खेलकुद

महिला फुटबल बन्द प्रशिक्षणः दोस्रो चरणमा २८ खेलाडी छनोट

काठमाडौं, ३१ साउन । एसियन कप फुटबलको छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ मध्ये दोस्रो चरणमा २८ खेलाडी छनोट गरिएको छ । दोस्रो चरणमा बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिनु भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आज दोस्रो चरणमा सहभागी हुने खेलाडीको छनोट गरे । बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडीहरुमा अन्जना रानामगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, अमिषा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइवा, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना,… पुरा पढौ

कास्की जिल्ला तेक्वान्दो संघमा कुमार

पाेखरा, ३० साउन । कास्की जिल्ला तेक्वान्दो संघकाे १२ औ बार्षिक साधारण सभा तथा ५ औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनले कुमार गुरुङकाे अध्यक्षतामा नयाँ समिति चयन गरेकाे हाे । संघ उपाध्यक्षमा कुलचन्द्र शर्मा, सचिव दीपेन्द्र पहारी र कोषाध्यक्ष किरण गौतम छन्। सदस्यमा प्रितम कुँवर, रेखमाया गुरुङ, निसान माझी र कृष्ण महर्जन चयन छन् । गण्डकी प्रदेश युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले सभा उद्घाटन गरेका थिए । पुरा पढौ

फिफा वरियतामा नेपालको सुधार, १६८औं स्थानमा उक्लियाे

काठमाडौं, २८ साउन । फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औँ स्थानमा रहेको थियो । नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अङ्क ९६८ रहेको थियो । अहिलेको नयाँ वरियतामा नेपालले चार अङ्क बटुल्दै ९७२ बनाएको छ… पुरा पढौ

टोकियो ओलम्पिक सम्पन्न, ३३औं ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने

काठमाडौं, २५ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो । जापानले कोरोना महामारीकै बीच ३२औँ गृष्मकालीन टोकियो ओलम्पिक सफलतापूवर्क सम्पन्न गरेको छ । विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिक प्रत्येक चार/चार वर्षमा हुँदै आएकामा यस वर्ष पाँच वर्षमा आयोजना भएको हो । टोकियो ओलम्पिकमा कोरोनाका कारण… पुरा पढौ

पारसको पहिचान ७७ नंको जर्सी अन्य खेलाडीलाई प्रयोग गर्न नदिइने

काठमाडाैं, २५ साउन । क्रिकेटमा प्रत्येक खेलाडीका लागि जर्सीको विशेष महत्व रहन्छ । जर्सीमा लेखिएको नम्बर पनि खेलाडीको पहिचान हो । विश्वका हरेक खेलाडीले जर्सीमा नं प्रयोग गरेजस्तै नेपाली क्रिकेट खेलाडीले पनि छुट्टाछुट्टै नं लेखिएको जर्सी लगाउँदै आएका छन् । गत मङ्गलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएका नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले ७७ नंको जर्सी प्रयोग गर्दै आएका थिए । क्रिकेटबाट सन्यास लिएको अवस्थामा उहाँले प्रयोग गर्ने गरेको उक्त नंको जर्सी अब कुनै पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले प्रयोग गर्न पाउने… पुरा पढौ

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण पोखरामा हुने

काठमाडौं, २४ साउन । राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारदेखि कास्कीको पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बन्द प्रशिक्षणको टुङ्गो लगाएको हो । । दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) र एसियन कप छनोटअन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले पोखरामा तयारी गर्ने छ । नेपालमा आगामी भदौमा भारतसित हुने दुई मैत्रीपूर्ण खेलको तयारीमा नेपाली टोली जुटेको हो । बन्द प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने भएपछि उनीहरूको ठाउँमा शिशिर लेखि र सेसेहाङ आङ्देम्बेलाई… पुरा पढौ

टोकियो ओलिम्पिक्स २०२० आइतबार समापन

टोकियो, २४ साउन । टोकियो ओलिम्पिक्सको पछिल्लो पदक तालिकामा आइतबार संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ । पछिल्लो पदक तालिका अनुसार अमेरिकाले ३९ स्वर्ण, ४० रजत, ३३ कास्यसहित ११२ पदक जितेर पहिलो स्थान हाँसिल गरेको छ । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जितेको छ । त्यसैगरी आयोजक राष्ट्र जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य पदकसहित ५८ पदक जितेर शीर्ष तेस्रो स्थानमा रहेको छ भने चौँथोमा बेलायत रहेको छ । बेलायतले २२ स्वर्ण,… पुरा पढौ

भूपू गोर्खाकी छोरी बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध

लण्डन, २४ साउन । भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छन । उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी छन । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित भएकि थिइन । वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भइन । आले १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनलस्’ का लागि सन् २०१९ मा स्टकटल्याण्डमा भएको खेलमा इङ्ल्याण्डको… पुरा पढौ

टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै

काठमाडौं, २१ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्य पदक प्राप्त गरेको छ भने जापानले २१ स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गर्न सफल… पुरा पढौ

पारसले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं, १९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् । उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भने । मैदानभित्र दुई दशक रहुन्जेल मीठो यादका रुपमा आफूसँग रहने उल्लेख गर्दै खड्काले नेपाली क्रिकेटलाई सबैले मिलेर नयाँ उचाइमा पु¥याउने विश्वाससमेत व्यक्त गरे । लामो समय नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्नुभएका… पुरा पढौ