समाचार

विशेषज्ञ चिकित्सक नहुँदा सघन उपचार कक्ष ठप्प

गाईघाट, २३ असोज । जिल्ला अस्पताल उदयपुरमा विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राहीले जटिल रोगमा उपचार पाउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्च गरेर अस्पतालमा भेन्टिलेटरसहितका सघन उपचार कक्ष निर्माण गरिए पनि विशेषज्ञ डाक्टरको अभावले गर्दा बिरामीले सो सुविधा लिन नपाएको गुनासो गरेका छन् । स्वास्थ्य मन्त्रालयको रु एक करोडको सहयोगमा तीन महिनाअघि मात्र अस्पतालमा भेन्टिलेटरसहित पाँच शय्याको सघन उपचार कक्ष निर्माण गरिएको थियो । अस्पतालले विशेषज्ञ चिकित्सकसहित प्राविधिकको अहिलेसम्म व्यवस्थापन गर्न नसक्दा सघन उपचार कक्ष प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका कर्मचारी बताउँछन्… पुरा पढौ

पोखरामा २४ संक्रमित थप

पोखरा, २३ असोज । गण्डकी प्रदेशमा शुक्रबार थप ३५ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये पोखराका मात्रै २४ जना छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चरक हस्पिटलका ५ पुरुष र ४ महिला, गण्डकी मेडिकल कलेज (जिएमसी) का २ पुरुष तथा पद्म नर्सिङ् होमका ६२ वर्षीय चिकित्सक लगायत पोखरामा २४ जनामा संक्रमित थपिएको हो । त्यस्तै, पोखरा वडा २९ का ४ जना पुरुष, पोखरा ३२ का २ जना पुरुष, पोखरा वडा ५, ८, ९, २७, ३० र… पुरा पढौ

जङ्गली हात्तीले सामुदायिक वनमा छावा जन्मायो

कञ्चनपुर, २३ असोज । कृष्णपुर नगरपालिका–२ वाणीस्थित महाकाली सामुदायिक वनमा जङ्गली हात्तीले छावा (बच्चा जन्माएको) पाएको छ । बिहीवार हात्तीले छावा पाएको हो । भर्खरै पाएको छावा सामुदायिक वनमा रहेको कुलोमा फसेपछि दर्जन बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले निकालेर लगेको स्थानीय हरि चौधरीले बताए । “हात्तीले पाएको छावा जन्मेको केही समयमै हिँड्न थाल्यो”, उनले भने, “नजिकै खनिएको कुलोको माटोमा फसेपछि मानिसझै बथानका हात्तीले काठको प्रयोग गरी आधा घण्टा बढी समय लगाएर छावालाई निकालेर छाडे ।” नजिकैको सामुदायिक वनमा हात्तीले छावा… पुरा पढौ

महिना दिनसम्म टेलिफोन सेवा गायव, जनप्रतिनिधिको आग्रह बेवास्ता

जाजरकोट, २३ असोज । स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका छन्, तर जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन बिात्दासम्म सञ्चालन हुनसकेको छैन ।जिल्ला समन्वय समिति जाजरकोटले सातै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका मताहातमा रहेका कार्यालयको प्रगति समीक्षामा समेत टेलिफोन सेवाकै मुद्दा प्रमुख बनाएर कुरा उठ्यो । समीक्षा कार्यक्रमबाटै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तथा अन्य सांसदले समेत फोनमा आएको समस्याका विषयमा टेलिकमको सबै तहका प्रमुखलाई फोन गरेर तत्काल समस्या समाधान गर्न आग्रह गरे… पुरा पढौ

प्रधानमन्त्रीका तीन सल्लाहकार सङ्क्रमण मुक्त

काठमाडाैं, २३ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन प्रमुख सल्लाहकारहरू विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमण मुक्त भएका छन । बिहीबार गरिएकाे पिसीआर परीक्षण नतिजा नेगेटिभ देखिएकाे प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन । तीनै जनालाई असोज १७ गते सङ्क्रमण पाेजेटिभ देखिएकाे थियो । सल्लाहकार थापाले फेसबुक स्टाटसमा लेखेका छन्र, परिवारका सदस्यहरूकाे कन्ट्याक्ट् ट्रेसिङ परीक्षणकाे रिपोर्ट पनि नेगेटिभ आएकाे छ । हामीले काेराेना संक्रमणलाई जितेका छाैं । हामीप्रति शुभेच्छा र सद्भावका… पुरा पढौ

