समाचार

मनोसामाजिक समस्या समाधान गर्न परामर्शको खाँचाेः प्रधानमन्त्री

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको कारण समाजमा देखिएको मनोसामाजिक समस्यालाई समाधान गर्न मनाेचिकित्सककाे परामर्श र याेगदानकाे खाँचाे भएकाे बताएका छन । मनोसामाजिक समस्या रहिरह्यो भने समस्या झन् वढेर जान्छ, त्यसैले अहिलेनै योजना बनाएर तदारुकतासाथ कामलाई अघि बढाउन उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्वद्ध अधिकारीहरु र सराेकारवाला निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरिएको मनोचिकित्सकसँगको छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले समाजमा व्याप्त नैराश्यता, डर, त्रास र भयलाई हटाउन… पुरा पढौ

कोरोना संक्रमित ४८ हजार पार, एकै दिन २२८७ डिस्चार्ज

काठमाडौं, २३ भदौ । नेपालमा मंगलबार ९ सय २ जना थप संक्रमित भेटिएका छन् । गएको २४ घण्टामा थप ९ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए । यो सहित हाल नेपालमा संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।गएको २४ घण्टामा १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षण भएको थियो। हाल नेपालमै २२/२५ हजार टेष्ट गर्न सकिने क्षमता रहेको मन्त्रालयले… पुरा पढौ

पर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदल

काठमाडौं, २३ भदौं । कोभिड–१९ महामारीका कारण नराम्ररी थलिएको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन गरी कार्य प्रारम्भ गरिएको जनाएको छ । सरकारको प्राथमिकता तथा निजी क्षेत्रको चाहना एवं बाध्यताकाबिचमा थप समन्वय र सहकार्यको खाँचो देखिएकाले बोर्डले पर्यटनको सभाइभल र रिभाइभल को योजना अगाडि ल्याएको हो । प्यासिफिक एशिया ट्राभल एशोसिएशन  (पाटा)  लगायत पर्यटन क्षेत्रका प्रतिष्ठित सङ्घ संस्था एवं अग्रजपर्यटन व्यवसायी समेतलाई सल्लाहकारको रुपमा समेटीबोर्डका कार्यकारी प्रमुखको संरक्षकत्वमा कार्यदल बनाइएको बोर्डले जनाएको छ ।… पुरा पढौ

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने

काठमाडौं, २३ भदौं । बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ । खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परीक्षण गर्ने लक्ष्य लिएको थियो । अगामी दशैँसम्ममा उपत्यकावासीको घरघरमा पानी पु¥याउने लक्ष्य लिइएको भए पनि… पुरा पढौ

‘साक्षर नेपाल’ निर्माण अभियान सफल तुल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘साक्षर नेपाल’ निर्माणको अभियान सफल तुल्याई साक्षरोत्तर शैक्षिक भविष्य सुनिश्चित गर्ने सफलताका लागि शुभकामना व्यक्त गरेका छन्र । प्रधानमन्त्री ओलीले ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज सन्देश दिँदै संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरेकाले यस्तो संवैधानिक सुनिश्चिततालाई सरकारले कार्यान्वयन गरेको उल्लेख गरे । उनले विद्यालय जाने उमेर नाघेका नागरिकका निमित्त जीवन उपयोगी शिक्षाका अवसर प्रदान गर्दै जीवनपर्यन्त सिकाइका… पुरा पढौ

शुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी होस्–रक्षा मन्त्रालय

काठमाडौँ, २३ भदौ । राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाका लागि आर्थिक वर्षको शुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी नभए निर्माण लक्ष्य हासिल गर्न कठिन हुने निष्कर्ष निकालिएको छ । आयोजना कार्यान्वयनलाई प्रभावकारी तुल्याउन सम्बोधन गर्नुपर्ने विषयका रूपमा पहिचान गर्दै रक्षा मन्त्रालयले यस्ता कुरालाई अन्तरमन्त्रालयले विशेष महत्वका ग्रहण गर्न सुझाव दिएको छ । मन्त्रालयले कालीगण्डकी करिडोर, कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ, खाँदवारी–सङ्खुवासभा, दार्चुला–तिङ्करलगायतका सडक निर्माणका लागि आर्थिक वर्षको शुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारीको आवश्यकता औँल्याएको छ । गत आर्थिक वर्ष… पुरा पढौ

काभ्रेमा थप चार सरकारी कार्यालयको सेवा बन्द

काभ्रेपलाञ्चोक, २३ भदौ । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन् कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको धुलिखेलस्थित घरेलु तथा साना उद्योग कार्यालय प्रमुख केशवप्रसाद पुडासैनीले बताए । उनले ती कर्मचारीसँग सम्पर्कमा रहेका सबैलाई सतर्क रही कोरोना भाइरस परीक्षण गराउन अपिल गरे। “कार्यालयका हामी सबैले आइतबार नै परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो, सङ्क्रमित कर्मचारी कर फाँटमा कार्यरत… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकाकी महिलाको मृत्यु,गण्डकीमा संक्रमित २०

पोखरा, २३ भदौ । कास्कीको अन्नपूर्ण गाउँपालिका १ की ६३ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । काठमाडौंस्थित वीरेन्द्र अस्पताल, छाउनीमा उनको भदौ २१ गते आइतबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको जानकारी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबारमात्र विज्ञप्तिमार्फत् जनाएको हो । ब्रेन ट्यूमर तथा मिर्गौला रोग भई सो अस्पतालमा उपचाररत् ती महिलामा भदौ १९ मा कोरोना पुष्टि भएको थियो । यो सहित गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ । कास्की जिल्लाका अन्य… पुरा पढौ

कास्कीको रुपामा पहिरोले घर भत्किँदा युवतीको मृत्यु

पोखरा, २३ भदौ । अविरल वर्षाका कारण पहिरोले घर भत्किँदा कास्कीमा एक युवतीको मृत्यु भएको छ । रुपा गाउँपालिका बराहचोक–६ का काजीबहादुर विकको घर भत्किँदा उनकी २० वर्षीया छोरी सिर्जना विकको मृत्यु भएको हो । मंगलबार बिहान करिब साढे ४ बजेको समयमा काजीबहादुरको घरपछाडिबाट खसेको पहिरोले उनको घर पुरेको हो । पहिरोमा पुरिएकी सिर्जनाको शव स्थानीयको सहयोगमा प्रहरीले बाहिर निकालेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता प्रहरीले नायव उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए । यता, पहिरोले… पुरा पढौ

रसुवामा करेन्ट लागेर स्काभेटर चालकको मृत्यु

रसुवा, २२ भदौं । स्काभेटरलाई विद्युुत् तारले छुँदा करेन्ट लागेर आज एक चालकको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका वडा नं ५ लहरे निवासी २५ वर्षीय दिनेश श्रेष्ठ छन् । घटनालगत्तै उपचारका लागि उनलाई रसुवा अस्पताल पु¥याइएपनि निधन भइसकेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।अनिलकुमार खरेलले जानकारी दिए । बिहान ट्रकमाथि राखेर स्काभेटर स्याफ्रुबेँसीतर्फ लाँदै गर्दा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ खोपाङ भीरमा सो दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । राजमार्ग… पुरा पढौ