ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ । सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेकाे अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो । सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेका दुई दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम छन् । पुरा पढौ

एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित

काठमाडौं, १३ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । विशेष महाधिवेशनमा सङ्घको वार्षिक प्रतिवेदन महासचिव डा हेमराज शर्मा, आर्थिक प्रतिवेदन सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र संघका उपाध्यक्ष मन केसीले संयुक्त रुपमा प्रस्तुत गरे । महाधिवेशनले एनआरएनएका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले प्रस्तुत गरेको संघको आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । संघमा आर्थिक व्यवस्थापन… पुरा पढौ

पत्रकार महासंघ तनहुँका ६ पूर्व अध्यक्ष पुरस्कृत

दमौली, १३ माघ । नेपाल पत्रकार महासंघ तनहुँले १२ औं साधारणसभा अवसरमा संघका ६ पूर्व अध्यक्षलाई पुरस्कृत गरेको छ । तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पु¥याएबापत उनीहरुलाई महासंघमा स्थापित विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको शाखाका अध्यक्ष ॐकार आचार्यले बताए । सुरज गुरुङ पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बरबहादुर अधिकारीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि ५ हजार छ । टीकानिधि पुरस्कार–२०७५ बाट विश्वबन्धु भण्डारी र २०७६ बाट प्रदीप काफ्ले पुरस्कृत भए । पुरस्कारको राशि १० हजार छ ।… पुरा पढौ

सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट सञ्चालनमा

पोखरा, १३ माघ । पोखरामा ‘सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट’ सञ्चालनमा आएको छ ।गुरुङ ब्युटी पार्लर एण्ड एकाडेमिक प्रालिमार्फत् सौन्दर्यको क्षेत्रमा बेग्लै पहिचान बनाई सौन्दर्यपारखीको मन जित्दैआएकी सौन्दर्यविद् चिनु गुरुङले महेन्द्रपुलमा सो इन्स्टिच्युट संचालनमा ल्याएकी हुन् । सौन्दर्य क्षेत्रमा आफ्नो २५ वर्षको लामो अनुभवसँगै समयको मागलाई ध्यानमा राखी उनले करिब ३० लाख लगानीमा शाखा सञ्चालनमा ल्याएको बताइन् । सो शाखाको एक समारोहबीच अभिनेत्री आँचल शर्माले रिबन काटेर उद्घाटन गरिन् । विदेश अध्ययन गर्न जानेहरुमा पछिल्लो समय सौन्दर्य सीप दक्षताको… पुरा पढौ

विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौंमा भव्य स्वागत

काठमाडौं, १३ माघ । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौ+ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहले उक्त हिमाल आरोहणमा कीर्तिमान कायम गरेका हुन् । उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो आठ हजार ६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् । आरोहणमा पुर्जालाई… पुरा पढौ

हार्डवेयर व्यवसायीद्वारा चेपाङ बस्तीमा न्यानो कपडा वितरण

पाेखरा , १३ माघ । विभिन्न पेशा व्यवसायीले आफ्नाे लागि मात्र नभई समाजका अतिविपन्न तथा सीमान्तकृत वर्गको दुःखमा समेत सहयोगी बन्द छन् भन्ने पोखराका निर्माण सामग्री व्यवसायीले उदाहरण दिएका छन् । पोखरा हार्डवेयर एशोसिएसन कास्कीको एक टोली नवलपुर जिल्लाको कावासोती नगरपालिका–१३ कुसनहरीका चेपाङबस्तीमा पुगेर न्यानो बिछ्यउना वितरण गरेर सबैका लागि अनुकरणीय बनेको हो । सो स्थानका ४० घरलाई डसना, फाइवर सिरक, खोल, झुल, तन्ना, सिरानीसहितको रु एक लाख ५० हजार मूल्य बराबरको राहत सामग्री वितरण गरेको पोखरा एशोसिएसन कास्कीका अध्यक्ष… पुरा पढौ