समाचार

एलजी एसीको माग बढ्यो

काठमाडौं, १३ माघ । हरेक मौसममा प्रयोग गर्न मिल्ने एलजीको एसीको माग बजारमा बढेको छ । एलजी ब्राण्डका एसीमा डुएल इन्भर्टर रहेको छ । साथै थ्रिएम प्रोटेक्सन फिल्टर रहेको छ । जसले अनावश्यक प्रदुषकहरु फिल्टर गर्दछ र हावामा रहेको धुलोका कणहरु, हावामा रहेको एलर्जि हटाउछ र वातावरणलाई स्वस्थ्य पार्दछ । एजजीको एसीमा वातावरण मैत्री आर ३२ ग्याँस रहेको छ । जसले कुशलतापुर्वक गर्मी प्रदान गर्छ साथै विजुली खपत पनि कम गर्दछ । एलजीको एसीले ७० प्रतिशतसम्म विजुली बचत गर्दछ ।… पुरा पढौ

गाईघाटमा सामसङ डिजिटल प्लाजा सञ्चालन

काठमाडौं, १३ माघ । नेपालमा सामसङ इलेक्ट्रोनिक्स र घरेलू उपकरणहरूको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले उदयपुरको गाईघाटमा १२औं सामसङ डिजिटल प्लाजा सञ्चालनमा ल्याएको छ । सामसङ उत्पादनमा ग्राहकको बढ्दो माग र अत्याधुनिक बिक्री काउन्टरले हिम इलेक्ट्रोनिक्सलाई विद्यमान सामसङ प्लाजाको नेटवर्क विस्तार गर्न प्रेरित गरेको जनाइएको छ । हिम इलेक्ट्रोनिक्स प्रालिले गाईघाटमा पूर्ण सुविधायुक्त यो नयाँ शोरूम ‘कालिका सप्लायर्स् एण्ड ट्रेडर्स्’ ले सञ्चालनमा ल्याएको हो । शोरूमको उद्घाटनमा आयोजित एक कार्यक्रमबीच हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकरशमशेर थापाले गरेका थिए । सामसङ प्लाजाले… पुरा पढौ

वैशाखमा घोषित चुनाव सर्न सक्ने गृहमन्त्रीको संकेत

काठमाडौं, १२ माघ । गृहमन्त्री रामबहादुर थापाले आगामी बैशाखमा घोषित निर्वाचन पछाडि सर्न सक्ने संकेत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन सर्न सक्ने बताए । उनले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन विषय अदालतको फैसलामा भरपर्ने बताए । वैशाखमा निर्वाचनमा हुन्छ कि हुँदैन भन्ने विषय अदालतको फैसलामा भरपर्ने गृहमन्त्री थापाको भनाइ थियो । उनले भने, ‘वैशाखमा चुनाव गराउन सरकार तयारी अवस्था छ ।… पुरा पढौ

कोटेश्वर कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने

काठमाडाैं, १२ माघ । सडक विभागले चक्रपथको विस्तार भइसकेको कोटेश्वर कलङ्की सडक खण्डमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । विभागले दुई वर्ष पहिले चीन सरकारका आर्थिक सहयोगमा विस्तार भएको कोटेश्वर–कलङ्की सडकमा सात स्थानमा बत्ती राख्न लागेको हो । विभागले सवारीसाधनको चाप बढी भएका र पैदलयात्रु बढी भएका सडकमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । यस सडकमा चालू आवभित्रै सम्झौता गर्ने योजना रहेको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए । चक्रपथका विभिन्न खण्डमा बत्ती… पुरा पढौ

प्रचण्ड–नेपाल समूहको थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं, १२ माघ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार पत्रकार सम्मेलन गर्दै सो समूहले देशका विभिन्न ठाउँमा सभा र विरोधका कार्यक्रम गर्ने घोषणा गरेको हो । जसअनुसार माघ १३ मा काठमाडौंमा सिट्ठी जुलुस, १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभा सदस्य, सांसद र प्रदेश सभा सदस्यको धर्ना, माघ १५ मा बुटवलमा आमसभा र १६ गते विराटनगरमा आमसभा… पुरा पढौ

