समाचार

वरिष्ठ शल्यचिकित्सक डा.मुडभरीको कोरोनाबाट निधन

काठमाडौं, ६ मङ्सिर । वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा आज उनकाे निधन भएको छोरी अनुजा शर्माले जानकारी दिइन । राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पु¥याउनुभएका डा मुडभरी ॐ अस्पतालका संस्थापक थिए । उनका श्रीमती, दुई छोरी र एक… पुरा पढौ

विश्व पावर लिफ्टिङ प्रतियोगितामा नेपालको सहभागिता

पोखरा, ६ मंसिर । कोरोना भाइरस महामारीले एक वर्षपछि धकेलिएको विश्व पावर लिफ्टिङ प्रतियोगितामा नेपालका ५ जना खेलाडीले सहभागिता जनाउँदैछन् । विभिन्न तौल समूहमा भाग लिने ५ पुरुष र १ महिलामध्ये सबै पुरुष पोखरा निवासी हुन् । पावर लिफ्टिङ एशोसिएसन अफ नेपालको आयोजनामा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा एशियन पावर लिफ्टिङ फेडेरेसनका उपाध्यक्ष जीवन गिरिले देशकै प्रतिनिधित्व गरेर खेलाडीहरु विश्व च्याम्पियनसीपमा जान लागेको भन्दै राज्यले पनि सहयोग गर्नुपर्ने बताए । यस्तै एशोसिएसन अध्यक्ष सुन्दर भुषालले संस्था स्थापनाको २ वर्ष पनि… पुरा पढौ

संसारभर आज विश्व टेलिभिजन दिवस मनाइँदै

काठमाडाैं, ६ मंसिर । संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो । आजभन्दा ९५ वर्ष अगाडि आविष्कार भएको टेलिभिजन आमसञ्चार माध्यम अहिले विकास हुँदै अनलाइन टेलिभिजनसम्म आइपुगेको छ । टेलिभिजन प्रविधिको सबैभन्दा कान्छो पुस्ताको रुपमा रहेको अनलाइन टेलिभिजनको विस्तार र… पुरा पढौ

कोरोनाले प्रभावित घलेगाउँ जुर्मुराउँदै

लमजुङ, ६ मंसिर । लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् । गत साउनसम्म घरबास बन्द रहेकोमा भदौ १ गतेबाट खुल्ला भएपछि कहिलेकाहीँ दुई चार जना आउन थालेका थिए । यतिबेला दैनिक ३०/३५ जना पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा निरास बनेका यहाँका घरबास… पुरा पढौ

उदाउँदो सूर्यलाई अर्घ्य दिई आज छठ पर्व सकियो

जनकपुरधाम, ६ मङ्सिर । आस्थाको महापर्व छठमा व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुले इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य अर्पण गरेका थिए । अर्धमा… पुरा पढौ

काेराेना संक्रमणकाे कारण पाेखरा महानगरको सेवा एक साता बन्द

कास्की, ५ मङ्सिर। पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गरिएको छ । महानगरपालिकाले आज सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले अत्यावश्यकबाहेकका सेवा मङ्सिर १२ गतेसम्म स्थगन गरिएको जनाएको छ । महानगरका एक तिहाइ कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्ने भएकाले जरुरी र अत्यावश्यक काम नपरी महानगर तथा वडा कार्यालयमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको छ । महानगरका प्रवक्ता धनबहादुर नेपालीले उपप्रमुख मञ्जुदेवी गुरुङसहित प्रमुखको सचिवालय, प्रशासन, लेखालगायत शाखा कार्यालयका गरी २७-२८ कर्मचारीमा कोभिड–१९ सङ्क्रमण… पुरा पढौ

विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

सिमकोट, ५ मङ्सिर । जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो । कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएपछि कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । सिमकोट विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्कमा जाँचका क्रममा पिसीआर रिपोर्ट माग्दा नदिएपछि पिसीआर नगरी आएको थाहा हुने बित्तिकै विमानस्थल सुरक्षाका लागि खटिएको प्रहरीले विमानस्थलबाटै… पुरा पढौ

नोवेल कलेजमा ‘हल्ट प्राइज’ आयोजना हुँदै

काठमाडौं, ४ मंसिर । यस वर्ष नोवल कलेजमा ‘हल्ट प्राइज’ कार्यक्रम आयोजना हुने भएको छ । विश्व्यापी सञ्जाल फैलिएको हल्ट प्राइज फाउन्डेशनले यस वर्षको कार्यक्रम पोखरा विश्ववद्यालयबाट सम्बन्धन प्राप्त नोवेल कलेजमा आयोजना गर्न लागेको हो । विद्यार्थीहरुको नेतृत्व क्षमकताको विकास र विद्यार्थीहरुमा रहेको प्रतिभालाई बाहिर ल्याउनका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको हो ‘हल्ट प्राइज’ का क्याम्पस डाइरेक्टर आयुश बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार यस कार्यक्रमले विद्यार्थीको क्षमता विकासमा टेवा पुर्याउनुका साथै उनीहरुमा रहेका असिमित क्षमताहरु सबैसामु प्रदर्शन गर्ने… पुरा पढौ

न्यायप्राप्तिको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं, ४ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता अनुसार सङ्क्रमणकालीन अवस्थाका पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विस्तृत शान्ति सम्झौता १४ वर्ष पूरा भएको अवसरमा आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्क्रमणकालीन न्यायका संयन्त्रसँग सम्बन्धित कानून मानव अधिकारसम्बन्धी अन्तरराष्ट्रिय मूल्यमान्यता पालना गरी आयोगले गरेका सिफारिस तथा सर्वोच्च अदालतको निर्णय अनुकूल हुने गरी संशोधन गरेको छ । आयोगले पीडितको समयमै न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न तथा आयोगले दोषी ठहर… पुरा पढौ

ढकाल प्यानल जिताउन गण्डकीमा ५१ सदस्यीय प्रचार समिति

काठमाडौं, ४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानल विजयी गराउन गण्डकी प्रदेशले ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ। महासंघका गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाको संयोजकत्वमा गण्डकीका सबै जिल्ला नगरका अध्यक्ष तथा पूर्व अध्यक्षहरु सम्मिलित समिति गठन गरेको हो। महासंघको ५४ औं वार्षिक साधारणसभा एवं आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्ष उम्मेदवार गुणनिधि तिवारी र जिल्ला नगर तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य निर्वाचित गराउन समिति गठन गरिएको… पुरा पढौ