समाचार

विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौँ:प्रधानमन्त्री

काठमाडौँ, २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता अहिले अधिक महत्वपूर्ण भएको बताएका छन । न्युयोर्कमा जारी संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाका पाश्र्वमा जलवायु परिवर्तनका अकल्पनीय नकारात्मक प्रभाव समूल नष्ट हुनुपर्ने अवधारणाका साथ बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाका अध्यक्षतामा भएको ‘जलवायु संवेदनशील नेतृत्व मञ्च’ (सिभिएफ)को बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन । प्रधानमन्त्रीओलीले राजनीतिक सिमानाभन्दा धेरैपरसम्म जलवायु परिवर्तनको प्रभाव परेको वास्तविकता औँल्याउँदै… पुरा पढौ

धरानमा थप एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

धरान, २२ असोज । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा थप एक सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उपचाररत सुनसरीको धरान–१० घर भएका ३९ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए । बिहीबार बिहान ४ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए । पुरा पढौ

पोखरामा ८३ वर्षीय कोरोना संक्रमितको मृत्यु

पोखरा, २२ असोज । पोखरामा थप एक जना कोरोना संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा १६ निवासी ८३ वर्षीय पुरुष हुन् । गत असोज १३ मा कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा भर्ना गरी उपचार भइरहेकोमा उनको बिहीबार बिहान १० बजेर ४३ मिनेटमा मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको हो । ती वृद्धमा उच्च रक्तचाप, मधुमेह, मिर्गौलाका रोगी समेत थिए । कोभिड–१९ पोजेटिभ भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान… पुरा पढौ

स्याङ्जामा भरुवा बन्दुकसहित २ जना पक्राउ

पोखरा, २२ असोज । अवैध भरुवा बन्दुकसहित स्याङ्जा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा ६, काउलेका ६६ वर्षीय थमन गुरुङ र २० वर्षीय सुजन गुरुङ छन् । पक्राउ परेका उनीहरुमध्ये थमनको साथबाट एकनाले भरुवा बन्दूक एक थान, भरुवा बन्दूकको नाल एक थान, बारुद १ सय ४५ ग्राम बरामद गरेको छ । यस्तै, सुजनको साथबाट इजाजतपत्र नभएको अवैध एकनाले भरुवा बन्दुक एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनीहरुले… पुरा पढौ

नवलपुर र लमजुङमा गरी थप ९ मा कोरोना पुष्टि

पोखरा, २२ असोज । गण्डकी प्रदेशमा थप ९ जना कोरोना संक्रमित देखा परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित कुल संक्रमित संख्या ४ हजार ४ सय १० पुगेको छ । चितवन मेडिकल कलेजमा भएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ८ जना र लमजुङमा १ जनामा कोरोना पुष्टि भएको हो । जसमा गैडाकोट वडा ४ की ५० वर्षीया महिला, वडा २ की ४९ वर्षीया महिला र वडा ५… पुरा पढौ

मिटर रिडिङ नगरी जरिवाना असुल

सर्लाही, २२ असोज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ नगरिकनै जरिवाना असुलीएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् । कोभिड–१९ नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको समयमा उपभोक्ताको मिटर रिडिङ नगरी चुप बसेको वितरण केन्द्रले जरिवाना भन्दै उठेको रकममा थप १० प्रतिशत लिएको उपभोक्ताको गुनासो छ । उनीहरूले वितरण केन्द्रका कर्मचारीको मनलाग्दी खपत शुल्कमा जरिवानासमेत लिने गरेको लालबन्दीका उपभोक्ता श्याम लामाले बताए । विगत पाँच÷छ महिना मिटर रिडिङ नगरी बसेको सबस्टेशनले लकडाउन अलि सहज भएपछि बिल तिर्न आउन… पुरा पढौ

मुख्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना सङ्क्रमण

वाग्मती, २२ असोज । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई सङ्क्रमण पुष्टि भएपछि काफ्ले विगत १५ दिनदेखि घरमै बस्नुभएको र कार्यालयमा उनको कसैसँग भेटघाट नभएको बुभिएको छ । सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको र अहिले आफू होेम आइसोलेसनमा रहेको काफ्लेले बताए… पुरा पढौ

नारायणीमा गैंडा मृत फेला

भरतपुर, २२ असोज । नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ । चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो । डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको उनले बताए। निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको रामले बताए । पछिल्लो एक सातामा चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन् । यो आर्थिक वर्षमा ८ वटा… पुरा पढौ

बालिका अपहरण आरोपमा दुई पक्राउ

बलेवा, २२ असोज । बागलुङमा बालिका अपहरण गर्ने दुई जना अपहरणकारीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई मङ्गलबार विद्यालय जाँदै गरेकाे बेलामा माेटरसाइकलमा राखेर लगेकाे अपहरणकाे आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेकाे हाे । अपहरणकारी १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिकलाई वुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएकाे छ । स्थानीय विद्यालयमा वैकल्पिक शिकाईका लागि जाँदै गरेकी बालिकालाई मोटरसाइकलमा राखेको देखेपछि स्थानीयले उद्धार गरेका थिए । दुवैलाई अपहरण तथा शरीर बन्धक… पुरा पढौ

साहित्यकार लुङमाहिमको परिवारलाई आर्थिक सहयोग

खोटाङ, २२ असोज । फोक्सो तथा मुटुको रोगका कारण ज्यान गुमाउनुभएका ताप्लेजुङका साहित्यकार एवम् पूर्वशिक्षक लुङमाहिम काइँला ९भीम इजम०को परिवारलाई खोटाङबाट रु ७६ हजार आर्थिक सहयोग रकम पठाइएको छ । फोक्सोमा देखिएको समस्यापछि मुटुमा परेको असरले जलोदर ९पेटमा पानी जम्ने समस्या० ले ज्यान गुमाउनुभएका ताप्लेजुङस्थित पाथीभरा याङ्बरक गाउँपालिका–३ तिरिङ्गेका साहित्यकार काइँलाका परिवारको सहयोगार्थ बुधबार रु ७६ हजार २०० आर्थिक सहयोग रकम पठाइएको हो । गम्भीर रोगबाट पीडित काइँलाको उपचारमा सहयोग गर्न जिल्लामा ‘लुङमाहिम काइला उपचार सहयोग अभियान’ सञ्चालन भइरहेकै अवस्थामा… पुरा पढौ