डिपिएल गण्डकीको अध्यक्षमा बसन्त गिरी चयन

पोखरा, १२ माघ । डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) गण्डकीको अध्यक्षमा बसन्त गिरी चयन भएका छन । झापाको दमक नगरपालिकामा माघ १० गते भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट गण्डकी प्रदेशको अध्यक्षमा बसन्त गिरी चयन भएका हुन । गिरीको नेतृत्वमा ४० जनाको डिपिएल युथ टिम गठन गरिएको हो । महाधिवेशनले उपाध्यक्षमा राजकुमार भण्डारी, सरस्वती गिरी, किशोर सुवेदीलाई चयन गरिएकाे छ । महासचिवमा प्रदिप शर्मा बराल, कोषाध्यक्षमा शिव पराजुली र सचिवमा सुरेनकुमार नेपाली चयन गरिएको छ । कानुनी सल्लाहकारमा शिशिर मिश्र चयन भएका छन… पुरा पढौ

धनबहादुर गायक रहेनन्

पोखरा, १२ माघ । कलाकार धनबहादुर गायकको निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारक्रममा उनको आज बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि धनबहादुर गायकलाई अस्पतालको आईसीयूमा राखेर उपचार हुँदैआएको थियो । यो दाजुको मिर्मिरे आँखा, बेली र चमेलीजस्ता गीतका सर्जक गायक पोखराको बाटुलेचौर निवासी हुन् । पुरा पढौ

पोर्चुगलमा कोभिड प्रभावित नेपालीलाई राहत वितरण

पोर्चुगल, १२, माघ । कोभिडका कारण समस्यामा परेका केही नेपालीलाई दोस्रो चरणको राहत वितरण गरिने भएको छ । कोभिडको शुरुआतपछि पोर्चुगल सरकारले पहिलो चरणको आपतकालीन राज्य घोषणा गरेसँगै अवैतनिक महावाणिज्य दूत मकर हमालको नेतृत्वमा कोभिड राहत वितरण समिति गठन भएको थियो । समिति गठनपछि पहिलो चरणको राहत वितरण गरिएको थियो । उक्त राहत वितरणबाट ४०० नेपाली समुदाय लाभान्वित भएका थिए । हाल पोर्चुगल सरकारले तेस्रो चरणको आपतकालीन राज्य घोषणा गरेपछि धेरै नेपालीले रोजगारी गुमाउनु परेको छ । राहत समितिले कोभिड… पुरा पढौ

आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

काठमाडौँ, १२ माघ । आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्वतयारीस्वरूप नेपाल एस्ट्रोनोमिकल सोसाइटीले लोगो प्रतियोगिता आयोजना गरेको छ । आइतबारदेखि माघ १९ गतेसम्म लोगो आह्वान गरिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट हुने लोगोले रु पाँच हजार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उक्त लोगो ‘आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१’ को औपचारिक लोगो हुनेछ । ओलम्पियाडसम्बन्धी नेपाली समाजमा जनचेतना कार्यक्रमअन्तर्गत सन् २०१३ देखि प्रत्येक वर्ष लोगो प्रतियोगिता आयोजना गरिँदै आएको सोसाइटीले जनाएको छ । सोसाइटीले ओलम्पियाडमा विद्यालय तहका… पुरा पढौ

गणक तथा सुपरीवेक्षकका लागि अनलाइनमार्फत आवेदन माग

काठमाडौं, १२ माघ । तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ मा तथ्याङ्क सङ्कलन गर्ने गणक तथा सुपरीवेक्षकका लागि अनलाइन प्रणालीमार्फत आवेदन लिन थालेको छ । विभागले उक्त प्रणालीका लागि झण्डै ३९ हजार गणक र आठ हजार सुपरीवेक्षक करारमा नियुक्ति गरिने जनाएको छ । गणक तथा सुपरीवेक्षकमा स्थानीय व्यक्तिलाई दिने गरी राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका, २०७७ अनुसार अनलाइनमार्फत गणक र सुपरीवेक्षक भर्ना गर्न लागिएको हो । राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले वैशाखमा निर्वाचन भए पनि त्यसले जनगणनालाई धेरै असर नगर्ने बताए… पुरा पढौ