समाचार

ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई सिरक वितरण

पोखरा ९ मङ्सिर । कास्कीको मादी गाउँपालिका वडा नं ६ तप्राङका ज्येष्ठ नागरिक तथा विपन्न परिवारका सदस्यलाई सिरक वितरण गरिएको छ । पोखरा खरिकुना घर भई हाल हङकङमा बस्ने क्षेत्रबहादुर गुरुङ र ऋचा गुरुङको परिवारको आर्थिक सहयोग साथै पदमबहादुर तथा कुलकुमारी गुरुङ स्मृति प्रतिष्ठानको व्यवस्थापन र तप्रे तमु युवा परिवारको सहकार्यमा तप्राङका ४५ जना ज्येष्ठ नागरिक र विपन्न परिवारका सदस्यलाई सिरक वितरण गरिएको हो । कार्यक्रममा उक्त वडाका वडाध्यक्ष पसबहादुर बास्तोलाले ज्येष्ठ नागरिक र विपन्न परिवारको लागि बाँडिएको सिरकसँगै मानवीय… पुरा पढौ

हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ

देउखुरी, ९ असोज । आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई प्रहरीले पक्राउ गरेको हो । चिर्पटको प्रहारबाट गम्भीर घाइते भएकी केशरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन गुमाएको बताइएका जीवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, नौ वर्षीय छोरा, ६… पुरा पढौ

त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने

त्रिशूली, ९ मंसिर । त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अबदेखि नलिने भएको छ । अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले कोरोना सङ्क्रमितको आउजाउ बढेर अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएसँगै स्वाब सङ्कलन नगर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.दीपेन्द्र पाण्डेले जानकारी दिए । पुरा पढौ

चैतदेखि बन्द रहेको चिडियाखाना अझै खुलेन

काठमाडौं, ९ मङ्सिर । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट निर्णय नआउँदा कहिले खुल्ने भन्ने निश्चित नभएको हो । विश्वभर फैलिएको कोभिड–१९ का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्णरूपमा चिडियाखाना बन्द गरिएको थियो । लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्ने तयारी गरे पनि… पुरा पढौ

बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा

सप्तरी, ९ मङ्सिर । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो । अख्तियारले कोरोनासँग सम्बन्धित फाइल लगेको छ । नगरपालिकाले कात्तिक २६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा रु दुई करोड २१ लाख ३४ हजार खर्च भएको विवरण सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको सो खर्च विवरणमा लाइफब्वाइ साबुनको प्रतिगोटा मूल्य रु तीन हजार… पुरा पढौ

न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुने गरी काम गर्न प्रधानन्यायाधीशको आग्रह

काठमाडौं, ८ मङ्सिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकाको जनआस्था अभिवृद्धि हुने गरी काम गर्न न्यायपालिकाका सबै कर्मचारीलाई आग्रह गरेका छन् । न्यायपालिकाअन्तर्गत विभिन्न तहका अदालतमा कार्यरत रजिस्ट्रार, स्रेस्तेदार र तहसिलदारको प्रथम राष्ट्रिय सम्मेलन, २०७७ को उद्घाटन समाराेहमा बाेल्दै उनले कामकारबाही गर्दा न्यायपालिकाको संस्थागत उद्देश्य हासिल हुने र न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सहयोग पुग्ने गरी काम गर्न आग्रह गरे । प्रधानन्यायाधीश राणाले विगतमा थुप्रै प्रकारका सुधारका कार्यको थालनी भएको उल्लेख गर्दै फलस्वरुप न्याय तथा व्यवस्थापनसम्बन्धी विभिन्न पक्षमा अनुभूति गर्न सकिने किसिमका उपलब्धि… पुरा पढौ

प्रदेशका जनताको उपचार छोडेर सत्ता जोगाउन राजधानी धाउनु गलत: खड्का

पोखरा, ८ मंसिर । गण्डकी प्रदेशसभाका लेखा समिति सभापति कुमार खड्काले प्रदेशका मुख्यमन्त्रीले प्रदेशमा जनताको उपचारमा बेवास्ता गरेर सत्ता जोगाउन बालुवाटार धाउने गरेको भन्दै टिप्पणी गरेका छन् । उनले कोरोना संक्रमितको उपचारमा प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । आव २०७७-७८ का लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की क्षेत्र २ (ख) को संचालित योजनाको बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद खड्काले सो कुरा बताएका हुन् । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ प्रदेशवासीको जनस्वास्थ्यप्रति गम्भीर नभएको आरोप समेत लगाए… पुरा पढौ

पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा पाइलटको मृत्यु

पोखरा, ८ मंसिर । पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा पाइलटको मृत्यु भएको छ । एक यात्रु घाइते भएकी छन् । दुर्घटनामा परी पोखरा २८, कालिका निवासी ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको हो । घाइते हुनेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा २ निवासी २८ वर्षीया शीला श्रेष्ठ हुन् । फिस्टेल नेपाल कंपनी अन्तर्गतको ग्लाइडर फेवाताल किनारमा ल्याण्ड गर्ने क्रममा सोमबार खपौदी क्षेत्रस्थित ल्यान्डिङ जोनभन्दा झण्डै डेढ किमीमाथि दुर्घटनामा परेको हो । दुर्घटनापछि घाइते दुवैजनाको उपचारार्थ पोखराको सिर्जनाचोकस्थित मेट्रो सिटी अस्पतालमा पुर्‍याइएकोमा पाइलट नेपालीलाई… पुरा पढौ

भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोबार उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए । उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने… पुरा पढौ

ग्लोवल आइएमई बन्यो लमजुङको उत्कृष्ट करदाता

दमौली, ८ मंसिर ।आन्तरिक राजस्व कार्यालय दमौलीले नवौं राष्ट्रिय कर दिवसको अवसरमा ग्लोवल आइएमईध लघुवित्त वित्तीय संस्थालाई सम्मान गरेको छ । लमजुङ जिल्लाका करदातामध्ये सबैभन्दा बढी कर बुझाउने ग्लोवल आइएमइ लमजुङलाई प्रमुख कर अधिकृत नारायण ढकाल लगायतले उत्कृष्ट करदाताको रुपमा सम्मान गरेका हुन् । पुरा पढौ