समाचार

बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

गलकोट, ८ मंसिर । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा सोमबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको जिप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको छ । दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए । प्रहरी निरीक्षक भण्डारीका अनुसार जिपमा सामान लाद्ने क्रममा गुडेर जिप दुर्घटना भएको हो । उद्धारका… पुरा पढौ

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, ८ मंसिर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज बजारमा सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय र तेजावी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ रहेको महासंघले जनाएको छ । पुरा पढौ

मिथिलाञ्चलमा आज अक्षय नवमी पर्व मनाइँदै

महोत्तरी, ८ मङ्सिर । महोत्तरीसहितका मिथिलाञ्चलमा आज अक्षय नवमी पर्वको रमझम छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज जताततै मैथिल (मिथिलाका बासिन्दा) यसको तयारीमा जुटेका छन् । यस पर्वमा अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्वमा बगैँचा र वन क्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिएका छन् । आफ्नै आँगन वा खेतबारी बगैँचामा अमला (धातृ) का रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रुखमुनि… पुरा पढौ

पाक्ने समयका सुन्तलामा औंसे किराको प्रकोप

गलकोट, ८ मङ्सिर । बागलुङ जिल्लाका सुन्तला कृषक अहिले चिन्तित भएका छन् । सुन्तला पाक्ने समयमा सुन्तला धमाधम बोटबाट झर्न थालेपछि किसान यतिबेला निराश बन्न थालेका छन् । सुन्तलाबाटै वार्षिक रु छ लाख आम्दानी गर्दै आएका बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का अहिले सुन्तला झरेपछि चिन्तित भएका छन् । आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका खड्काले अहिले बोटबाट आधा सुन्तला औंसे किराको प्रकोपले झर्न थालिसकेको बताए। “पाक्ने बेलाका सुन्तला भकाभक झर्न थालेको छ”, खड्काले भने, “बिक्री गर्नका लागि बजारको बन्दोबस्त… पुरा पढौ

राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौँ, ७ मंसिर । नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ । त्यसमा कूूल रु दुई अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो । यस्तै रु १२ अर्ब ४७ करोड कुल १८२ दिनका लागि र रु ११ करोड भने कूल ३६४… पुरा पढौ

पोखरामा सुरेन्द्र पाण्डेकाे उपस्थितिमा नेपालनिकटको गुटगत भेला

पोखरा, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गुटगत भेला पोखरामा बसेको छ । पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालनिकट सुरेन्द्र पाण्डेको उपस्थितिमा पोखराको लेकसाइडस्थित एक होटलमा गुटगत भेला बसेको हो । माउन्ट कैलास रिसोर्टमा आइतबार बिहान ११ देखि सुरु भेला साँझ अबेरसम्म जारी छ । बिहान ८ बजे नेकपाका स्थायी कमिटी सदस्य पाण्डे पोखरा आएका थिए । भेलामा नेपाल निकटका करिब ३५ जना प्रदेश तथा जिल्लास्तरका कार्यकर्ताहरु उपस्थित रहेको स्रोतले जनाएको छ । भेलामा नेकपाका विपक्षी… पुरा पढौ

पोखरा–आँबुखैरेनी सडक चार लेन बनाउन यसै वर्षबाट काम थालिने

पोखरा, ७ मंसिर । बहुप्रतिक्षित पोखरा–आँबुखैरेनी सडक विस्तार चालु आर्थिक वर्षबाटै सुरु हुने भएको छ । सो सडकखण्ड चार लेनमा बिस्तार योजना छ । सडक विभाग आयोजना निर्देशनालयका उपआयोजना निर्देशक राकेश महर्जनका अनुसार ८० किमी लामो सो सडकखण्ड ४०/४० किमीको २ प्याकेज बनाएर विस्तार गरिनेछ । सोको लागि गत कात्तिक तेस्रो साता ठेक्का लागि बोलपत्र आहवान गरिएबमोजिम प्रस्ताव मूल्यांकन कार्य जारी रहेको छ । एशियाली बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिने सो आयोजनाका लागि पोखराबाट पूर्वी खण्डमा १८ र आँबुखैरेनीदेखि पश्चिममा… पुरा पढौ

लोडसेडिङ हटाउन २५० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं, ७ मंसिर । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले बिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न लागिएको हो । प्राधिकरणले सन् २०२० को डिसेम्बर १ देखि २०२१ को जुनसम्मका लागि विद्युत् आयातका लागि भारतसँग आग्रह गरेको थियो । प्राधिकरणको सो आग्रहलाई भारतले स्वीकृति दिएको जनाइएको छ ।… पुरा पढौ

पूर्वअर्थमन्त्री पाण्डेमाथि भएकाे अभद्र व्यवहारको छानबिन माग

चितवन, ७ मंसिर। नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रप्रसाद पाण्डे उपस्थित कार्यक्रममा होहल्ला भएको घटनाको छानबिन गर्न माग गरिएको छ । पार्टी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा राप्ती नगर कमिटीको तेस्रो बैठकमा पाण्डेले सम्बोधन गरिरहेका अवस्थामा कमिटीमा नै नरहेका बाहिरबाट आएका व्यक्तिले होहल्ला गरी बैठक बिथोल्न… पुरा पढौ

सुनको मूल्य ३ सयले बढ्यो

काठमाडौं, ७ मंसिर । आइतबार सुनको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ रहेको महासंघले जनाएको छ । पुरा पढौ