गैरआवासीय नेपाली सङ्घको दोस्रो विश्व ज्ञान सम्मेलन आजदेखि शुरु हुँदै

टेक्सस, अमेरिका, २३ असोज । गैरआवासीय नेपाली सङ्घको आयोजनामा दोस्रो विश्व ज्ञान सम्मेलन आजदेखि शुरु हुँदैछ । सम्मेलन असाेज २५ गतेसम्म हुने भएको छ । पहिलो पटक दुई वर्षअघि सङ्घले पहिलो ज्ञान सम्मेलनको आयोजना गरेको थियो । हरेक दुई वर्षको फरकमा ज्ञान सम्मेलन गर्ने सङ्घको पूर्वयोजनाअनुरुप दोस्रो विश्व ज्ञान सम्मेलनको आयोजना गरिएको सङ्घले जनाएको छ । कोभिड–१९ महामारीका कारण उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गर्दै अनलाइन प्रविधिका माध्यमबाट विश्व ज्ञान सम्मेलन गर्न लागिएको सङ्घले जानकारी दिएको छ । सम्मेलनका निम्ति आवश्यक… पुरा पढौ

विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ, २२ असोज । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित अरुणोदय माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजले कोभिड –१९ रोकथाम र उपचारका लागि आज विद्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । अरुणोदय पूर्व विद्यार्थी समाजले एभरेष्ट कागज उद्योग र नवोध्या ट्रेडर्सका अध्यक्ष अमनबहादुर खड्काबाट उपलब्ध ती सामग्री हस्तान्तरण गरेको हो ।वडा नं ९ का अध्यक्ष राजीव थापा, समाजका अध्यक्ष त्रिलोचन पौड्याललगायतले विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपाललाई ती सामग्री हस्तान्तरण गरेका छन् । प्रधानाध्यापक नेपालले पूर्वविद्यार्थीको सहयोगलाई गुरुदक्षिणाका रुपमा लिइएको बताए समाजका सचिव यादव देवकोटाले… पुरा पढौ

राप्रपाद्वारा डा.केसीको जीवन रक्षाको माग

काठमाडौंँ, २२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले चिकित्सा क्षेत्रको समग्र सुधारको माग राखी अनशनमा रहनुभएका प्रा डा. गोविन्द केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ । पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीबीचको बैठकले उक्त निर्णय गरेको हो । बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकामा खुशी व्यक्त गर्दै आयोगप्रति धन्यवाद ज्ञापन निर्णय गरेको छ । बैठकले जिल्लामा पार्टी समायोजनको समय यही असोज २९ सम्म बढाउने, केन्द्रीय कार्यसमिति विस्तार गर्ने र तीव्र गतिमा सङ्गठन निर्माणमा… पुरा पढौ

एकै दिन ४३६४ जना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, २२ असोज । नेपालमा एकै दिन ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिनमा सबैभन्दा बढी संक्रमित हुने यो उच्च संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले हालसम्म ९८ हजार ६ सय १७ संक्रमितको संख्या पुगेको जनाए । उनका अनुसार देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २६ हजार ६ सय ८४ जना रहेको छ । बुधबार ३ हजार ४ सय ३९ संक्रमित थपिएका थिए ।… पुरा पढौ

सांस्कृतिक संस्थान र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

काठमाडौँ, २२ असोज । सांस्कृतिक संस्थानले सिएम ट्रेडिङ इन्टरप्राइजेज प्रालिसँग भएको ३० वर्षे सम्झौता भङ्ग गरी नेपाल दूरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईकाे उपस्थितिमा संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, महाप्रबन्धक अशोकप्यासी राई र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालबीच मङ्गलबार सम्झौता आदानप्रदान गरिएको हो । काठमाडौँको जमलस्थित संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स तथा अन्डरग्राउण्ड पार्किङ क्षेत्र सञ्चालन तथा व्यवस्थापनका लागि सिएम ट्रेडिङ र संस्थानबीच २०६४ सालमा ३० वर्षे सम्झौता भएको थियो । अत्यन्त न्यून दरभाउमा… पुरा पढौ