समाचार

नेपालमा थपिए १०८१ जना कोरोना संक्रमित

काठमाडौं, २४ भदौ । नेपालमा बुधबार १ हजार ८१ जना थप काेराेना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा ११ हजार १ सय ६७ पीसीआर परीक्षणमा सो संख्यामा कोरोना संक्रमित थप भएको जनाएका हुन् । योसहित नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेका छन् । तीमध्ये सक्रिय संक्रमितको संख्या २५ हजार २५ छन् । गएको २४ घण्टामा ९ सय १८ जना डिस्चार्ज भए ।… पुरा पढौ

काठमाडौं उपत्यकामा निषेधाज्ञालाई खुकुलो बनाईदैं

काठमाडौं, २४ भदौ । काठमाडौं उपत्यकामा लगाईएको निषेधाज्ञाको विकल्प खोज्न माग भईरहेको बेला उपत्यका तीनवटै जिल्लामा लगाईराखेको निषेधाज्ञालाई आजबाट केही खुकुलो बनाईएको छ । लकडाउनको स्वरुपलाई परिवर्तन गरेर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई खुकुलो बनाउने प्रस्ताव अनुमोदनका लागि गृहमन्त्रालयमा पठाएका थिए । गृहमन्त्रालयबाट अनुमति आएपछि आज साँझ उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट निषेधाज्ञा खुकुलो बनाईएको सूचना जारी गरिएको हो । सवारी साधन जोर बिजोर प्रणाली अनुसार सञ्चालन चलाउने, खाद्यान्नका पसललाई समय तोकेर सञ्चालन गर्न दिने, निजी… पुरा पढौ

कोरोना संक्रमणबाट ललितपुरको अल्का अस्पतालमा एक पुरुषको मृत्यु

काठमाडौं, २४ भदौं । ललितपुरको अल्का अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साँझ ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा काठमाडौंका ६७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो । संक्रमित पुरुष मंगलबार नै अल्कामा भर्ना भएका थिए । योसँगै काठमाडौंमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । पुरा पढौ

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

पोखरा, २४ भदौ । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । नवलपुरको देवचुली–१ का ६४ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मंगलबार साँझ मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विज्ञप्तिमार्फत् जनाएको हो । मिर्गौलाका रोगी उनलाई भदौ १७ मा कोभिड–१९ पुष्टि भएकोमा श्वासप्रश्वासमा समेत समस्या भएपछि भदौ १९ मा उपचारार्थ चितवनको कोभिड अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनमा पछिल्लो समय निमोनिया समेत थियो । मिर्गौलाका बिरामी भएपछि उनको नियमितरुपमा भरतपुर अस्पतालमा डायलाइसिस समेत हुँदै आएकोमा स्वास्थ्यमा जटिल… पुरा पढौ

कोभिडको असर अर्थतन्त्रमाः २३ प्रतिशतले गुम्यो आन्तरिक रोजगारी

काठमाडौं, २४ भदौ । कोरोना भाइरस (काभिड–१९) को गहिरो असर अर्थतन्त्रमा परेको अध्ययनले देखाएको छ । राष्ट्रिय योजना आयोजका सदस्य डा. रामेश्वर फुयालको संयोजकत्वमा भएको अध्ययनले धेरैले रोजगारी गुमाएको र त्यसको असर अर्थतन्त्रमा देखाएको उल्लेख छ । कोभिड–१९ को बढ्दो जोखिमले स्वदेशमा व्यापार, व्यवसाय तथा उद्योग–कलकारखाना बन्द हुँदा २३ प्रतिशतको पूर्ण रूपमा रोजगारी गुमेको पनि प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्ष २०७७।७८ मा सरकारले थप ३० प्रतिशत रोजगारी सिर्जना गर्ने योजना अघि सारेको डा. फुयालले जानकारी दिए । उनले… पुरा पढौ

भक्तपुरमा नेपाली सेनाले तयार पार्यो २२५ शैँयाको आइसोलेसन

भक्तपुर, २४ भदौ । नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ श्ययाको आइसोलेसन वार्ड तयार पारेको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र तिनका आश्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका लागि राख्न आइसोलेसन वार्ड तयार पारेको हो । नेपाली सेनाको उपत्यका पृतनाअन्तर्गत वीरदल गणले एकै दिनमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीस्थित क्याम्पसको बीबीए ब्लकमा १५० र गणमा ७५ श्यया गरी कूल २२५ श्ययाको आइसोलेसन वार्ड तयार पारेको हो । गणका गणपति प्रमुख सेनानी शिवप्रसाद… पुरा पढौ

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु

जलेश्वर, २४ भदौ । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा ९नुहाएर खानु० गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् त्यसैगरी भोलि ९बिहीबार० बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी… पुरा पढौ

सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना

खोटाङ, २४ भदौ  । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापनाको काम सम्पन्न भएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, सोल्मा, बाम्राङ, नेर्पालगायत आसपासका स्थानीय बासिन्दाको घरबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट बायोग्याँस उत्पादन गर्ने लक्ष्यका साथ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको हो ।         पन्ध्र वडा रहेको नगरपालिकालाई प्राङ्गारिक क्षेत्र बनाउन अर्थमन्त्रालयको विशेष अनुदानवापतको रु तीन करोड ३२ लाखको लागतमा… पुरा पढौ

हिमालय आँखा अस्पतालका लेखा अधिकृत बलात्कार आरोपमा पक्राउ

पोखरा, २३ भदौ । हिमालय आँखा अस्पताल पोखराका लेखा अधिकृत बामदेव सुवेदी युवती बलात्कार आरोपमा पक्राउ परेका छन् । पोखरा ७, मासबारका ३७ वर्षीय बामदेव सुवेदीलाई कास्की प्रहरीले मंगलबार उनकै निवासबाट पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । । अस्पतालमै कार्यरत ३१ वर्षीया र ३६ वर्षीया महिलाले आफूहरुलाई विभिन्न डर, धाकधम्की तथा प्रलोभन देखाई जबर्जस्ती करणी गरेको भन्दै उनीविरुद्ध उजुरी दिएपछि सुवेदी अनुसन्धानका लागि पक्राउ परेका हुन् । पुरा पढौ

पोखरामा पहिरोले ३ सवारीसाधन पुर्‍यो

पोखरा, २३ भदौ । अविरल वर्षापछि आएको पहिरोले पोखरामा ३ सवारीसाधन पुरेको छ । गएराति पोखरा–३१, कँडेलस्वाँरामा गएराति गएको पहिरोले २ मोटरसाइकल र १ स्कूटर पुरेको प्रहरीले जनाएको छ । स्थानीय २९ वर्षीय सुनिल बि.कको ग ६ प ६२९१ नम्बरको पल्सर मोटरसाइकल, वर्ष २८ का निर्मल सुरनाको ग ५ प ९९१२ नम्बरको डीओ स्कूटर र वर्ष २८ का समन सुनारको ग ७ प ७३२९ नम्बरको एभेञ्जर मोटरसाइकल पहिरोमा पुरिएको हो । घटनामा मानवीय क्षति भने टरेको कास्की प्रहरीले जनाएको छ… पुरा पढौ