खेलकुद

पोखराबाट केन्पो खुकुरी नेशनल च्याम्पिनसीप प्रतियोगिताको घोषणा

पोखरा, १७ साउन । पोखराबाट केन्पो खुकुरी नेशनल च्याम्पिनसीप प्रतियोगिताको घोषणा गरिएको छ । शनिबार पत्रकार सम्मलेन गरी सो प्रतियोगिताको घोषणा गरिएको हो । प्रतियोगिता आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ । यसअघि जेठ महिनामा बुटवलमा आयोजना गर्ने भनिएको नेशनल च्याम्पिनसीप कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ केन्दीय समितिका अध्यक्ष पूर्ण पाण्डेले जानकारी गराए । उनले आगामी भदौ १ गतेदेखि केन्पो खुकुरीको प्रशिक्षक प्रशिक्षण संचालन गरिने बताए । प्रतियोगितामा ७… पुरा पढौ

टोकियो ओलम्पिकमा ४० पदकसहित चीन शीर्ष

काठमाडौं, १६ साउन । टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले १७ स्वर्ण, ४ रजत र ७ कास्य पदक प्राप्त गरेको छ भने अमेरिकाले १४ स्वर्ण, १७ रजत र ११ कास्य प्राप्त गर्न सफल भएको छ… पुरा पढौ

सरस्वती चौधरी पहिलो चरणबाटै बिदा

काठमाडौं, १५ साउन । जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन् । चौधरीले महिला १ सय मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सकिनन् । उनले निर्धारित दूरी १२ दशमलव ९१ सकेण्डमा पूरा गरिन् । नौ खेलाडी सम्मिलित सो समूहमा चौधरी आठौँ भइन्। उनले आफ्नै प्रदर्शनमा समेत सुधार गर्नु सकिनन् । यसअघि चौधरीले १ सय मिटर दौड पूरा गर्न १२ दशमलव ५५ सकेण्ड खर्चिएको रेकर्ड छ । चौधरीको खेल प्रदर्शनसँगै… पुरा पढौ

अमेरिका ३५ पदकसहित शीर्षमा

काठमाडौं, १४ साउन । टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । चीनले १३ स्वर्ण, छ रजत र नौ कास्य पदक प्राप्त गरेको छ भने जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्य प्राप्त गर्न सफल भएको… पुरा पढौ

पोखरा म्याराथनलाई ‘हङकङ नेपाली गाइज’को सहयोग

पोखरा, १३ साउन । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा सञ्चालन हुने पोखरा म्याराथनलाई हङकङ बाट खेलप्रेमी नेपाली यूवाहरुले आर्थिक सहयोग गरेका छन् । पोखरा रामबजार स्थायी घर भई हाल हङकङमा बसोबास गरिरहेका यूवाहरुले गत वैशाखमा सम्पन्न १५ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गरेका हुन । पाखरेली हङकङ गाइज रामबजारले पोखरा म्याराथनलाई ४१ हजार ३०० नगद सहयोग प्रदान गरेको मञ्चका कार्यवाहक अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिए । उक्त रकम हङकङ स्थित तेक्वान्दोका खेलाडी कृष्ण… पुरा पढौ

गौरिका सिंहकाे आज ओलम्पिकमा प्रतिस्पर्धा

काठमाडौं , १३ साउन । गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा बुधबार १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा गौरिकासहित नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी ४ जना मात्र छन् । यस प्रतिस्पर्धा कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्ये शीर्ष १६ खेलाडी मात्र सेमिफाइनलमा पुग्नेछन् । गौरिकासंगै ओलम्पिक उद्घाटनमा नेपालको झण्डा बोकेका अर्का पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान सुधार गरिसकेका छन्… पुरा पढौ

टोकियो ओलम्पिकमा एलेक्स आज पौडीमा भिड्दै

काठमाडौं, १२ साउन । टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीतर्फ हिट नम्बरमा वानमा रहेका नेपाली खेलाडी एलेकजान्डर (एलेक्स) शाहले मंगलबार प्रतिस्पर्धा गर्दैछन् । टोकियो एक्वाटिक्स सेन्टरमा हुने स्पर्धामा एलेक्स पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । हिटमा भुटान, माल्दिभ्स, कोसोभो, फिलिपिन्स, गुएना र सोलोमन आइल्याण्डका खेलाडी रहेका छन् । एलेक्स लेन नम्बर ६ मा छन् । एलेक्सको स्पर्धा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे छ । १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमानधारी एलेक्सको टोकियो ओलम्पिकमा व्यक्तिगत टाइमिङ सुधार गर्दै राष्ट्रिय कीर्तिमानमा पनि… पुरा पढौ

टोकियो ओलम्पिक : छ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै

काठमाडौं, ११ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ । प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले हालसम्म पाँच स्वर्ण र एक रजत तथा अमेरिकाले चार स्वर्ण, दुई रजत र चार कास्य प्रदक प्राप्त गरेको छ । यस्तै दुई स्वर्ण र तीन कास्यसहित कोरिया चौथो तथा एक स्वर्ण, चार रजत र… पुरा पढौ

टोकियो ओलम्पिक : तीन स्वर्णसहित चीन शीर्ष स्थानमा

काठमाडौं, १० साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ । प्रतियोगितामा इटाली र जापान एक÷एक स्वर्ण तथा दुई÷दुई रजतसहित दोस्रो स्थानमा तथा दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइलैण्ड एक एक स्वर्ण जित्दै पदक तालिकाको चौंथो स्थानमा रहेका छन् । यस्तै सर्विया, बेल्जियम,… पुरा पढौ

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं, ९ साउन । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकि छन् । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकि हुन् । सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोडिन्। परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण… पुरा पढौ