समाचार

सन्दर्भ बाह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस, गिद्धको संख्यामा वृद्धि

काठमाडौ,२० भदौ । बाह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस शनिबार नेपालका साथै विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस साताभर गिद्धको महत्व र संरक्षणमा सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवस दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको भए पनि २००९ बाट मात्र अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो । यस वर्ष कोभिड–१९ को महामारीलाई दृष्टिगत गरी नेपालमा पनि आम सञ्चार माध्यम तथा भर्चुअलमार्फत सीमित कार्यक्रम गरिएको… पुरा पढौ

सवारी दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

लहान, २० भदाै । सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नंको ट्र्याक्टरमा गएराति अन टेष्ट नंको मोटरसाइकल ठोक्ँिकदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा नगरपालिका–५ निवासी १९ वर्षीय अमलेश महतो र सोही ठाउँका २१ वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर… पुरा पढौ

गण्डकीमा ४४ संक्रमित थप, पाेखराकै २२ जना

पाेखरा, २० भदाै । गण्डकी प्रदेशमा थप ४४ जना काेेराेना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये पाेखराकै २२ जना छन्। लमजुङका १७, बागलुङका ३, स्याङ्जा र नवलपुरका एक एक जना संक्रमित थपिएका हुन्। प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार विज्ञप्ति जारी गरी साे कुराकाे पुष्टि गरेकाे छ। याेसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ४ सय ४७ पुगेको स्वास्थ्य निर्देशक विनाेदबिन्दु शर्माले जनाए । गण्डकीमा संक्रमितमध्ये १८ जनाकाे मृत्यु भएकाे छ। पुरा पढौ

कोरोना रोक्न कास्कीमा उस्तै प्रकृतिको बन्द

पोखरा, १९ भदौ । कोरोना संक्रमणको महामारी रोक्न जिल्ला प्रशासन कार्यालयले हाल जारी प्रकृतिको बन्दाबन्दीलाई भदौ २७ सम्म लम्बाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रजिअ ज्ञानप्रसाद ढकालले सूचना जारी गर्दै सो जानकारी दिएका हुन् । यसअघि भदौ २ मा भएको निषेधाज्ञा भदौ १२ मा हटाएर विभिन्न सेवा प्रवाह केही खुकुलो बनाइएको थियो । पुरा पढौ

गण्डकी प्रदेशसभा सचिवालय सचिवमा पोखरेल

पोखरा, १९ भदौ । गण्डकी प्रदेशसभा सचिवालयको सचिव पदमा हरिराज पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले अधिवक्ता समेत रहेका पोखरेललाई प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको सिफारिसमा संविधानको धारा १९५ को उपधारा ९१० बमोजिम शुक्रबार प्रदेश प्रमुखले नियुक्त गरेका हुन् । उनलाई शुक्रबार नै नियुक्ति पत्र समेत थमाइएको छ । पोखरा–२१, निर्मलपोखरीका पोखरेल हाल पोखरा–१७, जागृतिटोल बस्दै आएका छन् । प्रदेशसभामा लामो समयदेखि सचिव पद खालि हुँदा निमित्तबाट कार्यसञ्चालन हुँदैआएको थियो । गत असारमा प्रदेशसभा बैठकले प्रदेशसभा सचिवालयको… पुरा पढौ

पोखराका विभिन्न ३ वडा सिल गर्ने वडाध्यक्षको निर्णय

पोखरा, १९ भदौ । पोखराका ३ वटा वडाले कोरोना नियन्त्रणका लागि वडाभित्र सिल गर्ने निर्णय गरेका छन् । पोखरा वडा १०, १२ र १३ का वडाध्यक्षहरुको शुक्रबार बसेको संयुक्त बैठकले आज (भदौ १९ गते) रातिदेखि भदौ २६ गते रातिसम्म लागू हुने गरी वडाका विभिन्न ठाउँमा सिल गर्ने निर्णय गरेका हुन् । जसमा स्वर्णीम टोल, अन्नपूर्ण टोल, लालीगुराँस टोल भद्रकाली हुँदै ढिकालेथर, कुँडहर चोक हुँदै मियाँपाटनसम्म सबै क्षेत्र, लालीगुराँस मिनीमार्ग, प्रगतिटोल, वीपीमार्ग क र ख सबै हुँदै भद्रकाली ख टोल विकास… पुरा पढौ

काभ्रेका सात स्थानीय तह कोरोना मुक्त

काभ्रेपलाञ्चोक, १९ भदौ । काभ्रेपलाञ्चोकका सात स्थानीय तह हाल कोरोना मुक्त भएका छन् । जिल्लाका १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका,रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोना मुक्त भएका हुन् । कूल सङ्क्रमितमध्ये सबैभन्दा बढी ४३ प्रतिशत सक्रिय सङ्क्रमित बनेपा नगरमा तथा सबैभन्दा कम नमोबुद्ध नगरमा एक पुरुष मात्रै रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार काभ्रेपलाञ्चोकमा हालसम्म १८२ पुरुष र ११२ महिला सङ्क्रमित भएका छन् । सक्रिय सङ्क्रमितमध्ये बनेपामा १२८, धुलिखेल नगरमा… पुरा पढौ

गण्डकीमा काेराेना संक्रमित २४ सय नाघे

पोखरा, १९ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४ सय नाघेको छ । शुक्रबार थपिएका संक्रमितसहित कुल संक्रमितको संख्या २ हजा ४ सय ३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा एकै दिन ८९ जना संक्रमित थप भएका हुन् । पछिल्लो समय गोरखाका ६ जना संक्रमित थपिएका छन् । गोरखा वडा ६ का वर्ष २३, ५३ र ५५ का पुरुष र ४ वर्षीया बालिकासहित ३२ र ५१ महिलामा संक्रमण पुष्टि भएको छ । उनीहरुको नमुना परीक्षण क्षयरोग… पुरा पढौ

अर्थ तथा सूचना प्रविधि मन्त्री खतिवडाले आज साँझसम्म राजिनामा दिने

काठमाडौं, १९ भदौ । अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आज बसेको मन्त्रिपरिषद वैठकमा उनले साँझसम्ममा पदबाट राजिनामा दिने घोषणा गरेका हुन । बिहिवार बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने जानकारी दिएका थिए । राष्ट्रियसभाको खालि एक सिटमा उपाध्यक्ष गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो अहिलेका लागि रोकिएको छ । उत्पन्न यो परिस्थितिसंगै खतिवडाले आफ्नो जिम्मेवारीबाट राजीनामा दिनुपर्ने… पुरा पढौ

मलमा कालोबजारीकोे गुनासो आएपछि अनुगमन

पोखरा, १९ भदौ । पोखरामा साल्ट टे«डिङले वितरण गरेको युरिया मलमा गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले बजार अनुगमन सुरु गरेको छ । किसानले धान गोड्ने बेला हाल्नुपर्ने युरिया मल तीन दिनअघि साल्ट टे«डिङले ४ जिल्लाका किसानहरुलाई मल उपलब्ध गराएको थियो । विभिन्न सहकारीलाई मल उपलब्ध गराउने र सहकारीले किसानहरुलाई वितरण गर्ने भनिएको मल जहाँतहीँ छ्यापछ्याप्ती भाँडा पसलदेखि, खाद्यान्न, किराना, भेटरीनरी, जहाँ पनि युरिया मल पाइने भन्ने गुनासोको आधारमा अनुगमन गरेको हो । प्रशासनले पोखराका ५ वटा कृषि सहकारीको अनुगमन… पुरा पढौ